सनसनीपूर्ण दोश्रो क्वालीफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स १४ औं संस्करणको इन्डियन प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ।
कोलकाता लिग इतिहाँसमा तेश्रो पटक फाइनल पुगेको हो यस अघि दुवै पटक ( २०१२ र २०१४ ) फाइनल पुग्दा कोलकाताले लिग जितेको थियो। लिगको फाइनल शुक्रबार चेन्नाई सुपर किंग्स र कोलकाता नाइट राइडर्स बीच खेलिनेछ।
युएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा दिल्लीले दिएको १३६ रनको लक्ष्य कोलकाताले १ बल बांकी रहंदा भेटायो। कोलकाताको ब्याटिंगमा ओपनर भेंकटेस ऐयरले सर्वाधिक ५५ रन योगदान दिए जुन क्रममा ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै शुबमन गिलले ४६ बलमा १ चौका र १ छक्का मद्दतले ४६ रन बनाए। नितेश रानाले १३ तथा राहुल त्रिपाठीले अविजित १२ रन बनाए।
लक्ष्य पछ्याउने क्रममा उत्कृस्ट सुरुवात गरेको कोलकाताको लागि ओपनर शुबमन गिल र भेंकटेस ऐयरले ९६ रनको साझेदारी गरे। १३ औं ओभरमा ऐयरलाई कागीसो रबाडाले क्याच आउट पारे। दोश्रो विकेटको लागि गिलले नितिश रानासंग २७ रन जोडे। १६ औं ओभरमा रानालाई एनरिक् नोर्कियाले क्याच आउट गर्दा दिल्लीलाई ४ ओभरमा मात्र १३ रन आवस्यक थियो। १७ औं ओभरमा आभेस खानले मात्र २ रन खर्चेर शुबमन गिललाई क्याच आउट गरे। लगत्तै ओभरमा कागीसो रबाडाले मात्र १ रन दिएर अन्तिम बलमा दिनेश कार्तिकलाई बोल्ड गरे जसपछि खेलले रोमान्चक मोड लियो।
अन्तिम २ ओभरमा कोलकातालाई १० रन आवस्यक रह्यो। १९ औं ओभरमा एनरिक् नोर्कियाले मात्र ३ रन खर्चेर अन्तिम बलमा कोलकाता कप्तान ओएन मोर्गनलाई बोल्ड गरे। अन्तिम ओभरमा जीतको लागि ७ रन आवस्यक रह्यो। अन्तिम ओभरको पहिलो बलमा राहुल त्रिपाठीले १ रन लिए। दोश्रो बलमा शाकिब अल हसनले रन बनाउन सकेनन् भने तेश्रो बलमा एलबिडब्लु भए। लगत्तै बलमा छक्का प्रहार गर्ने प्रयासमा सुनिल नारायण क्याच आउट हुन पुगे। जित्न २ बलमा ६ रन आवस्यक हुँदा राहुल त्रिपाठीले छक्का प्रहार गर्दै कोलकातालाई जित दिलाए।
दिल्लीको बलिंगमा रभीचन्द्रन आश्विन ( ३.५-०-२७-२ ) , एनरिक् नोर्किया ( ४-०-३१-२ ) र कागीसो रबाडा ( ४-०-२३-२ ) ले समान २ विकेट तथा आभेस खानले १ विकेट ( ४-०-२२-१ ) लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १३५ रन बनाएको थियो। दिल्लीको लागि शिखर धवनली सर्वाधिक ३६ रन बनाए। श्रेयस ऐयरले अविजित ३० रन बनाए भने पृथ्वी श र मार्कस स्टोइनिसले समान १८ रन, शिमरन हेटमायरले १७ रन बनाए।
दिल्ली ओपनर पृथ्वी श र शिखर धवनले ३२ रनको साझेदारी गरे। पाँचौ ओभरमा पृथ्वीलाई वरुण चक्रवर्तीले एलविडब्लु पारे। धवनले दोश्रो विकेटको लागि मार्कस स्टोइनिससंग ३९ रन जोडे। १२ औं ओभरमा स्टोइनिसलाई शिभम माभीले बोल्ड गरे। १५ औं ओभरमा चक्रवर्तीले धवनलाई क्याच आउट गरे भने लगत्तै ओभरमा कप्तान रिशभ पन्तलाई लकी फर्गुसनले क्याच आउट गरे। त्यसपछि श्रेयस ऐयरले शिमरन हेटमायरसंग २७ रन जोडे। हेटमायर १९ औं ओभरमा रन आउट भए। त्यसपछि ऐयरले अन्तिमसम्म ब्याटिंग गरे। इनिंग्सको अन्तिम ५ ओभरमा दिल्लीले २ विकेट गुमाएर ४५ रन बनाउन सक्यो।
कोलकाताको बलिंगमा वरुण चक्रवर्तीले २ विकेट ( ४-०-२६-२ ) तथा लकी फर्गुसन ( ४-०-२६-१ ) र शिभम माभीले ( ४-०-२७-१ ) समान १ विकेट लिए।