IPL : दिल्ली र पन्जाब विजयी, दिल्ली पुनः शिर्षमा

युएईमा जारी आईपीएलको शनिवार सम्पन्न दुई खेलमा पन्जाब किंग्स र दिल्ली क्यापिटल्स विजयी भएका छन्।

दिनको पहिलो खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गर्यो। दिल्लीले दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षेतीमा १२१ रन मात्र बनाउन सक्यो। राजस्थान कप्तान संजु स्यामसनले ५३ बलमा ७० रन बनाएता पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। दिल्ली बलर एनरिक् नोर्कियाले २ विकेट ( ४-०-१८-२ ) लिए भने आभेश खान ( ४-०-२९-१ ) , रभीचन्द्रन आश्विन ( ४-०-२०-१ ) , कागीसो रबाडा ( ४-०-२६-१ ) र अक्षर पटेल ( ४-०-२७-१ ) ले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ६ विकेट क्षेतीमा १५४ रन बनाएको थियो। उसको लागि श्रेयस ऐयरले सर्वाधिक ४३, शिमरन हेटमायरले २८, कप्तान रिशभ पन्तले २४, ललित यादवले १४ रन बनाए। पन्त र ऐयरले तेश्रो विकेटको लागि ६२ रनको साझेदारी गरेका थिए। राजस्थान बलर मुस्तफिजुर रहमान ( ४-०-२२-२ ) र चेतन सकरियाले ( ४-०-३३-२ ) ले समान २ विकेट तथा कार्तिक त्यागी र राहुल तेवतियाले समान १ विकेट लिए।

दिनको दोश्रो खेलमा पन्जाब किंग्सले सनराइजर्स हैदरावादलाई ५ रनले पराजित गर्यो। पन्जाबले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा १२० रन मात्र बनाउन सक्यो। उसको लागि जेसन होल्डरले अविजित ४७ रन बनाए जुन क्रममा २९ बलमा ५ छक्का प्रहार गरे। रिद्दिमान शाहले ३१ रन बनाए।

जितको लागि अन्तिम २ ओभरमा २१ रन आवस्यक रहंदा १९ औं ओभरमा अर्शदिप सिंहले मात्र ४ रन खर्चेपछि अन्तिम ओभरमा ११ रन बनाए पनि हैदरावादले जित हात पर्न सकेन। पन्जाबको बलिंगमा रभी बिस्नोईले सर्वाधिक ३ विकेट ( ४-०-२४-३ ) लिए भने मोहम्मद शामीले २ विकेट ( ४-१-१४-२ ) र अर्शदिप सिंहले १ विकेट ( ४-०-२२-१ ) लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पन्जाबले २० ओभरमा ७ विकेट क्षेतीमा १२५ रन बनाएको थियो। उसको लागि एडेन मारक्रमले २७ रन, कप्तान केएल राहुलले २१ रन, हरप्रित ब्रारले १८ रन, क्रिस गेलले १४ रन बनाए। हैदरावादको लागि जेसन होल्डरले ३ विकेट ( ४-०-१९-३ ) तथा सन्दिप शर्मा, भुवनेश्वर कुमार, राशिद खान र अब्दुल समदले समान १ विकेट लिए।

आजको जित पछि दिल्ली लिग अंकतालिकामा १० खेलमा ८ जित र २ हार पछि १६ अंक सहित शिर्ष स्थानमा रहेको छ। पन्जाब १० खेलमा ४ जित र ६ हार पछि ८ अंक सहित पाँचौ स्थानमा पुगेको छ। राजस्थान समान ८ अंक रहेता पनि नेट रन रेटमा पछि रहँदै सातौँ तथा ९ खेलमा १ जित मात्र हात पारेको हैदरावादम आठौँ स्थानमा कायमै छ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]