IPL : पृथ्वी शद्वारा ६ बलमा ६ चौका प्रहार, लिग इतिहासकै दोश्रो क्रिकेटर

इण्डियन प्रिमियर लिग ( आईपीएल ) मा दिल्ली क्यापिटल्सका ओपनिंग ब्याट्सम्यान पृथ्वी शले लगातार ६ चौका प्रहार गरेका छन्।

कोलकाता नाइट राइडर्स बिरुद्धको खेलमा १५५ रनको लक्ष्य पछ्याउने क्रममा ओपनिंग ब्याटिंग गरेका पृथ्वी शले कोलकाताका फास्ट बलर शिभम माभीले गरेको पहिलो ओभरमा लगातार ६ चौका प्रहार गरेका हुन्। माभीले पहिलो बल वाइड गरेपछि शले लगातार ६ चौका प्रहार गरेका थिए। एकै ओभरमा माभीले २५ रन खर्चिए।

ओभरको पहिलो बलमा वाइड गरेपछि शिभमको दोश्रो बलमा पृथ्वीले बलरको माथिबाट सिधा चौका हिर्काए। दोश्रो चौका उनले मिड विकेट माथिबाट प्रहार गरे। यस्तै तेश्रो चौका कभरतर्फ हिर्काए। चौथो चौका पनि कभर तर्फ हिर्काएका शले पाँचौ चौका पोइन्टमा प्रहार गरे। लगातार ६ चौका प्रहार गर्ने क्रममा उनले एक्स्ट्रा कभरमा चौका प्रहार गरे।

एकै ओभरमा ६ बलमा लगातार ६ चौका प्रहार गर्ने पृथ्वी आईपीएल इतिहासको पहिलो क्रिकेटर भने हैनन्। यस अघि राजस्थान रोयल्सबाट खेल्ने क्रममा अजिंके रहानेले सन् २०१२ मा रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्ध एकै ओभरमा लगातार ६ चौका प्रहार गरेका थिए।

लक्ष्य पछ्याउने क्रममा आक्रामक सुरुवात गरेको दिल्लीले यो समाचार तयार गर्दासम्म ४ ओभरमा विकेट नगुमाई ५७ रन बनाएको छ। जितको लागि टिमलाई अझै ९८ रन आवस्यक रहेको छ। क्रिजमा पृथ्वी श १४ बलमा ४४ रन तथा शिखर धवन १० बलमा ११ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/mi-rs-rr-24th-m-news-wn21/

https://wicketnepal.com/sandeep-feri-ipl-khelna-chahanchu-wn21/

https://wicketnepal.com/nepal-t20i-ranking-wn21-428/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy