IPL : बैंगलोर ओपनर पडीक्कललाई कोरोना, सुरुवाती खेल गुमाउन सक्ने

इन्डियन प्रिमियर लिगको १४ औं संस्करण सुरु हुनु अघि खेलाडीहरुमा कोरोना कहर जारि रहेको छ। प्रतियोगिता अघि कोलकाता नाइट राइडर्सका नितिश राना, दिल्ली क्यापिटल्सका अक्षर पटेल र अब रोयल च्यालेन्जर्स बैंगलोरका देभदत्त पडीक्कलमा पनि कोरोना पोजेटिभ देखिएको छ।

टेस्ट पोजेटिभ आएपछि पडीक्कल हाल क्वारेन्टाइनमा रहेका छन्। बैंगलोरले लिगको उद्घाटन खेल अप्रिल ९ तारिखमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्ससंग खेल्दैछ। श्रोतका अनुसार कोरोना संक्रमित पडीक्कलले बैंगलोरले खेल्ने लिगको पहिलो २ खेल गुमाउन सक्नेछन्।

आईपीएल अघि विजय हजारे ट्रफीमा उत्कृस्ट लयमा रहेका पडीक्कलले ७ खेलमा १४७.४० को औशतले ७३७ रन बनाएका थिए। लिगको युएईमा सम्पन्न अघिल्लो सिजन उत्कृस्ट लय देखाएका पडीक्कलले १५ खेलमा ४७४ रन बनाएका थिए जुन क्रममा ५ वटा अर्धशतक प्रहार गरेका थिए।

भारतीय मिडियाहरुका अनुसार प्रतियोगिता अघि मुम्बईको वान्खडे स्टेडियमका ८ देखि १० जना स्टाफहरुमा कोरोना पोजेटिभ देखिएको छ। यस्तै प्रतियोगिता व्यवस्थापन गरिरहेको कम्पनिको ८ जना सदस्यमा पनि कोरोना पोजेटिभ देखिएको छ। भारतीय क्रिकेट बोर्डले समेत त्यसलाई स्वीकार गरिसकेको छ।

धेरैले पढेको 

https://wicketnepal.com/ipl-2021-3-players-likely-to-miss/

https://wicketnepal.com/chennai-jhatka-ipl-21-jh-nam-firta/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy