दुई यादव चम्किंदा दिल्लीद्वारा मुम्बई पराजित

कुलदिप यादव र ललित यादवले उत्कृस्ट प्रदर्शन गर्दा दिल्ली क्यापिटल्सले आईपीएलमा विजयी सुरुवात गरेको छ।

मुम्बई स्थित ब्राबर्न स्टेडियममा मुम्बईलाई ४ विकेटले पराजित गर्ने क्रममा १७८ रनको लक्ष्य दिल्लीले १० बल बाँकी रहँदै ६ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा दिल्लीले ३२ रन बनाउदा ३ विकेट गुमायो। चौंथो विकेटको लागि पृथ्वी शले ललित यादवसंग ४० रन जोडे। दशौँ ओभरमा पृथ्वी ३८ रन बनाएर आउट भएपछि यादवले एक किनार सम्हाले। उनले छैठौं विकेटको लागि शार्दुल ठाकुरसंग ३२ रन जोडे। ११ बलमा ४ चौका मद्दतले २२ रन बनाएर ठाकुर आउट भएपछि यादवले अक्षर पटेलसंग मात्र ३० बलमा ७५ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

यादवले ३८ बलमा ४ चौका र २ छक्का मद्दतले अविजित ४८ रन तथा पटेलले १७ बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३८ रन बनाए।

मुम्बई बलर बसिल थम्पीले ३ विकेट ( ४-०-३५-३ ) तथा मुरुगन आश्विनले २ विकेट ( ४-०-१४-२ ) लिएता पनि जित्न पर्याप्त रहेन।

टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट क्षेतीमा १७७ रन बनाएको थियो।

मुम्बईको लागि ओपनर इशान किशनले अविजित ८१ रन बनाए जुन क्रममा ४८ बलमा ११ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान रोहित शर्माले ४१, तिलक वर्माले २२ तथा टिम डेभिडले १२ रन योगदान दिए।  किशनले रोहितसंग ६७ रनको ओपनिंग साझेदारी गरे।

दिल्लीका बलर कुलदिप यादवले १८ रन खर्चेर ३ विकेट तथा खलिल एहमदले २७ रन खर्चेर २ विकेट लिए।





थप समाचार

लखनाउमाथि दिल्लीको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को २६ औं खेलमा लखनाउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्सले जित हात पारेको […]

लखनाउले दिल्लीलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को २६ औं खेलमा लखनाउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई १ सय ६८ […]

मलेसियामाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराउँदै नेपालले प्रतियोगिताको सुखद सुरुआत गरेको छ । ओमानको मस्कटमा भएको […]

मलेसियाले दियो नेपाललाई १४४ रनको लक्ष्य

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई १ सय ४४ रनको लक्ष्य दिएको छ । ओमानका मस्कटमा […]

नेपालले टस हार्यो

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेको छ । मलेसियाका कप्तान टस जितेर […]

मलेसियाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप आज(शुक्रबार)बाट ओमानमा सुरु हुदै छ । दश राष्ट्रको सहभागीता रहेको यस कपको पहिलो दिन […]