IPL 2020 : कस्तो छ धोनीको टिम चेन्नाई सुपर किंग्स

१३ औं संस्करणको आईपिएल सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ। भारतीय पूर्व-कप्तान महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नाई सुपर किङ्ग्स लिगको उपाधी जित्दै मुम्बई इन्डियन्सको सर्वाधिक उपाधी जित्ने कीर्तिमान बराबरी गर्न चाहन्छ। प्रत्येक सिजन प्ले-अफसम्मको यात्रा तय गरेको सिएसके ३ पटक (२०१०,११ र २०१८) च्याम्पियन्स बनिसकेको छ। लगातार राम्रो प्रदर्शन गर्दै आएको चेन्नाई टिमबाट फ्यानहरु अर्को उपाधिको आशा गरिरहेका छन्। लिगको उद्घाटन खेलमा चेन्नाईले डिफेन्डिङ च्याम्पियन मुम्बईसंग खेल्दै यो सिजन यात्रा सुरु गर्नेछ।

धोनीको उपस्थिति

पहिलो सिजन देखीनै चेन्नाईको कप्तानी गर्दै आएका धोनीको चलाखीपूर्ण रणनीति तथा खेलाडीहरु माथि देखाउने भरोसाका कारण चेन्नाई टिम एकजुट भएर प्रदर्शन गर्ने गर्छ। जस्तोसुकै दबाबमा पनि उनि चलाखीपूर्ण निर्णय लिन सक्छन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका धोनी गत वर्ष विश्वकप सेमीफाइनल पछि मैदानमा देखिने भएकाले उनी रन बनाउन भोका छन्। ५-६ नम्बरमा ब्याटिंग गर्दै ठूला सट प्रहार गर्न माहिर धोनीले कठिन परिस्थितिबाट टिमलाई जितसम्म डोर्‍याउन सक्छन्। लिग इतिहासमा १९० खेलमा उनले ४२.२ को औशतमा ४,४३२ रन बनाइसकेका छन्। पछिल्लो सिजन राम्रो लयमा देखिएका धोनीले ४१६ रन बनाएका थिए जसलाई यो सिजन पनि निरन्तरता दिन चाहनेछन्। अनुभवी तेश्रो नम्बरका ब्याट्सम्यान सुरेश रैनाको अनुपस्थितिमा यो पटक धोनी माथिल्लो क्रममा ब्याटिंग गर्ने सम्भावना रहेको छ।

बलियो छ बलिंग आक्रमण

-फास्ट बलिंग 

भारतीय पूर्व कप्तान महेन्द्र सिहं धोनीको नेतृत्वमा रहेको चेन्नाई सुपर किंग्स पछिल्लो सिजन आईपिएलको रनर-अप टिम हो। चेन्नाईको २४ सदस्यीय टोलिमा १३ जना नियमित बलरहरु छन्। १३ मध्ये ६ जना तल्लो क्रममा ब्याटिंग गर्दै ठूला शट प्रहार गर्न सक्ने खुबी राख्छन्।

चेन्नाईको ओपनिंग बलिंग दिपक चाहारले सम्हाल्ने गर्छन्। २०१८ मा टिमसंग जोडिएका चाहारले आईपिएलको पछिल्लो २ सिजनमा शानदार प्रदर्शन गरेका छन् जसकारण उनलाई भारतीय टिमको ढोका खोल्न समेत मद्दत गरेको थियो। यस्तै २ पटक पर्पल क्याप जितिसकेका ड्वेन ब्राभोले टिमको डेथ बलिंग सम्हाल्ने छन्। उनि २०११ यता चेन्नाईको महत्वपूर्ण सदस्य हुन्। चाहार र ब्राभोको उपस्थितिमा टिमको फास्ट बलिङ पक्ष मजबुत देखिन्छ।

सुरुवाती ओभरमा चाहारलाई लुंगी एन्गिडिले साथ दिन सक्छन्। एन्गिडिले २०१८ को डेब्यु सिजनमा नै ७ खेलमा ११ विकेट हात पारेका थिए। उनी हाल साउथ अफ्रिकाको पहिलो रोजाईको बलर समेत हुन्। एन्गिडि र चाहारको संयोजन राम्रो रहने अनुमान गरिएको छ।

धोनीसँग फास्ट बलिङमा जोश हेजलवुड र स्याम करनको विकल्प रहेको छ। हेजलवुड राम्रो लयमा रहेका छन् र इंग्ल्यान्ड बिरुद्ध जारि सिरिजमा राम्रो प्रदर्शन गरिरहेका छन्। दुबै खेलाडीलाई टिमले अक्सनबाट टिममा भित्र्याएको थियो। स्याम करनले पनि गत वर्ष डेब्यु गर्दा पंजाबको प्रतिनिधित्व गर्दै ह्याट्रिक लिएका थिए। शार्दुल ठाकुर समेत टिममा हुँदा धोनीसँग तीब्र गति बलरको थुप्रै विकल्पहरु रहने छन्।

इमरान ताहिर र रभीन्द्र जडेजा

– युएईमा सुहाउदो स्पिन पक्ष 

स्पिन डिपार्टमेन्टतर्फ धोनी कप्तानीको टिममा आईपिएल इतिहासकै चौथो सर्वाधिक विकेट लिने अनुभवी लेग स्पिनर पियुष चावला रहेका छन्। गत सिजनको पर्पल क्याप विजेता लेग स्पिनर इमरान ताहिर पनि टिममा छन्। ताहिरले भर्खरै सिपिएल टि-२० मा उत्कृस्ट प्रदर्शन गर्दै ११ खेलमा १५ विकेट लिएका थिए। उनीहरुको अनुभव युएईको स्पेन मद्दत गर्ने पिचमा निकै लाभदायक हुनेछ।

टिममा बायाँ हाते स्पिनरद्वय रविन्द्र जडेजा र मिचेल स्यान्टनर तथा लेग स्पिनर कर्न शर्मा पनि छन्। यी स्पिनरहरुले खेलको जुनसुकै अवस्थामा पनि बलिङ गरेर विकेट निकाल्ने खुबी राख्छन्। आईपिएल इतिहासमै दशौँ सर्वाधिक विकेटकर्ता जडेजाले १०८ विकेट हात पारिसकेका छन्। किफायती बलिंग गर्दै उनि साझेदारी तोड्न सक्षम छन्।

बलिङ गहिराइ र विविधता भएको कारण यो सिजनको आईपिएलमा चेन्नाईको बलिङ पक्ष निकै मजबुत रहेको छ। बिपक्षी टिमको ब्याट्सम्यानहरुले सिएसकेको बलिङ आक्रमणबाट जोगिन कठिन मिहिनेत गर्नु पर्नेछ।

– अनुभवी ब्याटिंग 

टिममा अधिकांश ३० काटेका ब्याट्सम्यानहरु छन्। धोनी लगायत शेन वाट्सन, फाफ डुप्लेसिस, अम्बाती रायडु, केधार जाधब, मुरली विजय जस्ता ब्याट्सम्यानहरुमा अनुभव प्रशस्त छ। वाट्सन पछिल्लो समय उत्कृस्ट लयमा रहेका छन् जसले बिग ब्यास, पाकिस्तान सुपर लिगमा राम्रो प्रदर्शन गरेका थिए। रायडु र जाधब भारतिय टिममा पुनरागमन गर्ने सोचका साथ राम्रो प्रदर्शन गर्न चाहनेछन्। युवा ब्याट्सम्यान रुतुराज गायकवाड माथिल्लो क्रममा राम्रो ब्याटिंग गर्न सक्छन्। स्पिन राम्रो खेल्न सक्ने ब्याट्सम्यानहरु भएका कारण युएईको पिच उनीहरुलाई सुहाउनेछ।

– प्रशस्त अल-राउण्डरहरु

रभिन्द्र जडेजा, मिचेल स्यान्टनर , शेन वाटसन, ड्वेन ब्राभो, केदार जाधव, स्याम करनको उपस्थितिले धोनीलाई बलिंगमा प्रशस्त बिकल्प दिनेछ। अर्कोतर्फ टिमको ब्याटिंग गहिराइ पनि यसले देखाउछ। जडेजा बलिंगमा जत्तिकै ब्याटिंग र फिल्डिंगबाट खेल जिताउन सक्षम छन् जुन उनले कैयौं पटक देखाईसकेका छन्। स्याम करन, स्यान्टनर, ब्राभोको उपस्थितिले ब्याटिंग मजबुती बढाउछ। केदार जाधव र वाटसन बलिंग गर्न सधै तयार हुने गर्छन।

कमजोर पक्ष

चेन्नाईका २ अनुभवी खेलाडीहरु सुरेश रैना र हरभजन सिंहको कमि टिमले यो पटक पक्कै महसुस गर्नेछ। दुवैले व्यक्तिगत कारण देखाउदै नाम फिर्ता लिएका थिए। रैनाको अनुपस्थितिमा तेश्रो नम्बरमा कसले ब्याटिंग गर्ने तय भएको छैन। पछिल्लो सिजन राम्रो प्रदर्शन गरेका अफस्पिनर हरभजन सिंहको अनुभव र स्पिन टिममा खड्किनेछ। दुवैको प्रतिस्थापनमा टिमले खेलाडीहरु अझै अनुबन्ध गरेको छैन।

रैना र हरभजन जस्ता अनुभवी खेलाडीहरुलाई टिमले मिस गर्नेछ

टिममा रहेका ब्याट्सम्यानहरु अधिकांश अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा हुँदा सुरुवातमा लय पाउन मुस्किल हुन सक्छ। धोनी, वाटसन जस्ता ब्याट्सम्यानहरुले सन्यास घोषणा गरिसकेका छन् भने केदार जाधब पनि भारतीय टिमबाट बाहिर रहदै आएका छन्। प्रतिस्पर्धात्मक क्रिकेट नखेलेकाले फिटनेस र म्याच अभ्यासको कमि रहेको छ। कुनै खेलाडी घाइते भएको खण्डमा टिमको सन्तुलन बिग्रन पनि सक्नेछ। टिमको डेथ ओभर स्टार बलर ड्वेन ब्राभोमा पहिलो जस्तो धार रहेको छैन।

चेन्नाईको सम्भावित अन्तिम ११ :- शेन वाट्सन, फाफ डुप्लेसिस, अम्बाती रायडु, केदार जाधब, महेन्द्र सिंह धोनी, रविन्द्र जडेजा, ड्वेन ब्राभो, इमरान ताहिर, पीयूष चावला, दिपक चाहर र शार्दुल ठाकुर

चेन्नाई टिम २०२०

ब्याट्सम्यान – मुरली विजय, फाफ डु प्लेसिस, रुतुराज गायकवाड, अम्बती रायडु

विकेटकिपर – महेन्द्र सिंह धोनी ( कप्तान ) , नारायण जगदिशन

अल-राउण्डर – रभिन्द्र जडेजा, मिचेल स्यान्टनर , शेन वाटसन, ड्वेन ब्राभो, केदार जाधव, स्याम करन

फास्ट बलर – दिपक चाहर, जोश हेजलवुड, लुंगी एनगीडी, शार्दुल ठाकुर, केएम आसिफ, मोनु कुमार

स्पिनर – इमरान ताहिर, कर्ण शर्मा, पियुष चावला, साइ किशोर

यो पनि पढ्नुस :-

IPL : कस्तो छ डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स टिम

विदेशी लिगमा सन्दिपको १० व्यक्तिगत कीर्तिमान

अलि खान आईपीएल छनौट हुने पहिलो अमेरिकी क्रिकेटर

IPL : ८ कप्तान मध्ये कोहलीको कमाइ सबैभन्दा धेरै, कुन कप्तानको तलब कति

कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]