IPL 2020 : अरेन्ज र पर्पल क्याप दौडमा राहुल र शामी अघि, हेर्नुस ताजा अंकतालिका

आईपीएल २०२० अन्तर्गत राजस्थान रोयल्स र किंग्स-११ पन्जाब बीच आइतबार राति सम्पन्न रोमान्चक खेल सम्पन्न भयो। लिगमा हालसम्म राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स समान २ खेलमा अपराजित रहेका छन्। नेट रन रेटको आधारमा अघि रहँदै दिल्ली समान ४ अंकरहेता पनि राजस्थान रोयल्सलाई पछि पार्दै पहिलो स्थानमा रहेको छ। ३ खेलमा १ जित र २ हार पछि पन्जाब तेश्रो स्थानमा रहेको छ। २ अंकनै रहेता पनि मुम्बई, कोलकाता, चेन्नाई र बैंगलोर क्रमशः चौथो देखि सातौँ स्थानमा छ। दुवै खेलमा पराजित भएपछि अंकविहिन रहँदै हैदरावाद पुछारमा छ।

अंकतालिका ( नवौं खेल पछि ) 

अरेन्ज क्याप लिडरबोर्ड 

१. केएल राहुल ( पन्जाब ) : पन्जाबका कप्तान केएल राहुल पर्पल क्यापको दौडमा सबैभन्दा अघि रहेका छन्। राहुलले ३ खेलमा सबैभन्दा बढी २२२ रन बनाएका छन् जुन क्रममा १ शतक र १ अर्धशतक प्रहार गरेका छन्। राहुलले बैंगलोर बिरुद्ध अविजित १३२ रन तथा राजस्थान बिरुद्ध ६९ रन बनाएका थिए।

२. मायाँक अग्रवाल ( पन्जाब ) : पन्जाबकै अर्का भारतीय ब्याट्सम्यान मायाँक अग्रवाल दोश्रो स्थानमा छन्। उनले ३ खेलमा राहुलले भन्दा १ रन कम २२१ रन बनाएका छन्। अग्रवालले राजस्थान बिरुद्ध लिगमा पहिलो शतक बनाउने क्रममा १०१ रन बनाएका थिए भने दिल्ली बिरुद्ध ८९ रन बनाएका थिए।

३. फाफ डु प्लेसी ( चेन्नाई ) : तेश्रो स्थानमा रहेका दक्षिण अफ्रिकी ब्याट्सम्यान डु प्लेसी शानदार लयमा छन्। ३ खेलमा १७३ रन बनाएका उनले मुम्बई बिरुद्ध अविजित ५८, राजस्थान बिरुद्ध ७२ तथा दिल्ली बिरुद्ध ४३ रन बनाएका थिए।

केएल राहुलले ३ खेलमा २२२ रन बनाएका छन्

४. सन्जु स्यामसन ( राजस्थान ) : २ खेलमा स्यामसनले १२९ रन बनाएका छन् जुन क्रममा २०४.७६ को स्ट्राइक रेटले रन बनाईरहेका छन्। उनले पन्जाब बिरुद्ध जितमा ८५ रन तथा चेन्नाई बिरुद्ध ७४ रन बनाएका थिए।

५ . स्टिभ स्मिथ ( राजस्थान ) : राजस्थान कप्तान स्मिथले २ खेलमा ११९ रन बनाएका छन् जुन क्रममा दुवै खेलमा अर्धशतक बनाएका छन्। पन्जाब बिरुद्ध जितमा ५० रन बनाएका अस्ट्रेलियन पूर्व कप्तानले चेन्नाई बिरुद्ध ६९ रन बनाएका थिए।

