इन्डियन प्रिमियर लिग (आईपिएल) को १३ औं संस्करण सेप्टेम्बर १९ बाट युनाइटेड अरब एमिरेट्स (यूएई) मा सुरु हुदैँछ। ५३ दिनसम्म चल्ने लिगमा आईपिएल उपाधी हात पार्न ८ टोलीबिच रोचक प्रतिस्पर्धा हुनेछ।
कोलकातामा गत वर्ष डिसेम्बर १९ मा सम्पन्न अक्सनमा सबै फ्रेन्चाइजहरुले आईपिएलका लागि नयाँ अनुहारलाई आफ्नो टोलीमा भित्र्याएको थियो। त्यसक्रममा केहि रोचक विदेशी प्रतिभाहरुलाई टोलीहरुले टिममा समावेश गरेका थिए जसका लागि यो पहिलो आईपिएल सावित हुदैँछ। आईपिएलमा डेब्यु गर्न सक्ने पाँच विदेशी खेलाडीहरुको बारेमा यस लेखमा चर्चा गरेका छौँ –
५. जोस फिलिप (रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर)

२३ वर्षिय विकेटकिपर ब्याट्सम्यान जोस फिलिप यस सिजन पहिलो पटक आईपिएल खेल्न छनोट भएका छन्। उनलाई रोयल च्यालेन्जर्स ब्याङ्ग्लोरले भारु २० लाख खर्चिएर आफ्नो टिममा भित्र्याएको थियो।
फिलिप आक्रमक ब्याटिङको लागि चिनिन्छन्। दायाँ हाते ओपनिङ ब्याट्सम्यान पावरप्लेको फाइदा उठाउदै टिमलाई उत्कृष्ट सुरुवात दिन सक्छन्। गत सिजन सिजन बिग ब्यास लिगमा शानदार प्रदर्शन गर्दै फिलिपले अक्सन अगाडि सबै फेन्चाइजको ध्यानाकर्षण गराएका थिए।लिगमा सिड्नी सिक्सरलाई उपाधी जिताउन उनले अहम भूमिका निर्वाह गरेका थिए।
हालसम ३२ टी-२० खेलेका उनले १३८.३ को स्ट्राइक रेटमा ७९८ रन बनाइसकेका छन्। आक्रमक युवा खेलाडी फिलिप यस सिजन पहिलो पटक आईपिएलमा डेब्यु गर्न सक्नेछन्।
४. टम ब्यान्टन ( कोलकाता नाइट राइडर्स)
इङ्ग्ल्यान्डको घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका ब्यान्टन निकै चर्चामा छन्। उनले इङ्ग्ल्यान्डको लागि गत वर्ष नोभेम्बरमा न्युजिल्यान्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।

२ पटकको आईपिएल विजेता कोलकाता नाइट राइडर्सले उनलाई न्युनतम मुल्य भारु १ करोड खर्चेर भित्र्याएको थियो। २१ वर्षीय दायाँ हाते ब्याट्सम्यानले गत सिजन बिग ब्यास लिगमा ब्रिसबेन हिटको तथा पाकिस्तान सुपर लिगमा पेशावार जाल्मीको प्रतिनिधित्व गरेका थिए।
ब्यान्टन विस्फोटक ब्याटिङको लागि चर्चित छन्। विकेटकिपर तथा ओपनिङ ब्याट्सम्यान ब्यान्टन यसपटक आईपिएलमा पहिलो पटक कोलकाताको जर्सीमा सजिएर मैदानमा उत्रिने सम्भावना प्रवल रहेको छ।
३. शेल्डन कट्रेल (किंग्स-११ पंजाब)
केएल राहुल कप्तानीको किंग्स-११ पंजाबले वेस्ट इन्डिजका बायाँ हाते तिव्र गति बलर शेल्डोन कोट्रेललाई ठुलो रकम ८.५ करोड भारु खर्चेर टिममा समावेश गराएको थियो। उनी प्याट कमिन्स (१५.५ करोड) पछि आईपिएलकै दोस्रो महँगो बलर हुन्।
उनीसंग खेलको सुरुवात र डेथ ओभर दुबैमा राम्रो बलिङ गर्ने क्षमता छ। ३० वर्षीय वेस्टइन्डिज क्रिकेटरले २७ टि-२० अन्तर्राष्ट्रियमा ७.८३ को इकोनोमी रेटमा ३६ विकेट हात पारिसकेका छन्। किंग्स-११ पंजाबले डेब्यु सिजनबाटै उनिबाट निकै आशा राखेको छ।

२. एलेक्स केरी (दिल्ली क्यापिटल्स)
२०१९ वानडे विश्वकपमा अस्ट्रलियन २९ वर्षीय बायाँ हाते ब्याट्सम्यान एलेक्स केरीको प्रदर्शन शानदार रहेको थियो। उनले ६२.५० को औशतमा ३ अर्धशतक मद्दतले ३७५ रन बनाउदै आफुलाई भरपर्दो मिडल अर्डर ब्याट्सम्यानको रुपमा प्रमाणित गरेका थिए।
उनलाई भारु २.४ करोड खर्चेर दिल्ली क्यापिटल्सले भित्र्याएको थियो। विकेटकिपर ब्याट्सम्यान केरीले अस्ट्रेलियाको लागि २८ टि-२० अन्तर्राष्ट्रियमा खेलीसकेता पनि उल्लेख्य प्रदर्शन भने गर्न सकेका छैनन्।
गत सिजन बिग ब्यास लिगमा भने उनले एडलेडको लागि खेल्ने क्रममा ११ खेलमा ३५.५४ को औशतले ३९१ रन बनाउदै उपयोगी खेलाडी सावित गरेका थिए। उनले यो सिजन आईपिएलमा डेब्यु गर्ने प्रवल सम्भावना रहेको छ।

१. जोश हेजलवुड ( चेन्नाई सुपर किंग्स )
३० वर्षीय हेजलवुडलाई यस अघि २०१४ मा मुम्बई इन्डियन्सले टिममा समावेश गरेता पनि खेल्ने अवसर भने पाएनन्।
अस्ट्रेलियाको लागि ३५ टि-२० खेलमा ७.५६ को शानदार इकोनोमी रेटमा दायाँ हाते फास्ट बलरले वानडेमा ४२ विकेट, ७ टि-२० मा ८ विकेट तथा ५१ टेस्टमा १९५ विकेट लिएका छन्।
चेन्नाईसंग बलरको प्रशस्तै विकल्प रहेता पनि उनले यो सिजन डेब्यु गर्ने सम्भावना प्रवल छ। उनलाई धोनी कप्तानीको टिमले १ करोड भारु खर्चेर टिममा भित्र्याएको थियो।
यो पनि पढ्नुस :-
https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/
https://wicketnepal.com/5-kheladi-jasko-antim-ipl-wn20/
https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/
https://wicketnepal.com/ipl-dream-11-sponsor-wn20/
https://wicketnepal.com/ipl-t20-all-teams-squad-wn20/
https://wicketnepal.com/20-records-by-kohli-12th-year-wn20/
https://wicketnepal.com/dhoni-fan-chacha-chicago-retire-wn20/
https://wicketnepal.com/10-ind-cric-farwell-match-wn20/
