आईपीएल अक्सन आज, कुन टिमसंग कति रकम छ पर्समा ( सम्पूर्ण जानकारी )

चार वर्षपछि इन्डियन प्रिमियर लिग ( आईपीएल ) को मेगा अक्सन आज हुँदैछ। आईपीएलको यो सिजन सहभागी १० टिम आज करोडौं खर्चेर आफ्नो टिम उत्कृस्ट बनाउन अक्सनमा होमिदैछन्। आईपीएल अक्सनबारे सम्पूर्ण जानकारी यो लेखमा प्रस्तुत गरेका छौँ –

अक्सन कहिले र कहाँ हुँदैछ :
अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोर स्थित होटल आईटिसी गार्डेनियामा हुनेछ। नेपाली समय १२:१५ बजे दिउसो अक्सन सुरु हुनेछ। २०१८ मा पछिल्लो पटक आईपीएलको मेगा अक्सन भएको थियो। स्टार स्पोर्ट्स च्यानलले अक्सनको प्रत्यक्ष प्रशारण गर्नेछ।

अक्सनमा कति जना खेलाडीहरु छन् ? कुल ६०० खेलाडीहरु ( ३७७ भारतीय र २२३ भारत बाहिरका ) , कुल १,२१४ जनाले नाम दर्ता गराएकोमा फ़्रेन्चाइजहरुको रोजाई अनुसार लिस्ट छोट्याईएको हो। यस्तै २२९ खेलाडी क्याप्टड तथा ३६४ खेलाडी अनक्याप्ड हुँदा नेपालका सन्दिप लामिछाने सहित ७ जना खेलाडी एसोसिएट राष्ट्रबाट समाबेश छन्।

अक्सन हुनु अघि कति जना खेलाडीहरुलाई टिमले रिटेन गरिसकेका छन् ? कुल २७ जना खेलाडीहरु आठ वटा फ़्रेन्चाइजले रिटेन गरेका छन् भने दुई नयाँ टिम लखनउ र गुजरातले तिन/तिन जना खेलाडी टिममा समाबेश गरिसकेको छ।

कुन टिमले कुन-कुन खेलाडीलाई रिटेन या समाबेश गरिसकेको छ ?

चेन्नाई स्पर किंग्स : रभीन्द्र जडेजा ( १६ करोड भारु ) , महेन्द्र सिंह धोनी ( १२ करोड भारु ) , मोईन अलि ( ८ करोड भारु ) , रुतुराज गायकवाड ( ६ करोड भारु )

मुम्बई ईन्डीएन्स : रोहित शर्मा ( १६ करोड भारु ) , जस्प्रित बुम्राह ( १२ करोड भारु ) , सुर्यकुमार यादव ( ८ करोड भारु ) , काईरन पोलार्ड ( ६ करोड भारु )

कोलकाता नाइट राइडर्स : आन्द्रे रसेल ( १२ करोड भारु ) , वरुण चक्रवर्ती ( ८ करोड भारु ) , भेंकटेस ऐयर ( ८ करोड भारु ) , सुनिल नारायण ( ६ करोड भारु )

दिल्ली क्यापिटल्स : रिशभ पन्त ( १६ करोड भारु ) , अक्षर पटेल ( ९ करोड भारु ) , पृथ्वी श ( ७.५ करोड भारु ) , एनरिक नोर्किया ६.५ करोड भारु )

राजस्थान रोयल्स : संजु स्यामसन ( १४ करोड भारु ) , जोस बटलर ( १० करोड भारु ) , यशस्वी जैसवाल ( ४ करोड भारु )

पन्जाब किंग्स : मायाँक अग्रवाल ( १२ करोड भारु ) , अर्शदिप सिंह ( ४ करोड भारु )

सनराइजर्स हैदरावाद : केन विलियमसन ( १४ करोड भारु ) , अब्दुल समद ( ४ करोड भारु ) , उम्रान मालिक ( ४ करोड भारु )

रोयल च्यालेन्जर्स बैंगलोर : बिराट कोहली ( १५ करोड भारु ) , ग्लेन म्याक्सवेल ( ११ करोड भारु ) , मोहम्मद सिराज ( ७ करोड भारु )

लखनउ सुपर जायन्टस : लोकेश राहुल ( १७ करोड भारु ), मार्कस स्टोइनिस ( ९.२ करोड भारु ) र रभी बिस्नोई ( ४ करोड भारु )

गुजरात टाईटन्स : हार्दिक पान्ड्या ( १५ करोड भारु ) , राशिद खान ( १५ करोड भारु ) , शुबमन गिल ( ८ करोड भारु )

कुन टिमसंग पर्समा कति रकम बाँकि छ ? चेन्नाई, मुम्बई, कोलकातासंग समान ४८ करोड भारु पर्समा बाँकी छ। दिल्लीसंग ४७.५ करोड भारु, राजस्थान रोयल्ससंग ६२ करोड भारु, पन्जाब किंग्ससंग ७२ करोड भारु, हैदरावादसंग ६८ करोड भारु, बैंगलोरसंग ५७ करोड भारु, लखनउसंग ५९ करोड भारु, गुजरातसंग ५२ करोड भारु [पर्समा बाँकी छ।

