युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शुक्रबार २३ औं खेलमा स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्स र श्रेयस ऐयर कप्तानीमा रहेको दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा भैरहेको छ।
खेलमा टस हारेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाउदै राजस्थानलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
दिल्लीको लागि शिमरन हेटमायरले सर्वाधिक ४५ रन बनाए जुन क्रममा २४ बलमा १ चौका र ५ छक्का हिर्काए। मार्कस स्टोइनिसले ३० बलमा ४ चौका प्रहार गर्दै ३९ रन बनाए। श्रेयस ऐयरले २२, पृथ्वी शले १९, श्रेयस ऐयरले १७ तथा हर्षल पटेलले १६ रन बनाए।

सुरुवात राम्रो गर्न नसकेको दिल्लीले नियमित अन्तरलमा विकेट गुमायो। ५ रन बनाएका शिखर धवन दोश्रो ओभरमा जोफ्रा आर्चरबाट क्याच आउट भए। त्यसपछि पृथ्वी श र कप्तान श्रेयस ऐयर बीच ३० रनको साझेदारी भयो। पाँचौ ओभरमा आर्चरले पृथ्वीलाई आफैले क्याच गर्दै दोश्रो शिकार बनाए। लगत्तै ओभरमा कप्तान श्रेयस ऐयरलाई यसस्वी जैसवालले रन आउट गरे। रिशभ पन्त पनि ९ बलमा ५ रन बनाएर दशौँ ओभरमा रन आउट हुँदा दिल्ली ७९/४ को अवस्थामा पुग्यो।
पाँचौ र छैठौं नम्बरमा ब्याटिंगमा आएका स्टोइनिस र हेटमायरले पाँचौ विकेटको लागि ४० रनको साझेदारी गरे। १४ औं ओभरमा स्टोइनिसलाई राहुल तेवतियाले स्टिभ स्मिथ बाट क्याच आउट गराउदै पुनः टिमलाई खेलमा फर्काए।
त्यसपछि हेटमायरले हर्षल पटेलसंग छैठौं विकेटको लागि ४० रनको साझेदारी गरे। अर्धशतकबाट ५ रन नजिक पुगेका हेटमायर छक्का हिर्काउने प्रयासमा १७ औं ओभरमा कार्तिक त्यागिबाट क्याच आउट भए।
त्यसपछि हर्षल र अक्षर पटेलले १३ बलमा ३१ रनको साझेदारी गरे। अक्षर १९ औं ओभरमा एन्ड्रु टाईबाट क्याच आउट भए।

जोफ्रा आर्चरले अन्तिम ओभरमा मात्र ३ रन खर्चेर १ विकेट लिंदा दिल्ली अझ विशाल योगफल बनाउन चुक्न पुग्यो।
राजस्थानको बलिंगमा जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए।आर्चरले पृथ्वी श, शिखर धवन र हर्षल पटेलको विकेट लिए। एन्ड्रयु टाई ( ४-०-५०-१ ) , राहुल तेवतिया ( ४-०-२०-१ ) र कार्तिक त्यागि ( ४-०-३५-१ ) ले समान १ विकेट लिए।
हालसम्म ५ खेल खेलेको दिल्ली १ हार र ४ जितपछि अंकतालिकाको दोस्रो स्थानमा छ भने समान खेल खेलेको राजस्थान ३ हार र २ जितपछि अकंतालिकाको सातौँ स्थानमा छ। दिल्ली आजको खेलमा लगातार तेस्रो जित हात पार्दै अकंतालिकाको शिर्ष स्थानमा उक्लन चाहन्छ भने राजस्थान लगातार तेस्रो हार टार्दै अकंतालिकामा अघि बढ्न चाहन्छ।
नेपाली क्रिकेट टिमलाई कस्तो प्रशिक्षक आवस्यक छ ?
पन्जाब-हैदरावाद खेलमा बने ८ रेकर्ड
सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने
सन्दिप र सुनम लंका प्रिमियर लिगको ड्राफ्टमा, को हुन् सुनम गौतम