IPL : सबै ८ टिमले बनाएको सर्वाधिक र न्यून योगफल

आईपीएलको १३ औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ। आईपीएल विशेष प्रस्तुतिको क्रममा आज लिगमा सहभागी ८ टिमले बनाएको सर्वाधिक र न्यून योगफलबारे चर्चा गर्दैछौँ।

मुम्बई इन्डियन्स 

सर्वाधिक ( २२३ ) आईपिएलको सर्वाधिक सफल टिम मुम्बईले २०१७ मा किङ्ग्स-११ पन्जाब विरुद्ध सर्वाधिक टिम योगफल तयार पारेको थियो। पन्जाबले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले ६ विकेटको क्षेतीमा २२३ रन बनाउन सकेको थियो। ७ रनको हारका बाबजुद मुम्बईले आफ्नो सर्वाधिक योगफल भने तयार गरेको थियो। मुम्बईका लागि लेन्डल सिमन्सले ५९ रन, काइरन पोलार्डले ५० रन, पार्थिव पटेलले ३८ रन, तथा हार्दिक पाण्ड्याले ३० रन बनाएका थिए।

न्यून ( ८७ ) २०१८ मा मुम्बई सबैभन्दा न्यून स्कोरमा समेटिएको थियो। मिचेल म्याक्लेनघान, हार्दिक पान्ड्या र मयंक मार्कण्डेको शानदार बलिंग प्रदर्शनमा हैदराबादलाई ११८ रनको झिनो योगफलमा रोकेको मुम्बई जवाफी ब्याटिंगमा उत्रदा ८७ रनमा समेटिएको थियो र खेलमा ३१ रनको हार बेहोरेको थियो।

चेन्नाई सुपर किङ्ग्स

सर्वाधिक  (२४६ ) ३ पटकको लिग विजेता चेन्नाई सुपर किङ्ग्स (सिएसके) ले २०१० मा राजस्थान रोयल्स बिरुद्ध सर्वाधिक योगफल बनाएको थियो। मुरली विजयले ११ छक्काको सहयोगमा १२७ रन तथा एलबि मोर्केलले ३४ बलमा ६२ रन बनाएका थिए। उक्त खेल चेन्नाईले २३ रनले जितेको थियो।

न्यून (७९ ) २०१३ मा मुम्बईले चेन्नाईले लज्जास्पद स्कोरमा समेटिएको थियो। मुम्बईले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाई ७९ रनमा समेटिन पुगेको थियो।

कोलकाता नाइट राइडर्स

सर्वाधिक ( २४५ ) २ पटकको लिग विजेता कोलकाताले २०१८ मा पन्जाब विरुद्ध ६ विकेट गुमाएर २४५ रन बनाएको थियो। सुनिल नारायण (३६ बलमा ७५ रन), दिनेश कार्तिक (२३ बलमा ५० रन) र आन्द्रे रसेल (१४ बलमा ३१ रन) ले आक्रमण ब्याटिंग गरेका थिए। खेल कोलकाताले ३१ रनले जितेको थियो।

न्यून ( ६७ )२००८ को सुरुवाती सिजनमा कोलकाता सबैभन्दा न्यून स्कोरमा समेटिएको थियो। ६७ रन लिग इतिहासकै संयुक्त रुपमा चौथो न्यून योगफल हो। खेल मुम्बईले ८ विकेटले जितेको थियो।

रोयल च्यालेन्जर्स बैंगलोर

सर्वाधिक ( २६३ ) बैंगलोरले २०१३ मा पुने वारियर्सबिरुद्ध २६३ रनको अपत्यारिलो योगफल बनाएको थियो। खेलमा आईपीएल र व्यक्तिगत सर्वाधिक  रन बनाउने क्रममा क्रिस गेलले ६६ बलमा १७ छक्का र १३ चौकाको प्रहार गर्दै १७५ रनको विशाल पारी खेलेका थिए। बैंगलोरको उक्त योगफल लिग इतिहासकै सर्वाधिक योगफल हो भने टि-२० क्रिकेटकै चौथो सर्वाधिक स्कोर हो।

