आईपीएलको १३ औं संस्करण युएईमा सुरु भएको छ। मुम्बई र चेन्नाई बीचको खेलमा टस जितेर चेन्नाईले फिल्डिंग रोजेको छ। लिग अन्तर्गत गत संस्करणमा चेन्नाईलाई मुम्बईले १ रनले पराजित गर्दै उपाधि जितेको थियो।
लिग इतिहासमा मुम्बई र चेन्नाई बीच सम्पन्न २८ खेलमा मुम्बईले १७ खेलमा तथा चेन्नाईले ११ खेलमा जित दर्ता गरेको छ।
खेलमा चेन्नाईले ड्वेन ब्राभोलाई बाहिर राखेको छ। यस्तै मुम्बईले सौरभ तिवारीलाई अन्तिम-११ मा मौका दिएको छ जो ३ वर्ष पछि बल्ल आईपीएलको खेल खेल्न पाउनेछन्।
मुम्बईको अन्तिम ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेट किपर ) , सुर्य कुमार यादव, सौरभ तिवारी, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, जेम्स प्याटिन्सन, राहुल चाहर, ट्रेन्ट बोल्ट , जस्प्रित बुम्राह
चेन्नाई अन्तिम ११ : मुरली विजय, शेन वाटसन, फाफ डु प्लेसिस, अम्बाती रायडु, केदार जाधव, महेन्द्र सिंह धोनी ( कप्तान/विकेटकिपर ) , रभिन्द्र जडेजा, स्याम करन, दिपक चाहर, पियुष चावला, लुंगी एनगीडी
मुम्बईले ४ पटक तथा मुम्बईले ३ पटक लिगको उपाधि जितेको छ। ८ टिम सहभागी हुने प्रतियोगिता नोभेम्बर १० सम्म चल्नेछ।
यो पनि पढ्नुस :-
“कुनै शंका ?” सचिनले बताए आईपीएल जित्नसक्ने आफ्नो प्रिय टिम
IPL Match 1 : मुम्बई र चेन्नाईमा को बलियो ? दुवै टिमको बलियो र कमजोर पक्ष
आज सुरु हुँदै १३ औं आईपीएल ( सम्पूर्ण जानकारी एकै ठाउँमा )
३ पूर्व भारतीय क्रिकेटरुको रोजाइमा सन्दिप दिल्लीको अन्तिम-११ मा