IPL Qualifier 2 : दिल्लीले टस जितेर ब्याटिंग रोज्यो, टिममा २ वटा परिवर्तन

आईपीएल २०२० अन्तर्गत दोश्रो क्वालीफायरमा फाइनलमा मुम्बईसंगको भेट पक्का गर्नको लागि आइतबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्। शेख जायद स्टेडियम, अबुधाबीमा ७:४५ बजे राति खेल सुरु हुनेछ।

हैदरावादले इलिमीनेटरमा शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरको यात्रा समाप्त गर्दै क्वालीफायरमा दिल्लीसंगको भेट पक्का गरेको थियो। दिल्लीले पहिलो क्वालीफायरमा मुम्बईसंग पराजित भएपछि फाइनल पुग्ने दोश्रो मौका पाएको हो। दिल्ली हालसम्म आईपीएलको फाइनल प्रवेश गर्न सकेको छैन भने हैदरावादले यस अघि २ पटक फाइनल खेलीसकेको छ।

टस जितेर दिल्लीले ब्याटिंग गर्ने 

खेलमा टस जितेर दिल्ली कप्तान श्रेयस ऐयरले पहिले ब्याटिंग गर्ने निर्णय लिएका छन्। अघिल्लो दुवै खेल हैदरावादसंग लक्ष्य पछ्याउने क्रममा पराजित भएकोले उनले पहिले ब्याटिंग रोजेको बताए। यस्तै अन्तिम खेलमा हैदरावादले लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात नगरेकोले पनि यस्तो निर्णय लिएको उनले बताए। उनले पिच ब्याटिंग गर्नको लागि राम्रो देखिएको पनि बताए।

दिल्लीले टिममा २ वटा परिवर्तन गरेको छ। मध्यक्रम ब्याट्सम्यान शिमरन हेटमायरलाई तथा लेग स्पिनर शिभम दुबेलाई अन्तिम-११ मा समाबेश गरिएको छ। ड्यानियल स्याम्स र पृथ्वी शलाई बाहिर राखिएको छ। ३ जना स्पिनर लिएर खेलेता पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले भने मौका पाउन सकेनन्।

दिल्ली क्यापिटल्सको अन्तिम ११ : शिखर धवन, अजिंक्य रहाने, श्रेयस ऐयर ( कप्तान ) , शिमरन हेटमायर, रिशभ पन्त ( विकेटकिपर ) , मार्कस स्टोइनिस, प्रभिन दुबे, अक्षर पटेल, कागीसो रबाडा, रभीचन्द्रन आश्विन, एनरिक नोर्किया, प्रभिन दुबे

सन्दिप लामिछानेले मौका नपाउदा अर्का भारतीय लेग स्पिनर प्रभिन दुबेले मौका पाए

हैदरावाद कप्तानले टस जितेको भए बलिंग रोज्ने सोचेको बताए। टस हार्दा पनि खुसि लागेको उनले बत्ये। उनले सुरुवाती विकेट लिंदै दिल्लीलाई दबाब बनाउने बताए। आज नयाँ पिच रहेको र नयाँ खेल रहेकोले छुट्टै किसिमको डब्ब रहेको उनले बताए। टिममा हैदरावादले कुनै पनि परिवर्तन गरेको छैन।

सनराइजर्स हैदरावादको अन्तिम ११ : डेभिड वार्नर ( कप्तान ) , श्रिभत्स गोस्वामी ( विकेटकिपर ) , मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, जेसन होल्डर , अब्दुल समद, राशिद खान, शाहबाज नदीम, सन्दिप शर्मा, टि नटराजन

पछिल्लो भेट : हैदरावादले दुवै भेटमा दिल्लीलाई सहजै पराजित गरेको थियो। अबुधाबीको पहिलो भेटमा वार्नर, बेयरस्टो र विलियमसनको इनिंग मद्दतले हैदरावादले १६२/४ को योगफल तयार गरेको थियो। राशिद खानले १४ रन खर्चेर ३ विकेट लिंदा दिल्लीले १५ रनको हार बेहोरेको थियो।

दोश्रो भेटमा हैदरावादले जित्ने पर्ने खेलमा दिल्लीलाई ८८ रनले पराजित गरेको थियो। रिद्दीमान साहा ( ८७ ) र डेभिड वार्नर ( ६६ ) ले उत्कृस्ट ब्याटिंग गर्दा टिमले २१९/२ को विशाल योगफल तयार गरेक थियो। जवाफमा दिल्लीले १३१ रन मात्र बनाउन सकेको थियो। राशिद खानले मात्र ७ रन खर्चेर ३ विकेट लिएका थिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/srh-vs-dc-2nd-qf-ipl20-prev/

https://wicketnepal.com/sandeep-playing-xi-of-aakash-chopda-vs-srh-2nd-qf-wn20/

https://wicketnepal.com/mahela-jayawardene-sya-no-to-sl-coaching/

https://wicketnepal.com/sehwag-about-kohli-captain-rcb-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy