आईपीएलको बाँकी खेल सेप्टेम्बर-अक्टोबरमा युएईमा आयोजना हुन सक्ने

२०७८ जेष्ठ ९, आईतवार ११:३५

कोभिड-१९ का कारण यसै महिना पहिलो साता अनिश्चितकालको लागि स्थगित गरिएको इन्डिएन प्रिमियर लिग ( आईपीएल ) को प्लेअफ सहित बाँकी ३१ वटा खेलहरु युनाइटेड अरब इमिरेट्स ( युएई ) मा आयोजना गर्ने तयारी भारतीय क्रिकेट बोर्डले गरको छ।

टाईम्स अफ इन्डियाका अनुसार लिगको खेलहरु युएईमा सेप्टेम्बर-अक्टोबरमा खेलिनेछ। भारतीय क्रिकेट बोर्डको मे २९ तारिखमा हुने विशेष साधारण सभाले त्यसको घोषणा गर्ने बताईएको छ।

आईपीएल आयोजना गर्न बिसीसीआईसंग सेप्टेम्बर १५ देखि अक्टोबर १५ सम्मको तालिका रहेको छ। इंग्ल्यान्ड र भारत बीच त्यस अघि हुने पाँचवटा टेस्टको सिरिज अन्तर्गत दोश्रो र टेस्ट बीचमा रिक्त रहेको ९ दिनलाई कम गर्दै भारतीय बोर्ड अतिरिक्त समय पाउन चाहन्छ। त्यसमा इंग्ल्यान्ड बोर्ड सहमत भएको खण्डमा आईपीएलले अतिरिक्त केहि दिन पाउनेछ।

“भारतले इंग्ल्यान्डसंग अगस्ट ४ तारिख देखि पाँचवटा टेस्ट खेल्ने तालिका रहेको छ। उक्त सिरिजको दौरान दोश्रो र तेश्रो टेस्टको बीचमा ९ दिन रिक्त रहेको छ। उक्त रिक्त दिनहरुलाई ९ दिन बाट ४ दिनमा झारेमा भारतीय बोर्डले अतिरिक्त ५ दिनको उपयोग गर्नेछ।” श्रोतले बतायो।

भारत-इंग्ल्यान्ड टेस्ट सिरिज अगस्ट ४ तारिख देखि सेप्टेम्बर १४ तारिखसम्म खेल्ने तालिका रहेको छ। सिरिजको दोश्रो टेस्ट अगस्ट १६ मा सकिएपछि तेश्रो टेस्ट अगस्ट २५ सम्म खेलिने तालिका रहेको छ।

“३० दिनको समयमा प्रत्येक विकेन्डको दुई दिन ४ वटा खेल भएमा विकेन्डमै कुल ८ दिन १६ वटा खेलहरु हुनेछन्। त्यसपछि लिग चरणको बाँकि ११ खेलहरु आयोजना गर्न १९ दिन बाँकी रहनेछ। त्यो भनेको अतिरिक्त १ साता समय हुनु हो।” श्रोतले बतायो।

आईपीएल २०२१ को हालसम्म २९ वटा खेलहरु सम्पन्न भएका छन्

आईसीसीको निर्णयको पर्खाइ

अक्टोबर १८ तारिख देखि भारतमा आयोजना हुने टि-ट्वान्टी वर्ल्ड कपको अघि खालि समय राख्न पनि आवस्यक हुँदा इंग्ल्यान्ड बोर्डले टेस्ट सिरिजबाट ४-५ दिन खालि रहेको समय कटौती गर्ने आशा भारतीय बोर्डले गरेको छ।

लिगमा सहभागी सबै टिम प्लेअफ नपुग्ने हुँदा प्लेअफ पुग्न असफल टिमका खेलाडीहरु टि-ट्वान्टी विश्वकपको लागि आफ्नो टिमसंग जोडिन पाउने नजरबाट पनि बिसीसीआई हेरीरहेको छ। भारतीय बोर्डले आईपीएल विश्वकपको लागि खेलाडीहरुको लागि राम्रो तयारी हुने समेत विश्वास गरेको छ।

भारतीय क्रिकेट बोर्डको योजना अन्तर्राष्ट्रिय क्रिकेट परिषदले टि-ट्वान्टी विश्वकप भारतमै गर्ने या युएईमा गर्ने निर्णय गर्नेछमा पनि निहित हुनेछ। जुन १ तारिखमा आईसीसीले टि-ट्वान्टी विश्वकप बारे अन्तिम निर्णय लिने बताईएको छ। कोभिड-१९ महामारीका कारण विश्वकप भारतको स्थानमा युएईमा आयोजना गर्ने बिकल्प रहेको छ।

विश्वकप हुनु भन्दा १५ दिन अघि देखि खेल मैदानहरु आईसीसीलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ। त्यसैले भारतको आईपीएल युएईमा गर्ने योजना आईसीसीको निर्णयमा पनि भरपर्छ। यदी युएईमा टि-ट्वान्टी विश्वकप आयोजना भएको खण्डमा भारतीय बोर्डसंग आईपीएल आयोजना गर्न पर्याप्त समय हुनेछैन।

धेरैले पढेको 

https://wicketnepal.com/cpl-sandeep-retain-bhayenan-wn21/

https://wicketnepal.com/sl-cricket-bibad-wn21-5-21/

https://wicketnepal.com/aus-team-wi-tour-ghosit-wn21/

https://wicketnepal.com/t20-world-cup-team-sankhya-icc-wn2/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy