आईपीएल २०२१ : संजु स्याम्सनको शतक बाबजुद राजस्थान पराजित

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार सम्पन्न चौथौं खेलमा केएल राहुल कप्तानीको पन्जाब किंग्सले संजु स्याम्सन कप्तानीको राजस्थान रोयल्सलाई ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

मुम्बई स्थित वान्खेडे स्टेडियममा सम्पन्न खेलमा २२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन मात्र बनाउन सक्यो। संजु स्याम्सनले शतकीय पारि खेलेता पनि टिमलाई जित दिलाउन भने सकेनन्।

खराब सुरुवात गरेको राजस्थानले २५ रनको योगफलमा ओपनरद्वय बेन स्टोक्स र मनन बोहोरालाई गुमायो। खाता नखोली स्टोक्स पहिलो ओभरमा मोहम्मद शामिबाट कट एण्ड बोल्ड आउट भए भने १२ रन बनाएका बोहोरालाई अक्षदीप सिंहले चौथौं ओभरमा कट एण्ड बोल्ड आउट पारे।

त्यसपछि कप्तान स्याम्सनले जोश बटलरसँग तेस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै राजस्थानको इनिन्ग्स अघि बढाए। १३ बलमा ५ चौकाको मद्धतमा २५ रन बनाएका बटलर झे रिचर्डसनको स्लअर योर्कर बलमा बिट हुँदै आठौँ ओभरमा बोल्ड भएका थिए। बटलर आउट भएपछि स्याम्सनले शिवम दुबेसँग चौथौं विकेटका लागि ५३ तथा रियान परागसँग ५२ रनको साझेदारी गर्दै राजस्थानलाई खेलमा जीवित राखे। १५ बलमा २३ रन बनाएका दुबेलाई अक्षदीपले हुड्डाबाट गराए। यस्तै ११ बलमा १ चौका र ३ छक्काको मद्धतमा २५ रन बनाएका परागलाई मोहम्मद शामिले विकेटकिपर राहुलबाट क्याच आउट गराए।

एक किनार सम्हालेका स्याम्सोनले ६३ बलमा १२ चौका र ७ छक्काको मद्धतमा ११९ रन बनाएता पनि टिमलाई जित दिलाउन सकेनन्। उनि खेलको अन्तिम बलमा आउट भएका थिए।

किंग्स पन्जाबलाई  जितका लागि अन्तिम २ ओभरमा २१ रनको आवश्यकता रहेको थियो। राइल मेरेडिथले १९ औं ओभरमा राहुल तेवाटियाको विकेटसँगै मात्र १ छक्कासहित ८ रन  र्चिएपछि पन्जाबलाई अन्तिम ओभरमा १३ रनको खाँचो थियो। अक्षदीपले अन्तिम ओभरको पहिलो बलमा रन दिएनन्। दोस्रो बलमा स्याम्सनले १ रन  लिदै मोरिसलाई  स्ट्राइक  दिए। तेस्रो बलमा मोरिसले मात्र १ रन  लिन सके। त्यसपछि चौथौं बलमा स्याम्सनले छक्का प्रहार गर्दै राजस्थानलाई खेलमा फर्काए। पाचौं बलमा स्याम्सनले रन नलिएपछि राजस्थानलाई  जितका लागि अन्तिम बलमा ५ रनको आवश्यकता रहेको थियो। अन्तिम बलमा स्याम्सन क्याच आउट हुन पुगे।

पपन्जाब किंग्सको बलिंगतर्फ अक्षदीप नाथले (४-०-३५-३) सर्वाधिक ३ विकेट लिए। यस्तै  मोहम्मद शामीले (४-०-३३-२) २ तथा झे रिचर्डसन (४-०-५५-१) र राइल मेरेडिथले  (४-०-४९-१) समान १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको पन्जाब किंग्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाउँदै राजस्थान रोयल्सलाई २२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। पन्जाब किंग्सलाई विशाल लक्ष्यतर्फ उन्मुख पार्न कप्तान राहुल र हुड्डाले विस्फोटक ब्याटिंग गरे।

राजस्थानको सुरुवात खराब रह्यो। १४ रन बनाएका ओपनर मायाँक अग्रवाललाई चेतन सकारियाले आईपीएलमा (डेब्युटन्ट) आफ्नो पहिलो विकेट लिने क्रममा विकेटकिपर सन्जु स्याम्सनबाट क्याच आउट गराए। त्यसपछि अर्का ओपनर केएल राहुलले क्रिस गेलसँग दोस्रो विकेटका लागि ६७ रनको अर्धशतकीय साझेदारी गर्दै पन्जाब किंग्सको इनिन्ग्स सम्हाले। १० औं ओभरमा रियान परागले २८ बलमा ४ चौका र २ छक्काको मद्धतमा ४० रन बनाएका गेललाई स्टोक्सबाट लंग अनमा क्याच आउट गराउँदै साझेदारी तोडे।

त्यसपछि राहुलले दिपक हुड्डासँग तेस्रो विकेटका लागि १०५ रनको विस्फोटक शतकीय साझेदारी गरे। हुड्डालाई १८ औं ओभरमा क्रिस मोरिसले रियान परागबाट क्याच आउट गराए। त्यसअघि उनले २८ बलमा ४ चौका र ६ छक्काको मद्धतमा ६४ रन बनाए। हुड्डाले शिवम दुबेले गरेको १३ औं ओभरमा २ छक्का तथा श्रेयस गोपालको १४ औं ओभरमा ३ छक्का प्रहार गरेका थिए। सोहि ओभरमा मोरिसले निकोलास पुरनलाई खाता नखोली सकारियाबाट क्याच आउट गराए।

शतकबाट ९ रन टाँढा रहेका कप्तान राहुललाई सकारियाले अन्तिम ओभरमा राहुल तेवाटियाबाट क्याच आउट गराए। राहुलले ५० बलमा ७ चौका र ५ छक्काको मद्धतमा सर्वाधिक बनाए। यससंगै राहुलले पन्जाबको प्रतिनिधित्व गर्दै २००० रन पनि पुरा गरेका छन्। इनिन्ग्सको अन्तिम बलमा सकारियाले झे रिचर्डसनलाई आउट पार्दै तेस्रो विकेट लिए।

राजस्थान रोयल्सको बलिंगमा चेतन सकारियाले (४-०-३१-३) सर्वाधिक ३ तथा क्रिस मोरिसले (४-०-४१-२) २ विकेट लिए। यस्तै रियान परागले एक विकेट हात पारे भने अन्य बलर विकेटविहिन रहे।

लिग अन्तर्गत भोलि कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुदैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा सुरु हुनेछ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]