विश्वकै धनि क्रिकेट लिग आईपीएल युएईमा सेप्टेम्बर १९ देखि युएईमा सुरु भएको छ। आईपीएल खेल्नु अधिकांश क्रिकेटरहरुको सपना हुने गरेको छ त्यसको पछाडीको कारण उत्कृस्ट लिग मात्रै हैन राम्रो कमाइ पनि हो। करोडौंमा अक्सनमा खेलाडीहरु बिक्ने गर्छन् जसले उनीहरु मालामाल गर्छन्। तर कप्तानहरुले भने निर्धारित तलब बुझ्ने गर्छन्। उनीहरुले रिटेनरशिपको आधारमा तलब बुझ्ने गर्छन्। त्यस बाहेक उनीहरुले म्याच ‘फि’ र अन्य भत्ता पनि पाउने गर्छन्। आज लिगमा सहभागी ८ टिमका कप्तानहरुको तलब बारे जानकारी दिंदै छौँ। यो सिजनको आईपिएलमा छ जना भारतिय र दुई जना विदेशी खेलाडी कप्तानको रुपमा रहनेछन् जसको तलब ७ करोड देखि १७ करोड भारु सम्म रहेको छ।
श्रेयस ऐयर (दिल्ली क्यापिटल्स)
२०१८ को सिजनमा गौतम गम्भीरले सिजनको बीचमा दिल्लीको कप्तानी त्यागेपछि युवा खेलाडी ऐयरले कप्तानी सम्हाल्ने मौका पाएका थिए। २०१९ मा पनि नेतृत्व गर्ने क्रममा उनले टिमलाई अन्तिम ४ सम्म पुर्याउन सफल भएका थिए। यो सिजन पनि दिल्लीको नेतृत्व गर्ने अयरले खेलाडी र कप्तानको रुपमा यो सिजनमा ७ करोड भारु ( ११.२ करोड नेपाली रुपैयाँ ) तलब बुझ्ने छन्।
दिनेश कार्तिक (कोलकाता नाइट राइडर्स)
पछिल्लो २ सिजनदेखी कोलकाताको नेतृत्व गर्दै आएका कार्तिकले २०१८ मा टिमलाई अन्तिम ४ सम्म पुर्याउन सफल भएका थिए भने २०१९ को सिजनमा भने असफल रहेको थियो। त्यसको बाबजुद यो सिजन पनि कप्तानिको लागि रिटेन भएका कार्तिकले कोलकाताबाट ७.४० करोड भारु ( ११.८४ करोड नेपाली रुपैयाँ ) तलब बुझ्ने छन्।
केएल राहुल (किङ्ग्स-११ पन्जाब)
राहुलले यो सिजन पहिलोपटक कप्तानिको गर्नेछन्। दिल्ली पुगेका रविचन्द्रन आश्विनको ठाउँमा राहुललाई कप्तान बनाएको पन्जाब आफ्नो पहिलो उपाधी हात पार्ने लक्ष्यमा रहनेछ। पछिल्लो समय शानदार लयमा रहेका राहुलले पन्जाबबाट यो सिजनको लागि ११ करोड भारु ( १७.६ करोड नेपाली रुपैयाँ ) तलब बुझ्ने छन्।
डेभिड वार्नर (सनराइजर्स हैदराबाद)
सनराइजर्स हैदराबादलाई एक पटक उपाधी जिताइसकेका वार्नरले यो सिजन पनि टिमको नेतृत्व गर्नेछन्। खेल मात्रै हैन आफ्नो टिकटक भिडियोद्वारा पनि भारतीय फ्यानहरु माझ अस्ट्रेलियन खेलाडी लोकप्रिय छन्। खेलाडी र कप्तानको रुपमा ठूलो रकममा रिटेन भएका वार्नरले यो सिजन १२.५० करोड भारु ( २० करोड नेपाली रुपैयाँ ) तलब बुझ्ने छन्।
स्टिभ स्मिथ (राजस्थान रोयल्स)
अष्ट्रेलियाका पूर्व कप्तान स्मिथलाई अजिंके रहानेको स्थानमा राजस्थानले पछिल्लो सिजन कप्तानीको जिम्मा दिएको थियो। उनलाई यसअघि २०१८ मा बल टेम्परिंगको दोषी पाइएको कारण आईपिएल र अस्ट्रेलिया क्रिकेटले प्रतिबन्ध गरेको थियो। खेलाडी र कप्तानको रुपमा रिटेन भएका स्मिथले यो सिजन लागि १२.५० करोड भारु ( २० करोड नेपाली रुपैयाँ ) तलब बुझ्ने छन्।
रोहित शर्मा (मुम्बई इन्डियन्स)
आईपिएल इतिहासकै सर्वाधिक सफल कप्तान रोहित शर्माले मुम्बईलाई पछिल्लो सिजन सहित ४ पटक उपाधी जिताएका छन्। उनलाई यी सिजन पनि मुम्बईले खेलाडी र कप्तानको रुपमा १५ करोड भारु ( २४ करोड नेपाली रुपैयाँ ) खर्चिएको छ।
महेन्द्र सिंह धोनी (चेन्नाई सुपर किङ्ग्स)
विश्व क्रिकेट तथा आईपीएलको सर्वोत्कृष्ट मध्येका कप्तान महेन्द्र सिंह धोनीले चेन्नाईलाई ३ पटक उपाधी जिताएका छन्। ३८ वर्षीय धोनीले आफ्नो कप्तानीमा सिएसकेलाई प्रत्येक सिजन प्ले अफसम्म पुर्याउन सफल भएका छन्। उनले यो सिजन पनि सिएसकेबाट १५ करोड भारु ( २४ करोड नेपाली रुपैयाँ ) तलब बुझ्ने छन्।
बिराट कोहली (रोयल च्यालेन्जर्स बैंगलोर)
भारतीय कप्तान कोहली २०२० को आईपिएलको सर्वाधिक महंगो कप्तान हुन्। व्यक्तिगत प्रदर्शन सधैं उच्च रहेता पनि टिमलाई उपाधी जित्न नसकेको बैंगलोर यो सिजन बिराटको शानदार प्रदर्शनमा उपाधी हासिल गर्ने लक्ष्यमा रहनेछ। उनले यो सिजन सबैभन्दा बढी १७ करोड भारु ( २७.२ करोड ) तलब बुझ्नेछन्।
यो पनि पढ्नुस :-
IPL 2020 : सबैभन्दा पाका उमेरका ७ खेलाडी, कति छ उमेर
IPL इतिहासमा पर्पल क्याप जित्ने १० बलर
IPL : आईपिएलको १२ सिजनमा ‘अरेन्ज क्याप’ जित्ने ९ खेलाडी