IPL : बैंगलोर ओपनर पडीक्कललाई कोरोना, सुरुवाती खेल गुमाउन सक्ने

इन्डियन प्रिमियर लिगको १४ औं संस्करण सुरु हुनु अघि खेलाडीहरुमा कोरोना कहर जारि रहेको छ। प्रतियोगिता अघि कोलकाता नाइट राइडर्सका नितिश राना, दिल्ली क्यापिटल्सका अक्षर पटेल र अब रोयल च्यालेन्जर्स बैंगलोरका देभदत्त पडीक्कलमा पनि कोरोना पोजेटिभ देखिएको छ।

टेस्ट पोजेटिभ आएपछि पडीक्कल हाल क्वारेन्टाइनमा रहेका छन्। बैंगलोरले लिगको उद्घाटन खेल अप्रिल ९ तारिखमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्ससंग खेल्दैछ। श्रोतका अनुसार कोरोना संक्रमित पडीक्कलले बैंगलोरले खेल्ने लिगको पहिलो २ खेल गुमाउन सक्नेछन्।

आईपीएल अघि विजय हजारे ट्रफीमा उत्कृस्ट लयमा रहेका पडीक्कलले ७ खेलमा १४७.४० को औशतले ७३७ रन बनाएका थिए। लिगको युएईमा सम्पन्न अघिल्लो सिजन उत्कृस्ट लय देखाएका पडीक्कलले १५ खेलमा ४७४ रन बनाएका थिए जुन क्रममा ५ वटा अर्धशतक प्रहार गरेका थिए।

भारतीय मिडियाहरुका अनुसार प्रतियोगिता अघि मुम्बईको वान्खडे स्टेडियमका ८ देखि १० जना स्टाफहरुमा कोरोना पोजेटिभ देखिएको छ। यस्तै प्रतियोगिता व्यवस्थापन गरिरहेको कम्पनिको ८ जना सदस्यमा पनि कोरोना पोजेटिभ देखिएको छ। भारतीय क्रिकेट बोर्डले समेत त्यसलाई स्वीकार गरिसकेको छ।

धेरैले पढेको 

https://wicketnepal.com/ipl-2021-3-players-likely-to-miss/

https://wicketnepal.com/chennai-jhatka-ipl-21-jh-nam-firta/





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]