आईपीएल : रसेलले आक्रामक इनिंग खेल्दा कोलकातासंग हैदरावाद पराजित

  • विकेटनेपाल, चैत-१० 

इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा कोलकाता नाईट राइडर्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गर्यो।

रोमान्चक रहेको खेलमा पहिले ब्याटिंग गर्दै हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १८१ रनको योगफल तयार गरेको थियो।

कोलकाताको लागि ओपनर डेभिड वार्नरले आक्रामक इनिंग खेल्दै ८५ रन बनाएका थिए जुन क्रममा ५३ बलमा ३ छक्का र ९ चौका प्रहार गरे। यस्तै विजय शंकरले अविजित ४० रन बनाउन २४ बलमा २/२ चौका र छक्का प्रहार गरे भने अर्का ओपनर जोनी बेयरस्टोले ३९ रन बनाएका थिए। पहिलो विकेटको लागि वार्नर र बेयरस्टोले ११८ रन जोडेका थिए।

कोलकाताको लागि आन्द्रे रसेलले सर्वाधिक २ विकेट लिए जुन क्रममा ३ ओभरमा ३२ रन खर्चिए। पियुष चावलाले १ विकेट ( ३-०-२३-१ ) लिए।

रसेलको विस्फोटक इनिंग 

१८२ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ओपनर क्रिस लिन ( ७ रन ) लाई छिट्टै गुमाउन पुग्यो। दोश्रो विकेटको लागि रोबिन उथप्पा र ओपनर नितिश रानाले ८० रनको साझेदारी गरे।

उथप्पा ३५ रन बनाएर आउट भएपछि कप्तान दिनेश कार्तिक पनि २ रन मात्र बनाएर पेभेलियन फर्किए।

६८ रन बनाएका नितिश राशिद खानको बलमा एलबिडब्लु आउट हुँदा कोलकाता १५.३ ओभरमा ११८/४ को अवस्थामा पुग्यो। नितिशले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।

अन्तिम ४.३ ओभरमा कोलकातालाई जितको लागि ६८ रन बाँकी रहंदा आन्द्रे रसेल र सुभमन गिलले आक्रामक ब्याटिंग गर्दै टिमलाई जितसम्म पुर्याए।

अन्तिम २ ओभरमा जितको लागि ३४ रन बाँकी रहंदा भुवनेश्वर कुमारको ओभरमा रसेलले २ चौका र २ छक्का प्रहार गरे पछि अन्तिम ओभरमा जितको लागि कोलकातालाई १३ रन आवस्यक थियो।

शकिब अल हसनले गरेको अन्तिम ओभरको दोश्रो र चौथो बलमा सुभमन गिलले छक्का प्रहार गरे पछि २ बल अगावै कोलकाताले जित दर्ता गर्यो।

रसेलले अविजित ४९ रन बनाउन १९ बलमा ४ छक्का र ४ चौका प्रहार गरे भने गिलले १० बलमा २ छक्का मदतले १८ रन बनाए।

हैदरावाद बलर शकिब अल हसन, सन्दिप शर्मा, सिद्धार्थ कौल र राशिद खानले १/१ विकेट लिए।

 





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]