सन्दिपले फेरी पाएनन् मौका, चेन्नाईसंग दिल्ली पराजित

इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत आफ्नो दोश्रो खेलमा दिल्ली क्यापिटल्सलाई चेन्नाई सुपर किंग्सले ६ विकेटले पराजित गरेको छ। दिल्लीले दिएको १४८ रनको लक्ष्य चेन्नाईले ४ विकेट गुमाएर पुरा गरेको हो ।

लिगको दोश्रो खेलमा जित हात पार्दै चेन्नाई लिग अंकतालिकाको शिर्षस्थानमा उक्लेको छ। २ खेलमा १ जित र १ हार बेहोर्दै दिल्ली दोश्रो स्थानमा रहेको छ।

सन्दिप फेरी परेनन् अन्तिम-११ मा 

आफ्नो पहिलो खेलमा सन्दिप लामिछाने बिना उत्रेको दिल्लीले दोश्रो खेलमा पनि सोहि निर्णय गर्यो। अनुभवी लेग स्पिनर अमित मिश्रालाई मौका दिंदा अन्तिम-११ मा दिल्लीले ३ जना मात्र विदेशी खेलाडीलाई मौका दियो। स्पिनरलाई मदत गर्ने दिल्ली फिरोजशाह कोटला मैदानको पिचमा सन्दिपलाई मौका दिने विश्वास गरिएको थियो। टिममा रहेका अर्का लेग स्पिन अल-राउण्डर राहुल तेवतिया तथा अक्षर पटेलको उपस्थितिलाई चिर्न सन्दिपले सकेनन्।

वाटसनको आक्रमण र धोनीको धैर्यता 

१४८ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले ओपनर अम्बाती रायडू ( ५ रन ) लाई छिट्टै गुमाउन पुग्यो। त्यसपछि दोश्रो विकेटको रुपमा अर्का ओपनर शेन वाटसनले सुरेश रैनासंग ५२ रनको साझेदारी गरे।

आक्रामक इनिंग खेलेका वाटसनले ४४ रन बनाएर आउट हुनु अघि २६ बलमा ३ छक्का र ४ चौका प्रहार गरे। सुरेश रैना पनि ३० रन ( १६ बलमा १ छक्का र ४ चौका ) बनाएर आउट भए।

११ औं ओभरमा ९८/३ को अवस्थामा पुगेको चेन्नाईको ब्याटिंगलाई कप्तान महेन्द्र सिंह धोनी र केदार जाधबले साझेदारी गर्दै अघि बढाए।

दिल्लीले कसिलो बलिंग गर्दा चेन्नाईलाई अन्तिम २ ओभरमा जितको लागि ११ रन आवस्यक थियो जुन बेला बाउन्ड्रीमा रन मुस्किलले बनिरहेको थियो। १९ औं ओभरमा बलिंग गर्न अमित मिश्रा आए जसले पहिलो ४ बलमा मात्र ३ रन दिए। त्यो अवस्थामा धोनीले मिश्राको पाँचौ बललाई छक्का प्रहार गर्दै चेन्नाईलाई जितको दिशा दिएका थिए।

अन्तिम ओभरमा मात्र २ रन आवस्यक रहंदा चेन्नाईको जितलाई मुस्किल बनाउन तिब्र गति कागीसो रबाडाले पहिलो बलमा २७ रन बनाएर ब्याटिंग गरिरहेका केदार जाधबलाई आउट गरे।

त्यसपछि ब्याटिंगमा आएका ड्वेन ब्राभोलाई लगातार २ बलमा रबाडाले रन दिएनन्। ओभरको चौथो बलमा ब्राभोले चौका प्रहार गर्दै चेन्नाईलाई लगातार दोश्रो जित दिलाउन विजयी रन प्रहार गरे।

धोनी ३२ रनमा अविजित रहे जुन क्रममा ३५ बलमा २ चौका र १ छक्का प्रहार गरे। ब्राभोले अविजित ४ रन बनाए।

दिल्ली बलर अमित मिश्राले २ विकेट ( ४-०-३५-२ ) लिए भने इशान्त शर्मा, कागीसो रबाडाले १/१ विकेट लिए।

दिल्लीको ब्याटिंग 

टस जितेर ब्याटिंग गरेको दिल्लीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रनको योगफल तयार गरेको थियो।

ओपनर शिखर धवनले ५१ रन बनाए पनि अन्य ब्याट्सम्यानले ठुलो योगफल बनाउन सकेनन्। ओपनर प्रिथ्भी श २४ ( १६ बलमा ५ चौका ) बनाएर आउट हुनु अघि पहिलो विकेटको लागि धवनसंग ३६ रनको साझेदारी गरे।

दोश्रो विकेटको लागि धवन र कप्तान श्रेयस ऐयरले ४३ रनको साझेदारी गरेपछि ऐयर १८ रन ( २० बलमा १ छक्का ) बनाएर आउट भए। तेश्रो विकेटको लागि रिशभ पन्त र धवनले ४१ रन बनाएपछि अघिल्लो खेलका हिरो पन्त २५ रन ( १३ बलमा १ चक्क्का र २ चौका ) बनाएर आउट भए।

 

पन्तको विकेटपछि कोलिन इन्ग्राम २ रन, केमो पौल खाता नखोली तथा धवन ५१ रन बनाएर आउट हुन पुगे। धवनले ५१ रन बनाउन ४७ बलमा ७ चौका प्रहार गरे।

अन्तिमको ५ ओभरमा दिल्लीले मात्र २९ रन बनाउदा ४ विकेट गुमाउन पुग्यो।

चेन्नाईको लागि ड्वेन ब्राभोले ३ विकेट ( ४-०-३३-३ ) लिने क्रममा धवन, पन्त र इन्ग्रामको महत्वपूर्ण विकेट लिए। दिपक चाहर, रभिंद्र जडेजा र इमरान ताहिरले १/१ विकेट लिए।

आईपीएल अन्तर्गत बुधबार हुने खेलमा कोलकाता नाइट राईडर्सले किंग्स ११ पन्जाबको सामना गर्नेछ। दिल्लीले आफ्नो आगामी खेल मार्च ३० तारिक शनिबार कोलकातासंग घरेलु मैदानमा खेल्नेछ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]