पर्पल क्याप लिडरबोर्ड 

१. मोहम्मद शामी ( पन्जाब ) : भारतीय पेस बलर शामीले ३ खेलमा ७ विकेट लिंदै आफुलाई अब्बल सावित गरेका छन्। पर्पल क्याप दौडमा नेतृत्व गर्ने क्रममा शामीले १२.१४ को औशत र ९.७१ को स्ट्राइकरेटमा विकेट लिईरहेका छन्। शामीले दिल्ली बिरुद्ध १५ रन खर्चेर ३ विकेट तथा राजस्थान बिरुद्ध ५३ रन खर्चेर ३ विकेट लिएका तथा बैंगलोर बिरुद्ध १४ रन खर्चेर १ विकेट लिएका थिए।

२. कागीसो रबाडा ( दिल्ली ) : दक्षिण अफ्रिकी फास्ट बलरले दिल्लीको २ जितमा अहम योगदान दिएका छन्। ५ विकेट लिएका उनले चेन्नाई बिरुद्ध जितमा उत्कृस्ट बलिंग गर्दै २६ रन खर्चेर ३ विकेट तथा पन्जाब बिरुद्ध २८ रन खर्चेर २ विकेट लिएका थिए।

मोहम्मद शामीले ३ खेलमा ७ विकेट लिईसकेका छन्

३. स्याम करन ( चेन्नाई ) : टिम असफल रहे पनि करनले राम्रो बलिंग गरिरहेका छन्। ५ विकेटनै लिएका उनले राजस्थान बिरुद्ध ३३ रन खर्चेर ३ विकेट लिएका थिए। यस्तै मुम्बई र दिल्ली बिरुद्ध १/१ विकेट लिएका उनले ब्याटिंगमा पनि राजस्थान बिरुद्ध १७ तथा मुम्बई बिरुद्ध १८ रन बनाएका थिए।

४. शेल्डन कटरेल ( पन्जाब ) : देब्रे हाते पेसरले राजस्थान बिरुद्ध प्रदर्शन राम्रो गर्न नसकेता पनि त्यस अघि बैंगलोर बिरुद्ध जितमा १७ रन खर्चेर २ विकेट लिंदा बिराट कोहलीलाई आफ्नो शिकार बनाएका थिए। ५ विकेटनै लिएका उनले दिल्ली बिरुद्ध खेल बराबरी हुँदा २४ रन खर्चेर २ विकेट लिएका थिए।

५. युजभेन्द्र चहल ( बैंगलोर ) : २ खेलमा ४ विकेट लिएका लेग स्पिनर चहल राम्रो लयमा छन्। उनले हैदरावाद बिरुद्ध बैंगलोरको पहिलो जितमा १८ रन खर्चेर ३ विकेट तथा पन्जाब बिरुद्ध २५ रन खर्चेर १ विकेट।

आईपीएल २०२० आगामी खेलहरु 

सेप्टेम्बर २८, सोमबार : रोयल च्यालेन्जर्स बैंगलोर Vs मुम्बई इन्डीएन्स ( ७:४५ बजे राति , दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

सेप्टेम्बर २९, मंगलबार : दिल्ली क्यापिटल्स Vs सनराइजर्स हैदरावाद ( ७:४५ बजे राति, शेख जायद स्टेडीयम )

सेप्टेम्बर ३०, बुधबार : राजस्थान रोयल्स Vs कोलकाता नाइट राइडरस ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

अक्टोबर १, बिहिबार : किंग्स ११ पन्जाब Vs मुम्बई इन्डीएन्स  ( ७:४५ बजे राति, शेख जायद स्टेडीयम )

अक्टोबर २, शुक्रबार : चेन्नाई सुपर किंग्स Vs सनराइजर्स हैदरावाद ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

– IPL इतिहासमा पर्पल क्याप जित्ने १० बलर

– IPL : आईपिएलमा ‘अरेन्ज क्याप’ जित्ने ९ खेलाडी

– IPL मा आज : कोहली र रोहितको टिम आमने-सामने ( सम्पूर्ण जानकारी )

– ‘हिरो’ बनेका तेवतिया जब सबैको लागि ‘भिलेन’ बन्दै थिए





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]