एउटा टिमले टिममा कति जना खेलाडी लिन पाउँछ ? अक्सनको अन्त्यमा एउटा टिमले कम्तिमा १८ जना तथा बढीमा २५ जना खेलाडी राख्न पाउछ। यस्तै टिमले पर्समा भएको ९० करोड भारु मध्ये कम्तिमा ६७.५ करोड भारु खर्च गर्नुपर्छ। प्रत्येक टिमले ८ जना भारत बाहिरका खेलाडी टिममा समाबेश गर्न पाउछ।



कसरि हुन्छ अक्सन ?
खेलाडीहरुलाई उनीहरुको विशेषता अनुसार बिभिन्न सेटमा विभाजन गरिनेछ। १० जना मार्की खेलाडीहरु ( रभीचन्द्रन आश्विन, ट्रेन्ट बोल्ट, प्याट कमिन्स, क्विन्टन डीकक, शिखर धवन, फाफ डु प्लेसी, श्रेयस ऐयर, कागीसो रबाडा, मोहम्मद शामी र डेभिड वार्नर ) बाट अक्सन सुरुवात हुनेछ। त्यसपछि क्याप्ड खेलाडीलाई ब्याट्सम्यान, अलराउण्डर, विकेटकिपर ब्याट्सम्यान, फास्ट बलर, स्पिनर मा बिभाजन गरेर नाम लिईनेछ। त्यसपछि अनक्याप्ड खेलाडीको अक्सन सुरु हुनेछ। कुल ६२ सेटमा खेलाडीहरुलाई भिजन गरिएको छ।

पहिलो दिन कति जना खेलाडीको अक्सन हुनेछ ? पहिलो दिन शनिवार मात्र ९७ खेलाडी अक्सनमा समाबेश हुनेछन्। त्यसपछि ९८-१६१ जना खेलाडी आइतबार लन्च सेसनसम्म तथा त्यसपछि आइतबार लन्च सेसन पछि १६२ पछिका खेलाडीहरुको नाम आउनेछ। अक्सनलाई छिटो सक्न आइतबार फ़्रेन्चाइजले चाहेका खेलाडीहरुको नाम मात्र प्रस्तुत गरिनेछ।

यो पटक राइट टु म्याच ( आरटिएम ) कार्ड छ ?
२०१८ को अक्सनमा जस्तो राइट टु म्याच कार्ड टिमहरुसंग छैन। दुई नयाँ टिमलाई बलियो टिम बनाउने अवसर प्रदान गर्न यो पटक आरटिएम नराखिएको हो।

खेलाडीको न्यूनतम र अधिकतम बेस प्राइस कति छ ? सबैभन्दा कम २० लाख भारु तथा सबैभन्दा धेरै २ करोड भारु बेस प्राइस रहेको छ। १० जना मार्की खेलाडीको बेस प्राइस २ करोड भारु छ। ४८ जना खेलाडीले बेस प्राइस २ करोड भारु राखेका छन् जसमध्ये १७ जना भारतीय र ३१ जना भारत बाहिरका छन्। सन्दिप लामिछानेले आफ्नो बेस प्राइस ४० लाख भारु राखेका छन्।

अक्सनमा सहभागी सबैभन्दा कम र बढी उमेरको खेलाडी को हुन् ?
सबैभन्दा कम उमेरका खेलाडी अफगानिस्तानका देब्रे हाते रिस्ट स्पिनर नुर एहमद हुन् जसको उमेर १७ वर्ष ४० दिन छ। बिग ब्यास, पीएसएल खेलीसकेका उनले अन्तर्राष्ट्रिय डेब्यु गर्न बाँकी छ। सबैभन्दा बढी उमेरका खेलाडी इमरान ताहिर हुन् जसको उमेर ४२ वर्ष ३२२ दिन छ। उनि गत वर्ष चेन्नाई सुपर किंग्स टिममा थिए भने हाल पाकिस्तान सुपर लिग खेलीरहेका छन्।

यो पटक अक्सनमा सहभागी नभएका खेलाडी को-को हुन् ? यो पटक क्रिस गेल, बेन स्टोक्स, मिचेल स्टार्क, झाई रिचर्डसन, कायल जेमीसन, स्याम करन, ड्यान क्रिस्चियन, जो रुट, क्रिस वोक्स, टम ब्यान्टन , म्याट हेनरी जस्ता खेलाडी अक्सनमा छैनन्। कोभिड-१९ बायो बबलको दुख, क्वारेन्टाइन झन्झट, अन्तर्राष्ट्रिय खेल तालिका तथा घाइते हुनु त्यसको कारण हो। क्रिस गेलले सहभागी नहुनुको कारण बताएका छैनन्।

कसले गर्नेछ अक्सन ?
यो पटक अक्सन ह्यु एडमेड्सले गर्नेछन्। २०१८ मा रिचर्ड म्याडलिले छाडेपछि ह्युले अक्सन गराउदै आएका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy