सेप्टेम्बर १९ देखि आईपीएलको दोश्रो लेग सुरु हुने, मुम्बई र चेन्नाई बीच प्रतिस्पर्धा

आईपीएलको दोश्रो लेगको खेलहरु सेप्टेम्बर १९ तारिखबाट दुबईमा सुरु हुने भएको छ। पहिलो दिन डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्ने भएका छन्।

आईपीएल २०२१ यो वर्ष मेमा कोरोना भाइरस केसहरु देखिएपछि स्थगित गरिएको थियो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बाँकि ३१ खेल मध्ये १३ वटा खेल हुनेछ जसमा पहिलो क्वालिफायर र फाइनल समाबेश छ। यस्तै शारजाहमा इलिमीनेटर र दोश्रो क्वालीफायर सहित १० वटा खेल खेलिनेछ। अन्य खेल अबुधाबीमा खेलिनेछ।

लिग अन्तर्गत एक मात्र खेल हुँदा रातिको ७:४५ बजे ( नेपाली समय ) र दुई वटा खेल हुँदा पहिलो खेल ३:४५बजे दिउसो ( नेपाली समय ) र रातिको ७:४५ बजे ( नेपाली समय ) मा खेलिनेछ। सबै टिमले कम्तिमा एउटा खेल दिउसो खेल्नेछ। चेन्नाई, मुम्बई, कोलकाता र पन्जाबले दुई वटा खेल दिउसो खेल्नेछ।

लिगमा हालसम्म दिल्ली र पन्जाबली समान ८ खेल खेलेका छन् भने अन्य सबै टिमले ७ खेल खेलेका छन्।

अंकतालिकामा दिल्ली ८ खेलमा ६ जित र २ हार बेहोर्दै १२ अंक सहित पहिलो स्थानमा छ भने। समान १० अंक सहित चेन्नाई दोश्रो र बैंगलोर तेश्रो स्थानमा छ। मुम्बई चौथो, राजस्थान पाँचौ, पन्जाब छैठौं, कोलकाता सातौं र हैदरावाद आठौँ स्थानमा छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy