यी हुन् आईपीएलमा बिक्रि नभएका स्टार खेलाडीहरु

  • विकेटनेपाल, माघ १३ – शुक्रबार

सन् २०१८ आइपिएलको एघारौ संस्करणको लिलामी अहिले भारतको बेंगलोरमा अहिले जारि छ। आईपीएल यहि अप्रिल ४ तारिख देखि ३१ मे सम्म चल्नेछ ।

यो पटकको अक्सन धेरै रोमान्चक रुपमा चलीरहेकोछ किनकि आइपिएलको पहिलो संस्करणपछीको यो सबैभन्दा ठुलो लिलामी बन्दैछ। जारि लिलामीमा केहि उत्कृस्ट खेलाडीहरुलाई कुनै पनि टिमले नलिदा अक्सन झनै रोमान्चक बनेको हो ।

यस लिस्टको शिर्ष स्थानमा छन् क्रिस गेल, वेस्ट इन्डिजको रास्ट्रीय टिमबाट खेल्ने उनि छोटो संस्करणको क्रिकेटका सबै भन्दा खतरनाक ब्याट्सम्यानको रुपमा चिन्ने गरिन्छ तर उनलाई यो पालिको पहिलो राउण्डमा कुनैपनि टिमले बोलि लगाएनन् । उनि  टी-२० क्रिकेटमा सर्बाधिक २० शतक सहित सर्बाधिक ११०६८ रन बनाउने खेलाडी हुन् ।

यसभन्दा अगाडी २०११ मा पनि कुनै टिमले बोलि लगाएका थिएनन् तर रोयल च्यालेंजेर्स बेंगलोरका खेलाडी घाइते भएपछी उनलाई बोलाईएको थियो त्यसपछि अन्तिम संस्करणसम्म बेंगलोरबाटै खेलिरहेका थिए । अक्सनमा उनको न्युनतम मूल्य २ करोड भारतीय रुपैया रहेको थियो ।

त्यस्तै यो सुचिमा अर्का खेलाडी श्रीलंकाका पुर्वकप्तान लासिथ मालिंगा पनि रहेका छन् । श्रीलंकाका लागि २०१४ को टी२० विश्वकप जिताउ  फाइनल खेलमा कप्तानी गरेका मालिंगा आइपिएल क्रिकेटमा सर्बाधिक विकेट लिने खेलाडी हुन् उनको नाममा ११० खेलबाट १५४ विकेट रहेका छन् ।

सन् २००९ देखि मुम्बई इन्डियन्सबाट खेलिरहेका उनको न्युनतम मूल्य १ करोड भारतीय रुपैयाँ रहेकोमा यसपाली कुनै टिमले पनि बोलि लगाएनन् ।

त्यस्तै पहिलोपल्ट आइपिएल खेल्न चाहेका इंग्ल्याण्डका टेस्ट कप्तान जोए रुटलाई पनि कुनै टिमले बोलि लगाएनन् । उनको आधार मूल्य १.५ करोड भारतीय मूल्य रहेको थियो ।

हेर्नुहोस् अन्य खेलाडीहरुको सुची जो पहिलो चरणमा लिलामी भएनन् :

नाम आधार मूल्य (भारतीय) देश
क्रिस गेल २ करोड वेस्ट इन्डिज
जोए रुट १.५ करोड इंग्ल्याण्ड
लासिथ मालिंगा १ करोड श्रीलंका
मिचेल जोन्सन २ करोड अस्ट्रेलिया
इशान्त शर्मा ७५ लाख भारत
इश सोढी ५० लाख न्युजिल्याण्ड
मार्टिन गुप्टिल ७५ लाख न्युजिल्याण्ड

 

सम्बन्धित:

हेर्नुहोस् कुन अलराउण्डर कुन टोलिमा – आईपिएल अक्सन

सन्जु स्याम्सन बने सर्वाधिक महँगो विकेटकिपर, हेर्नुहोस् कुन विकेटकिपर कुन टोलिमा

प्याट कमिन्सलाई लाग्यो महँगो बोलि , आईपिएल अक्सन – फास्ट बलर





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]