आईपीएल अक्सनमा नेपालबाट सन्दिप मात्र समाबेश, थाहा पाउनुस् कति छ मूल्य

यही फेब्रुअरी १२ र १३ तारिखमा आयोजना हुने इन्डियन प्रिमीयर लिग ( आईपीएल ) २०२२ को मेघा अक्सनमा सहभागी हुने खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ।

अक्सनमा नेपालबाट १५ जना सहित कुल एक हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएकोमा ५९० जना खेलाडीलाई मात्र सहभागी गराइएको छ। एसोसिएट राष्ट्रबाट मात्र ७ जना क्रिकेटर उक्त सूचीमा छन् भने नेपालबाट सन्दिप लामिछाने मात्र उक्त सूचीमा छन्। उनको नाम सूचीको ९४ औं स्थानमा छ।

५९० खेलाडी मध्ये ४८ जना खेलाडीले अधिकतम २ करोड भारु बेस प्राइस राखेका छन् भने २० जना खेलाडीले १.५ करोड भारु तथा ३४ जनाले १ करोड भारु बेस प्राइस राखेका छन्। सन्दिपले आफ्नो बेस प्राइस ४० लाख भारु अर्थात् ६४ लाख नेपाली रुपैयाँ राखेका छन्।

गत वर्ष भएको आईपीएलको मिनी अक्सनमा पनि सन्दिपले आफ्नो बेस प्राइस ४० लाख भारु राखेका थिए जसमा सन्दिप बिक्रि भएका थिएनन्।

२०१८ मा २० लाख भारुमा बिक्रि भएपछि तिन सिजन दिल्लीमा रहेका उनले कुल ९ खेल खेल्दा १३ विकेट आफ्नो नाम गरेका थिए। २०२० को सिजन बेन्चमै राखेपछि अर्को सिजन दिल्लीले उनलाई रिलीज गरेको थियो।

यो सिजन बिग ब्यास लिगमा सुरुवात राम्रो नरहेता पनि दोश्रो भागमा उत्कृस्ट प्रदर्शन गरेका सन्दिप यो पटक आईपीएलमा बिक्ने नबिक्ने सबैको कौतुहलता छ। बिग ब्यास लिगमा उनले १४ खेलमा १४ विकेट लिंदै राम्रो छाप छाडेका छन्। उनले लिगको सुरुवाती ६ खेलमा मात्र २ विकेट लिन सकेका थिए। तर त्यसपछि उत्कृस्ट पुनरागमन गरेका उनले बाँकी ८ खेलमा १२ विकेट हात पारे। कुल १४ खेल खेल्दा सन्दीपले १४ विकेटनै लिए। यस क्रममा उनले ७.७९ रन प्रतिओभर खर्चिए।

बिग ब्यासको प्रदर्शन पछि सन्दिपलाई लिन टिमहरुले इच्छा देखाउन सक्नेछन्। विश्वभर लिग खेलेको अनुभव पनि सन्दिपलाई लिने कारण बन्न सक्छ। आईपीएलमा दुई वटा नयाँ टिम अहमदावाद र लखनउ थपिएसंगै सन्दिपको आईपीएलमा छनोट हुने सम्भावना बढेको छ। तर उनि बिक्रि हुनेछन् या छैनन् थाहा पाउन भने फेब्रुअरी १२ तारिख कुर्नेपर्नेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]