- विकेटनेपाल, मङ्सिर १९ – बुधबार
पुर्व घोषित खेलाडी जिम्बाबेका सिकंदार राजाले अन्तिम समयमा एभरेस्ट प्रिमियर लिग खेल्न नसक्ने बताएपछि काठमाडौँ किंग्स-११ ले उनको स्थानमा अर्को खेलाडी आबद्ध गरेको छ।
राजाले सोमबार सामाजिक संजालमा पोस्ट गर्दै आफु इपिएलमा सहभागी हुन नसक्ने बताउदै नेपाली फ्यानहरुसंग माफी समेत मागेका थिए।
आइपिएल खेलीसकेका प्रदीप काठमाडौँमा आबद्ध
जिम्बाबेका राजाको स्थानमा काठमाण्डौबाट खेल्नको लागि भारतीय क्रिकेटर प्रदीप साहू आउने भएका छन्। प्रदीप आइपिएलमा राजस्थान रोयल्स र किंग्स एघार पन्जाब टिममा रहीसकेका छन् भने घरेलु क्रिकेटमा हरियाणाबाट खेलेका थिए।
१७ बर्षको उमेरमा प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरेका लेग स्पिन गुग्लि बलर साहूले १३ खेलमा सर्वाधिक ७२ सहित ४४९ रन बनाएका छन् भने बलिंगतर्फ ९६ रन खर्चेर ६ विकेटको उत्कृस्ट प्रदर्शन सहित १३ विकेट लिएका छन्।
आइपिएलमा उनले २०१६ को संस्करणमा किंग्स ११ पन्जाबको लागि ५ खेल खेल्ने मौका पाएका थिए जुन क्रममा ३ विकेट लिन सकेका थिए।
साहूलाई २०१५ को आइपिएल अक्सनमा राजस्थानले १० लाख भारुमा किनेपनि त्यो सिजन कुनै खेल खेल्न पाएका थिएनन्। ३३ बर्षीय उनलाई २०१७ मा त्यतिनै मूल्यमा पन्जाबले किन्यो भने २०१८ मा आफ्नै टिममा राखेको थियो तर रभीचन्द्रन आश्विनले उनलाई अन्तिम ११ मा भने मौका दिन जरुरि ठानेनन्।
कुल १५ टि-२० खेलको अनुभव भएका उनले ११ इनिंगमा सर्वाधिक २७ सहित ११३ भन्दा माथिको स्ट्राइक रेटमा १३४ रन बनाएका छन् भने ७ इनिंगमा बलिंग गर्दै ४ विकेट लिँदा मात्र ७.६७ को इकोनोमीमा रन खर्चिएका छन्।
क्रिकबजले लेखे अनुसार घरेलु क्रिकेटमा उनि भन्दा सिनियर खेलाडी अमित मिश्राको कारण अन्तिम-११ मा पहिलो रोजाईको खेलाडी बन्न संघर्ष गरिरहे। उनले खेल्न त्यो खेलमा पाएको थिए जुन खेलमा मिश्रा घाइते भएर बाहिर थिए। लगातार टिममा पर्न असफल रहे पनि साहु हरियाणा छोडेर मुम्बई पुगेका थिए जसपछि उनको आइपिएल ढोका खुलेको थियो।
इपिएल टि-२० मा प्रत्येक टिमले ३ जना बिदेशी खेलाडीलाई अन्तिम-११ मा स्थान दिनैपर्ने नियम राखेको छ त्यस अनुसार सम्पूर्ण टिमले बिदेशी खेलाडीहरुको घोषणा गरेका छन्।
गत सिजन श्रीलंकन क्रिकेटर फर्भेज महरुफको कप्तानीमा उत्रिएको काठमाडौँ टिमको मार्की खेलाडी सोमपाल कामि रहेका छन् भने यो पटक टिमको कप्तानी कसले गर्ने निर्क्योल भएको छैन। पछिल्लो सिजन महरुफको प्रदर्शन प्रतियोगितामा खास रहेको थिएन भने टिमले आबद्ध गरेको अर्का श्रीलंकन खेलाडी अक्षु फर्नान्डो र भारतीय खेलाडी सागर कुमारले पनि खास योगदान दिएका थिएनन्।
किंग्स-११ टिममा सोमपाल कामि, नरेश बुढायर, सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, अमर सिंह रौटेला, सागर पुन, अमित श्रेष्ठ, बिक्रम भुसाल, सम्साद शेख जस्ता खेलाडीहरु रहेका छन्।
गत सिजन किंग्स-११ ले इपिएलमा खराब प्रदर्शन गरेको थियो र ५ खेलमा ४ हार र १ जित बेहोर्दै अंकतालिकामा पाँचौ स्थानमा रहँदै प्ले-अफ चरण पुग्न असफल रहेको थियो।
एभरेस्ट प्रिमियर लिग खेल्ने बिदेशी खेलाडीहरु –
केभिन ओ ब्रायन र रोहन मुस्तफा, प्रदिप शाहु (काठमाडौं किंग्स एघार) , रायन टेन डोस्काटे, मोहम्मद नाबिद र रबि इन्दर सिंह (भैरहवा ग्लाडीएटर्स) , सन्नी पटेल, जय किशन कोल्सावाला र गौरभ तोमर ( ललितपुर प्याट्रीएट्स ) , पल स्टरलिङ्ग, जर्ज स्कट र जन सिम्प्सन ( चितवन टाइगर्स ) , रिचर्ड लेभी, कायल कोट्जर, पल कोग्लिन, सन्नी भिमसारिया ( पोखरा राइनोज ) , बाबर हयात, रोल्फ भान डर मर्वे र पल भान मिकिरिन ( बिराटनगर वारियर्स )