एसोसिएट राष्ट्रबाट आईपीएल खेल्ने ५ क्रिकेटर

इन्डियन प्रिमियर लिग त्यस्तो मंचको जहाँ विश्वभरका क्रिकेटरहरुले आफ्नो प्रतिभा देखाउने मौका पाउने गर्छन्। तर दुर्भाग्यवस क्रिकेटको टेस्ट राष्ट्र मान्यता प्राप्त देशहरु बाहेक एसोसिएट राष्ट्रका खेलाडीहरुले भने विश्वकै धनि लिगमा आफ्नो प्रतिभा देखाउने तथा देशको प्रतिनिधित्व गर्ने मौका बिरलै पाएका छन्। यो लेखमा आईपीएल इतिहासमा एसोसिएट राष्ट्रको प्रतिनिधित्व गर्दै आईपीएलमा पुग्न सफल खेलाडीहरुबारे बताउदै छौँ।

अलि खान 

घाइते खेलाडी ह्यारी गर्नीको सट्टा कोलकाता नाइट राइडर्समा भित्रिएका अलि खान आईपीएलमा छनौट हुने पहिलो अमेरिकी क्रिकेटर हुन्। यो पढ्नुस  – अलि खान आईपीएल छनौट हुने पहिलो अमेरिकी क्रिकेटर

२९ वर्षीय फास्ट बलरले भर्खरै सिपिएल टि-२० मा ट्रिनबागो नाइट राइडर्सको प्रतिनिधित्व गरेका थिए। पछिल्लो केहि सिजन देखि खान सिपिएल टि-२० को सफल फास्ट बलरहरु मध्ये रहेका छन्। उनले यस अघि बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग जस्ता लिगहरु खेलीसकेका छन्।

अलि आईपीएल छनौट हुने पहिलो अमेरिकी क्रिकेटर बनेका छन्

गत सिजन पनि कोलकाताक नजरमा रहेका खानले यो सिजन सिपिएल टि-२० मा ७.४३ को इकोनोमि रेटले ८ विकेट लिएका थिए।  कूल ३६ टि-२० खेल्ने क्रममा उनले ३८ विकेट लिएका छन्।

पाकिस्तानमा जन्मेका खानको परिवार उनि १८ वर्षको हुँदा अमेरिकाको ओहायोमा बसाइँ सरेको थियो। उनको १४० को गतिमा फास्ट बलिंग र राम्रो योर्कर गर्ने क्षमताका कारण सिपिएल टि-२० र अमेरिकी राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका थिए।

चिराग सुरी 

युएई राष्ट्रिय क्रिकेटर चिराग सुरीलाइ २०१७ को आईपीएलमा गुजरात लायन्सले १० लाख भारुमा टिममा अक्सनबाट लिएको थियो। आईपीएलमा छनौट भएता पनि उनलाई गुजरातले खेल्ने भने मौका दिएन। दायाँ हाते ब्याट्सम्यानले युएईको लागि १७ एकदिवसीय र १२ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। सुरीले नेपालको घरेलु क्रिकेट लिग पोखरा प्रिमियर लिगको पहिलो सिजन २०१८ मा सोमपाल कामि कप्तानीको बुटवल ब्लास्टर्सको प्रतिनिधित्व गरेका थिए।

रायन टेन डोस्काटे

नेदरल्याण्ड राष्ट्रिय क्रिकेटर डोस्काटे इंग्ल्यान्डको काउन्टी क्रिकेटको लेजेन्ड खेलाडी हुन्। डोस्काटे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी औशत भएका खेलाडी हुन्। २००६ देखि ११ सम्म नेदरल्याण्डको लागि ३३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रममा उनले ६७ को औशतमा ५ शतक र ९ अर्धशतक मद्दतले १५४१ रन बनाएका थिए। उनि पछि वानडेमा धेरै औशत भारतीय कप्तान बिराट कोहलीको ५९.३३ रहेको छ।

Ryan Ten Doeschate ( Photo - Bhairahawa Gladiators - FB )
डोस्काटेले गत सिजन एभरेस्ट प्रिमियर लिगमा भैरहवाबाट खेलेका थिए

आईपीएलमा २०११ मा कोलकाता नाइट राइडर्स टिममा आबद्ध भएका रायन २ पटक कोलकाताले उपाधि जित्दा टिममा रहेका थिए। उनि २०१५ सम्म कोलकाता टिममा रहे। दायाँ हाते ब्याट्सम्यान तथा फास्ट बलर रायनले एक्लै दममा खेल पनि जिताएका थिए। उनले कोलकाताको लागि २९ खेलमा १३८.७२ को स्ट्राइक रेटमा ३२६ रन बनाएका थिए भने २ विकेट पनि लिएका थिए।

डोस्काटेले नेपालको घरेलु क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगमा गत सिजन शरद भेसावकर कप्तानीको टिम भैरहवा ग्ल्याडीएटर्सको लागि खेलेका थिए। लिगमा उनले ८ विकेट लिनुको साथै १७९ रन पनि बनाएका थिए।

डर्क नानेस 

नानेस नेदरल्याण्डबाट आईपीएल खेल्ने पहिलो क्रिकेटर हुन्। उनले अस्ट्रेलियाको लागि पनि क्रिकेट खेले।

नानेस २००९ आईपीएल छनौट हुने पहिलो एसोसिएट क्रिकेटर हुन्। उनलाई तत्कालिन दिल्ली डेयरडेभिल्सले बिभिन्न युरोपियन लिगमा गरेको प्रदर्शन पछि टिममा लिएको थियो। आईपीएल खेलेपछि नानेसले नेदरल्याण्डको लागि २००९ मा टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। त्यसपछि सोहि वर्ष उनले अस्ट्रेलियाको लागि पनि डेब्यु गरे २०१० सम्म अन्तर्राष्ट्रिय क्रिकेट पनि खेले। दिल्ली पछि आईपीएलमा उनले चेन्नाई र बैंगलोरको पनि प्रतिनिधित्व गरे। चेन्नाईमा रहंदा धोनीले उनलाई डेथ ओभर बलरको रुपमा उपयोग गरेका थिए। २००९ देखि १३ सम्म आईपीएल खेल्ने क्रममा बायाँ हाते फास्ट बलरले २९ खेलमा २८ विकेट लिए।

सन्दिप लामिछाने 

२०१८ आईपीएलमा तत्कालिन दिल्ली डेयरडेभिल्सले अक्सनमार्फत २० लाख भारुमा टिममा छनौट गरेपछि नेपाली लेग स्पिनर सन्दिप आईपीएलमा छनौट हुने पहिलो नेपाली क्रिकेटर बन्न सफल भएका थिए। छिमेकि मुलुकको लिग भएता पनि नेपाली खेलाडी आईपीएलको स्तरसम्म पुग्नु निकै ठूलो उपलब्धि मानिन्छ। सन्दिपले २०१८ र १९ को सिजन दिल्लीको प्रतिनिधित्व गरिसकेका छन् भने तेश्रो सिजन पनि खेल्न तयार रहेका छन्। लिगको पहिलो सिजन ३ खेल तथा दोश्रो सिजन ६ खेल खेल्ने मौका पाएका सन्दिपले त्यस क्रममा कुल १३ विकेट लिईसकेका छन्।

आईपीएलको डेब्यु सन्दिपले बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्ध गरेका थिए। पहिलो खेलमा पार्थिभ पटेलको रुपमा १ विकेट लिएका उनले उक्त सिजन तेश्रो खेलमा मुम्बई इन्डीएन्स बिरुद्ध ३ विकेट लिएका थिए। दोश्रो सिजन दोब्बर ६ खेलमा मौका पाएका उनले किंग्स-११ पन्जाब बिरुद्धको खेलमा ३ विकेट लिएका थिए। लिगमा उनले हालसम्म सुरेश रैना, पर्थिभ पटेल, काइरन पोलार्ड, स्याम करन, मोइन अलि, क्रिस गेल , केएल राहुल जस्ता ब्याट्सम्यानलाई आउट गरिसकेका छन्।

अफगानिस्तान स्पिनर राशिद खान र मोहम्मद नाबी पनि २०१७ को सिजन आईपीएलमा छनौट भएका थिए जति बेला अफगानिस्तान टेस्ट राष्ट्र भैसकेको थिएन। आईपीएल खेलेकै वर्ष आईसीसीले अफगानिस्तानलाई टेस्ट राष्ट्रको मान्यता दिएको थियो।

यो पनि पढ्नुस :-

युएईमा सन्दिपलाई टिमले यसरी गर्यो स्वागत, पहिलो खेल गुमाउने निश्चित

गौतम गम्भीरको विश्लेषण- पहिलो खेलमा चेन्नाई भन्दा मुम्बईको ‘हात माथि’

यस्तो छ यो सिजन IPL मा कमेन्टेटरहरुको सूची, छैनन् मंज्रेकर

IPL : सबैभन्दा धेरै छक्का प्रहार गर्ने ६ खेलाडी

ललितलाई सहयोग गर्न सिप्यानको अपिल , यसरी गर्नुस सहयोग





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]