कोहलीले डी भिल्लीयर्सलाई यस कारण माने “सुपर म्यान”

कोलकातालाई ८२ रनको विशाल अन्तरले पराजित गर्दै बैंगलोरले लिग इतिहासमा आफ्नो पाँचौ ठूलो रन अन्तरको जित दर्ता गर्यो। शारजाह मैदानमा पहिले ब्याटिंग गर्दै बैंगलोरले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ११२ रन मात्र बनाउन सक्यो। जितपछि शिर्ष स्थानमा रहेको मुम्बई र दोश्रो स्थानमा रहेको दिल्लीसंग बैंगलोरले अंक बराबरी गर्यो। समान १० अंक रहेता पनि नेट रन रेटमा पछि रहेको बैंगलोर तेश्रो स्थानमा छ।

उत्कृस्ट जितपछि बैंगलोर कप्तान बिराट कोहलीले पिच देखेपछि १६५-७० सम्मको योगफल बनाउने सोचेको बताए – “पिच सधैको शारजाहको पिच जस्तो थिएन। थाहा थियो विकेट ढिलो हुनेछ। हामीले १६५-७० बनाउने लक्ष्य राखेका थियौं।”

तर, मुस्किल पिचमा सबैले संघर्ष गर्दा एबि डी भिल्लीयर्सले मात्र ३३ बलमा ५ चौका र ६ छक्का मद्दतले अविजित ७३ रन बनाए। तर अर्को किनारमा ब्याटिंग गरेका कोहलीले भने २८ बलमा मात्र १ चौका प्रहार गर्न सके र अविजित ३३ रन बनाए। दुवैले ४७ बलमा अविजित १०० रनको साझदारी गरे जसमा डी भिल्लीयर्स एक्लैको ७३ रन तथा कोहलीको २२ रन थियो। पिचमा सबै ब्याट्सम्यानले संघर्ष गर्दा डी भिल्लीयर्सको इनिंग अद्भुत थियो। २२१.२१ को स्ट्राइक रेटले मुस्किल विकेटमा ब्याटिंग गरेपछि कोहलीले साथी खेलाडीको तारिफ गर्दै उत्कृस्ट शब्दहरु खर्चिए –

“एउटा ‘सुपर म्यान’ लाई छोडेर, पिचमा सबैले संघर्ष गरे।”

“त्यस्तो पिचमा एबिले मात्र त्यस्तो गर्न सक्छन्। यो विशेष इनिंग थियो। हामीले १९५ रन बनाउन सक्यौं त्यसको पछाडी विशुद्धरुपमा विशिष्ट व्यक्तिको हात थियो।” कोहलीले बताए।

कोहली र डी भिल्लीयर्सले तेश्रो विकेटको लागि १०० रनको साझेदारी गरे जसमा डी भिल्लीयर्सको ७३ रन थियो

लिगमा तेश्रो अर्धशतक बनाउदै खेलको प्लेयर अफ द म्याच चुनिएका डी भिल्लीयर्सले विकेट मुस्किल भएको स्वीकार्दै टिमलाई योगदान दिन पाएकोमा खुसि व्यक्त गरे –

“म आफ्नो प्रदर्शनले खुसि छु। पछिल्लो खेलमा डक भएको थिए जुन अफ्टेरो थियो। विकेट मुस्किल थियो तर मलाई लाग्यो १४५-५० पक्कै पर्याप्त थिएन। त्यसैले मैले थप प्रयास गरे , म पनि १९५ सम्म पुग्दा चकित थिए।उनीहरुको बलिंग आक्रमण निकै राम्रो थियो त्यसैले उनीहरुको सानो गल्तिको पनि मैले भरपुर प्रयोग गरे।”

कोलकाता कप्तान दिनेश कार्तिकले समेत डी भिल्लीयर्सको तारिफ गरे – “उनि विश्वस्तरीय खेलाडी हुन् जसलाई रोक्न यस्तो मैदानमा मुस्किल हुन्छ। अन्तिममा उनको इनिंगनै दुवै टिमको भिन्नता थियो।”

बैंगलोर बलर वासिंगटन सुन्दरले पनि १६० सम्मको योगफल सोचेको तर डी भिल्लीयर्सले गर्दा ३० रन बढी बनेको बताए – “हामीले १६० सम्मको योगफल राम्रो हुने सोचेका थियौं। तर एबिले जसरि ब्याटिंग गरे उनले हाम्रो थप ३० रन खोसे।”


लिग करियरमा डी भिल्लीयर्सले ३६ अर्धशतक र ३ शतक मद्दतले ४,६२३ रन बनाएका छन् जुन क्रममा ४०.५५ को औशत र १५२.६२ को स्ट्राइक रेटले ब्याटिंग गरेका हुन्। लिगको उनि छैठौं सर्वाधिक रनकर्ता हुन् भने क्रिस गेल ( ३२६ ) पछि २२५ छक्का हिर्काएका उनि लिग इतिहासकै दोश्रो धेरै छक्का हान्ने ब्याट्सम्यान पनि हुन्।

लिग अन्तर्गत कोलकाताले आगामी खेल शुक्रबार मुम्बई बिरुद्ध तथा बैंगलोरले आगामी खेल बिहिबार पन्जाब बिरुद्ध खेल्नेछ। आज मंगलबार हैदरावाद र चेन्नाईले प्रतिस्पर्धा गर्नेछन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल ७:४५ बजे राति सुरु हुनेछ।

IPL : बैंगलोर बिरुद्ध कोलकाताले सुनिल नारायणलाई किन खेलाएन

कोलकाता बिरुद्ध विशाल जित दर्ता गर्दै बैंगलोर तेश्रो स्थानमा उक्लियो

दिल्लीलाई अर्को झट्का, इशान्त शर्मा पनि लिगबाट बाहिरिए

आइपिएलमा सट्टेबाजी खेलाउने ३ भारतीय सहित ७ जना पक्राउ

टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy