आईपीएल : यी ठुला खेलाडीहरु जसले सुरुवाती खेलहरु गुमाउनेछन्

इन्डियन प्रिमियर लिगको १३ औं सिजन युएईमा १९ सेप्टेम्बर देखि सुरुहुँदैछ। प्रतियोगिता नजिकिँदै जाँदा लिगमा सहभागी सबै ८ टिमले तयारी सुरु गरिसकेका छन्। फ्यानहरुलाई पनि आईपीएलको व्यग्रताका साथ प्रतीक्षा रहेको छ। त्यस्तै खेलाडीहरु पनि लामो समयको प्रतिक्षा पछि मैदान प्रवेश गर्न लालायित रहेका छन्। आईपीएलका सहभागी हुन आउने भारत बाहिरका खेलाडीहरु लिगको हिस्सा हुन लालायित छन् तर केहि यस्ता खेलाडीहरु छन् जो लिगको पहिलो साता खेल्न पाउनेछैनन्।

इंग्ल्यान्ड र अस्ट्रेलिया बीच सेप्टेम्बरमा एकदिवसीय र टि-२० सिरिज हुने तय भएका कारण दुइ देशका खेलाडीहरुले आईपीएलको सुरुवाती खेलहरु गुमाउने भएका हुन्। ४ सेप्टेम्बरबाट सुरु हुने सिरिज १६ सेप्टेम्बरमा समाप्त हुनेछ। सिरिज अन्तर्गत तिन वटा टि-२० र तिन वटा वानडे खेलिनेछ।

इंग्ल्यान्ड र अस्ट्रेलिया बीच सिरिज समाप्त भएपछि खेलाडीहरु युएई प्रस्थान गर्नेछन्। युएई पुगेपछि खेलाडीहरुले ६ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने हुँदा टिमसंग ढिलो जोडिन पाउनेछन्।

इंग्ल्यान्डले बेन स्टोक्स, जोस बटलर, जोफ्रा आर्चर जस्ता खेलाडीहरुलाई आयरल्याण्ड बिरुद्ध वानडेमा मौका नदिएता पनि अस्ट्रेलिया बिरुद्ध सिरिजमा जरुर मौका दिनेछ। सिरिज सकिएपछि मात्र यी खेलाडीहरु आईपीएल खेल्न जानेछन्। अर्कोतर्फ अस्ट्रेलियाका आरोन फिन्च, डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल जस्ता खेलाडीहरु पनि लिगमा ढिलो जोडिनेछन्।

मुम्बईका सबै खेलाडीहरु सुरुवात देखि टिमसंग जोडिनेछन्

मुम्बई मात्र एउटा टिम हुनेछ जसको सबै जना खेलाडीहरु सुरुवात देखि टिमसंग जोडिनेछन्। अन्य ७ टिमका कुल २१ जना खेलाडीहरुले लिग खेल्न केहि दिन प्रतीक्षा गर्नुपर्नेछ।

खेलाडीहरु ढिला पुग्दा सबैभन्दा धेरै असर राजस्थान रोयल्सलाई पुग्नेछ। राजस्थानमा जोस बटलर, स्टिभ स्मिथ, जोफ्रा आर्चर, बेन स्टोक्स, एन्ड्रु टाई, टम कुरान जस्ता खेलाडीहरु रहेका छन् जसले सुरुवाती खेल गुमाउनेछन्।

कुन टिमका को-को खेलाडी ढिलो टिमसंग जोडिनेछन् :-

चेन्नाई सुपर किंग्स – जोश हेजलवुड, स्याम करन

कोलकाता नाइट राइडर्स – प्याट कमिन्स, ओएन मोर्गन, टम बान्टन

मुम्बई इन्डीएन्स – कुनै पनि खेलाडी छैनन्

सनराइजर्स हैदराबाद – डेभिड वार्नर, जोनी बेयरस्टो, मिचेल मार्श

रोयल च्यालेन्जर्स बैंगलोर – मोएन अलि, आरोन फिन्च, जोश फिलिप, केन रिचर्डसन

दिल्ली क्यापिटल्स – जेसन रोय, एलेक्स हेल्स, मार्कस स्टोइनिश

राजस्थान रोयल्स – जोस बटलर, स्टिभ स्मिथ, जोफ्रा आर्चर, बेन स्टोक्स, एन्ड्रु टाई, टम कुरान

सम्बन्धित :-

https://wicketnepal.com/ipl-t20-all-teams-squad-wn20/

https://wicketnepal.com/shoaib-akhtar-on-j-bumrah-wn20/

https://wicketnepal.com/chahal-engagement-wn20/

https://wicketnepal.com/cpl-t20-team-and-players-wn20/

https://wicketnepal.com/t20-wc-host-india-confirmed-wn20/

https://wicketnepal.com/nep-wc-l-2-wn20-practice-postponed-wn20/

https://wicketnepal.com/cricketers-salary-can-wn20/

 





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]