आईपीएल फाइनल पुग्न चेन्नाईद्वारा मुम्बईलाई १३२ रनको लक्ष्य

  • विकेटनेपाल, बैशाख २४ – मंगलबार 

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत मुम्बई इन्डिएन्स र चेन्नाई सुपर किंग्स बीच पहिलो क्वालीफायर खेल एमए चिदम्बरम स्टेडियम चेन्नाईमा जारि छ। आज जित्ने टिम आईपीएलको फाइनल प्रवेश गर्नेछ भने हार्ने टिमले पुनः अर्को मौका पाउनेछ। चेन्नाई गत संस्करणको विजेता टिम समेत हो ।

पहिले ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३१ रन बनाउदै मुम्बईलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको चेन्नाईको सुरुवात राम्रो हुनसकेन। ओपनर फाफ डु प्लेसिस ६ , शेन वाटसन १० तथा सुरेश रैना २६ रन बनाएर आउट हुँदा ३२ रनमा चेन्नाईले ३ विकेट गुमाउन पुग्यो।

चौथो विकेटको लागि मुरली विजय र अम्बाती रायडुले ३३ रनको साझेदारी गरे। विजय २६ रन बनाएर आउट भएपछि रायडु र कप्तान महेन्द्र सिंह धोनीले टिमलाई अघि बढाए।

धोनी र रायडुले पाँचौ विकेटको लागि अविजित ६६ रनको साझेदारी गरे। रायडुले ३७ बलमा ३ चौका र १ छक्का मदतले ४२ रन तथा धोनीले २९ बलमा ३ छक्का मदतले ३७ रन बनाए।

 

किफायती बलिंग गरेका मुम्बईको लागि राहुल चाहरले ४ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए। क्रुनल पान्ड्या ( ४-०-२१-१ ) र जयन्त यादब ( ३-०-२५-१ ) ले १/१ विकेट लिए।

लिग चरण अंकतालिकामा मुम्बई पहिलो र चेन्नाई दोश्रो हुँदै प्ले-अफ चरण प्रवेश गरेको थियो। प्रतियोगिताको इलिमीनेटर खेलमा भोलि दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्नेछन् ।

( फोटो – IPLT20.com )

 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]