IPL : डी भिल्लीयर्सको उत्कृस्ट ब्याटिंग, बैंगलोरद्वारा दिल्लीलाई चुनौतिपूर्ण लक्ष्य

१४ औं आईपीएल अन्तर्गत २२ औं खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन्।

नरेन्द्र मोदी स्टेडियम, अहमदावादमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १७१ रन बनाउदै दिल्लालीई १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बैंगलोर ओपनर बिराट कोहली र देभदत्त पडीक्कलले ३० रनको ओपनिंग साझेदारी गरे। चौथो ओभरमा कोहली १२ रन बनाएर आभेस खानबाट बोल्ड भए। लगत्तै ओभरमा १७ रन बनाएका पडीक्कल इशान्त शर्माबाट बोल्ड भए।

तेश्रो विकेटको लागि रजत पटिदार र ग्लेन म्याक्सवेलले ३० रन जोडे। २५ रन बनाएका म्याक्सवेललाई नवौं ओभरमा अमित मिश्राले क्याच आउट गराए। त्यसपछि पटिदारले एबि डीभिल्लीयर्ससंग ५४ रनको साझेदारी गरे। अक्षर पटेलले ३१ रन बनाएका पटिदारलाई १५ औं ओभरमा क्याच आउट गराए। १८ औं ओभरमा वासिंगटन सुन्दर ६ रन बनाएर कागीसो रबाडाले आफैद्वारा क्याच आउट गराए।

त्यसपछि डीभिल्लीयर्सले एक किनार सम्हाल्दै अर्धशतक पुरा गर्दै योगफल १५० पार गराए। इनिंग्सको अन्तिम ओभरमा मार्कस स्टोइनिसको ओभरमा डी भिल्लीयर्सले ३ छक्का प्रहार गर जुन ओभरमा २३ रन आयो। अन्तिम ५ ओभरमा बैंगलोरले मात्र १ विकेट गुमाएर ५६ रन बनाउन सक्यो।

डी भिल्लीयर्सले अविजित ७५ रन बनाए जुन क्रममा ४२ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।

डी भिल्लीयर्सले आईपीएलमा १६१ औं इनिंग्स खेल्दा व्यक्तिगत ५ हजार रन समेत पुरा गरे। उनि डेभिड वार्नर पछि ५ हजार रन पुरा गर्ने दोश्रो भारत बाहिरका खेलाडी हुन्। लिगमा यस अघि बिराट कोहली, सुरेश रैना, शिखर धवन, रोहित शर्मा र डेभिड वार्नरले मात्र ५ हजार रन पार गर्न सकेका छन्।

दिल्लीको बलिंगमा इशान्त शर्मा ( ४-१-२६-१ ) , कागीसो रबाडा ( ४-०-३८-१ ) , आभेस खान ( ४-०-२४-१ ), अमित मिश्रा ( ३-०-२७-१ ) र अक्षर पटेलले समान १ विकेट लिए।

लिग अंकतालिकामा दिल्ली र बैंगलोरको समान ५ खेलमा ४ जित र १ हार पछि ८ अंक रहेको छ। नेट रन रेटमा अघि रहँदै दिल्ली पहिलो र बैंगलोर दोश्रो स्थानमा रहेको छ। आज जित्ने टिम शिर्ष स्थानमा उक्लनेछ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/punjab-batting-approach-wn21/

https://wicketnepal.com/dhoni-ko-sujhaw-jasle-jadeja-37/

https://wicketnepal.com/super-over-ma-bairstow-rojai-ma-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy