पोलार्डले अब आईपीएल नखेल्ने, यस कारण लिए सन्यास

मुम्बई इन्डीयन्सले मिनी अक्सन अगाडी रिटेन नगरेपछि काईरन पोलार्डले आईपीएलबाट सन्यास लिने निर्णय गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफैले फ्यान समक्ष यसको घोषणा गरेका छन्।

पोलार्डले आफ्नो रिटायरमेन्ट घोषणा गर्दै मुम्बई इन्डीयन्सको लागि लामो म्यासेज समेत लेखेका छन्। उनले मुम्बईको विरुद्ध खेल्ने बारे सोच्न पनि नसक्ने भन्दै रिटायरमेन्ट लिएको बताएका छन्।

“यो मेरो लागि सजिलो निर्णय थिएन किनकि म केहि वर्ष अझै खेलीरहनेछु। तर म बुझ्छु कि फ़्रेन्चाइजलाई परिवर्तनको खाँचो छ। म मुम्बईको लागि खेल्दिन भने म मुम्बई विरुद्ध पनि खेल्न सक्दिन।”

“एक पटक मुम्बई इन्डीयन्स, सधै मुम्बई इन्डीयन्स” उनले लेखेका छन्।


मुम्बई इन्डीयन्सको लागि कैयौं खेल जिताएका पोलार्डले टिममा नयाँ जिम्मेवारी पाएका छन्। उनलाई मुम्बईले ब्याटिंग प्रशिक्षकको भूमिका दिएको छ।

१३ वर्ष मुम्बईमा रहेका पोलार्डले टिमले पाँच पटक उपाधि जित्दा महत्वपूर्ण सदस्य रहे।

मुम्बईले अलराउण्डर पोलार्डलाई सन् २०१० मा किनेको थियो जुन बेला देखि उनले अन्य आईपीएल फ़्रेन्चाइजको लागि खेलेका छैनन्। पछिल्लो सिजन मुम्बईले हार्दिक पान्ड्या र क्रुनाल पान्ड्यालाई रिटेन नगरी पोलार्डलाई रिटेन गरेको थियो।

आईपीएलमा पोलार्डले कुल १८९ म्याच खेल्ने क्रममा ३४१२ रन बनाएका छन् जुन क्रममा उनले २२३ छक्का र २१८ चौका प्रहार गरेका छन्। १४७.३२ को स्ट्राइक रेटमा १६ वटा अर्धशतक प्रहार गरेका उनको सर्वाधिक स्कोर ८७ रन हो। उनले बलिंगबाट पनि ६९ विकेट लिएका छन्।

गत सिजन आईपीएलमा पोलार्डले ११ खेलमा मात्र १४४ रन बनाएका थिए जुन क्रममा उनको स्ट्राइक रेट १०७.४६ मात्र थियो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]