न्यून ( ४९ ) तीन पटक फाइनलमा पुगेता पनि उपाधी जित्न नसकेको बैंगलोर २०१७ को सिजनमा इतिहासकै न्यून स्कोर समेत हो। कोलकाताको घातक बलिंगसामु बैंगलोर ८.३ ओभरमा ४९ रनमा समेटिएको थियो। बैंगलोरका कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेका थिएनन्।

सनराजर्स हैदराबाद 

सर्वाधिक (२३१) आईपिएल २०१९ मा हैदराबादले बैंगलोर विरुद्ध सर्वाधिक टिम योगफल बनाएको थियो। पहिले ब्याटिंग गरेको हैदराबादका दुबै ओपनर डेभिड वार्नर ( ५५ बलमा १०० )  र जोनि बेयरस्टोले ( ५६ बलमा ११४ ) शतक बनाएका थिए। २३२ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोर ११३ रनमा समेटिएको थियो।

न्यून ( ९६ ) गत सिजननै हैदराबादले घरेलु मैदानमा मुम्बईसंग न्यून योगफल बनाएको थियो। मुम्बईलाई हैदराबादले १३६ रनमा रोकेको थियो त्यसपछि अल्जारी जोसेफले ६ विकेट लिंदै लिगकै उत्कृस्ट बलिंग स्पेल दर्ता गरेका थिए। १७.४ ओभरमा हैदराबाद ९६ रनमा समेटिएको थियो।

राजस्थान रोयल्स 

सर्वाधिक ( २२३ ) आईपिएलको सुरुवाती सिजनको उपाधी जितेको राजस्थानले २०१० मा चेन्नाईबिरुद्ध सर्वाधिक योगफल बनाएको थियो। चेन्नाईले दिएको २४७ रनको लक्ष्य पछ्याउदा राजस्थान २२३ रनमा रोकिएको थियो। नमन ओझाले ५५ बलमा ९४ तथा शेन वाट्सनले २५ बलमा ६० रन बनाएपनि जित दिलाउन सकेका थिएनन्।

न्यून ( ५८ ) दक्षिण अफ्रिकामा आयोजित लिगको दोस्रो सिजनमा राजस्थान न्यून स्कोरमा समेटिएको थियो। बैंगलोरले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान मात्र ५८ रनमा समेटिएको थियो।

दिल्ली क्यापिटल्स

सर्वाधिक ( २३१ ) आईपीएल २०११ मा डेभिड वार्नर ( ७७ ) र विरेन्द्र सहवागले ( ७७ ) आक्रामक ब्याटिंग गर्दा दिल्लीले २३१ रनको योगफल तयार पारेको थियो। दिल्लीले उक्त खेल २९ रनले जितेको थियो।

न्यून ( ६६ ) २०१७ मा दिल्लीलाई मुम्बईले न्यून योगफलमा समेटेको थियो। मुम्बईले दिएको २१३ रनको लक्ष्य पछ्याउदा दिल्ली ६६ रनमा समेटिएको थियो।

किङ्ग्स-११ पन्जाब 

सर्वाधिक ( २३२ ) २०११ मा पन्जाबले धर्मशाला रंगशालामा बैंगलोर विरुद्ध सर्वाधिक टिम योगफल खडा गरेको थियो। एडम गिलक्रिस्टले ५५ बलमा १०६ रनको पारी खेल्दा पन्जाबले २३३ रन बनाएको थियो। बैंगलोर १२१ रनमा समेटिदा पन्जाबले इतिहासकै सातौं फराकिलो जित निकालेको थियो।

न्यून ( ७३ ) २०१७ को सिजनमा किङ्ग्स-११ पन्जाबलाई पुने सुपर जायन्ट्सले न्यून स्कोरमा समेटिएको थियो। पहिले ब्याटिंग गरेको पन्जाब मात्र ७३ रनमा रोकिएको थियो। उक्त खेलमा जायन्ट्स ९ विकेटले विजयी भएको थियो।

सम्बन्धित :-

३ पूर्व भारतीय क्रिकेटरुको रोजाइमा सन्दिप दिल्लीको अन्तिम-११ मा

IPL 2020 : कुन टिममा को-को खेलाडी छन्

IPL : गावस्करले बताए चेन्नाईलाई उपाधि जित्न मुस्किल हुने कारण

ICC ODI Rankings : बेयरस्टो टप-१० मा, वोक्स करियरकै उत्कृस्ट चौथो स्थानमा





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]