आईपीएल २०२० अन्तर्गत दोश्रो क्वालीफायरमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्।
शेख जायद स्टेडियम, अबुधाबीमा टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाउदै हैदरावादलाई १९० रनको लक्ष्य प्रस्तुत गरेको छ।
दिल्लीको लागि ओपनर शिखर धवनले सर्वाधिक ७८ रन बनाए जुन क्रममा ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। शिमरन हेटमायरले अविजित ४२ रन बनाउने क्रममा २२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। मार्कस स्टोइनिसले ३८ ( २७ बलमा ५ चौका र १ छक्का ) , श्रेयस ऐयरले २१ ( २० बलमा १ चौका ) बनाए।
जारि सिजन धवनको यो चौथो अर्धशतक हो जसले २ वटा शतक समेत प्रहार गरेका थिए। धवनले जारि सिजन ६०० रन समेत पुरा गरेका छन् जो आईपीएल इतिहासमै एकै सिजन ६०० रन बनाउने रिशभ पन्त पछि दोश्रो ब्याट्सम्यान बनेका छन्। पन्तले २०१८ मा ६८४ रन बनाएका थिए। जारि सिजन केएल राहुल ( ६७० ) ले मात्र धवन ( ६०३ ) भन्दा बढी रन बनाउन सकेका छन्।

धवन र स्टोइनिसको उत्कृस्ट ओपनिंग साझेदारी
पृथ्वी शलाई अन्तिम-११ मा समाबेश नगर्दै दिल्लीले ओपनिंगमा स्टोइनिसलाई धवनको जोडी बनाएको थियो। धवन र स्टोइनिसले आक्रामक सुरुवात दिलाउने क्रममा ८६ रनको ओपनिंग साझेदारी गरे। स्टोइनिसले होल्डरले गरेको चौथो ओभरमा ३ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाए। नवौं ओभरमा स्टोइनिसलाई राशिद खानले बोल्ड गरे।
दोश्रो विकेटको लागि धवन र कप्तान ऐयरले ४० रन जोडे। १४ औं ओभरमा ऐयरलाई जेसन होल्डरले क्याच आउट गराए। त्यसपछि धवन र हेटमायरले तेश्रो विकेटको लागि ५२ रनको साझेदारी गरे। १९ औं ओभरमा धवनलाई सन्दिप शर्माले एलबिडब्लु गर्दै साझेदारी तोडे।
अन्तिम ५ ओभरमा दिल्लीले १ विकेट गुमाएर ५१ रन बनाउन सक्यो। टि नटराजनले २० औं ओभरमा मात्र ७ रन तथा १९ औं ओभरमा सन्दिप शर्माले ६ रन मात्र खर्चदै दिल्लीको योगफल २ सय पार गर्न रोके।
हैदरावादको बलिंगमा सन्दिप शर्मा ( ४-०-३०-१ ) , जेसन होल्डर ( ४-०-५०-१ ) र राशिद खानले ( ४-०-२६-१ ) समान १ विकेट लिए। टि नटराजन ( ४-०-३२-० ), शाहबाज नदीम ( ४-०-४८-० ) विकेटविहिन रहे।
हैदरावादले इलिमीनेटरमा शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरको यात्रा समाप्त गर्दै क्वालीफायरमा दिल्लीसंगको भेट पक्का गरेको थियो। दिल्लीले पहिलो क्वालीफायरमा मुम्बईसंग पराजित भएपछि फाइनल पुग्ने दोश्रो मौका पाएको हो। दिल्ली हालसम्म आईपीएलको फाइनल प्रवेश गर्न सकेको छैन भने हैदरावादले यस अघि २ पटक फाइनल खेलीसकेको छ।
https://wicketnepal.com/pak-2nd-t20i-win-vs-zim-wn20/
https://wicketnepal.com/sehwag-about-kohli-captain-rcb-wn20/
https://wicketnepal.com/mahela-jayawardene-sya-no-to-sl-coaching/