आईपीएल फाइनल पुग्न चेन्नाईद्वारा मुम्बईलाई १३२ रनको लक्ष्य

  • विकेटनेपाल, बैशाख २४ – मंगलबार 

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत मुम्बई इन्डिएन्स र चेन्नाई सुपर किंग्स बीच पहिलो क्वालीफायर खेल एमए चिदम्बरम स्टेडियम चेन्नाईमा जारि छ। आज जित्ने टिम आईपीएलको फाइनल प्रवेश गर्नेछ भने हार्ने टिमले पुनः अर्को मौका पाउनेछ। चेन्नाई गत संस्करणको विजेता टिम समेत हो ।

पहिले ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३१ रन बनाउदै मुम्बईलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको चेन्नाईको सुरुवात राम्रो हुनसकेन। ओपनर फाफ डु प्लेसिस ६ , शेन वाटसन १० तथा सुरेश रैना २६ रन बनाएर आउट हुँदा ३२ रनमा चेन्नाईले ३ विकेट गुमाउन पुग्यो।

चौथो विकेटको लागि मुरली विजय र अम्बाती रायडुले ३३ रनको साझेदारी गरे। विजय २६ रन बनाएर आउट भएपछि रायडु र कप्तान महेन्द्र सिंह धोनीले टिमलाई अघि बढाए।

धोनी र रायडुले पाँचौ विकेटको लागि अविजित ६६ रनको साझेदारी गरे। रायडुले ३७ बलमा ३ चौका र १ छक्का मदतले ४२ रन तथा धोनीले २९ बलमा ३ छक्का मदतले ३७ रन बनाए।

 

किफायती बलिंग गरेका मुम्बईको लागि राहुल चाहरले ४ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए। क्रुनल पान्ड्या ( ४-०-२१-१ ) र जयन्त यादब ( ३-०-२५-१ ) ले १/१ विकेट लिए।

लिग चरण अंकतालिकामा मुम्बई पहिलो र चेन्नाई दोश्रो हुँदै प्ले-अफ चरण प्रवेश गरेको थियो। प्रतियोगिताको इलिमीनेटर खेलमा भोलि दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्नेछन् ।

( फोटो – IPLT20.com )

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy