सेप्टेम्बर १९ देखि आईपीएलको दोश्रो लेग सुरु हुने, मुम्बई र चेन्नाई बीच प्रतिस्पर्धा

आईपीएलको दोश्रो लेगको खेलहरु सेप्टेम्बर १९ तारिखबाट दुबईमा सुरु हुने भएको छ। पहिलो दिन डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्ने भएका छन्।

आईपीएल २०२१ यो वर्ष मेमा कोरोना भाइरस केसहरु देखिएपछि स्थगित गरिएको थियो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बाँकि ३१ खेल मध्ये १३ वटा खेल हुनेछ जसमा पहिलो क्वालिफायर र फाइनल समाबेश छ। यस्तै शारजाहमा इलिमीनेटर र दोश्रो क्वालीफायर सहित १० वटा खेल खेलिनेछ। अन्य खेल अबुधाबीमा खेलिनेछ।

लिग अन्तर्गत एक मात्र खेल हुँदा रातिको ७:४५ बजे ( नेपाली समय ) र दुई वटा खेल हुँदा पहिलो खेल ३:४५बजे दिउसो ( नेपाली समय ) र रातिको ७:४५ बजे ( नेपाली समय ) मा खेलिनेछ। सबै टिमले कम्तिमा एउटा खेल दिउसो खेल्नेछ। चेन्नाई, मुम्बई, कोलकाता र पन्जाबले दुई वटा खेल दिउसो खेल्नेछ।

लिगमा हालसम्म दिल्ली र पन्जाबली समान ८ खेल खेलेका छन् भने अन्य सबै टिमले ७ खेल खेलेका छन्।

अंकतालिकामा दिल्ली ८ खेलमा ६ जित र २ हार बेहोर्दै १२ अंक सहित पहिलो स्थानमा छ भने। समान १० अंक सहित चेन्नाई दोश्रो र बैंगलोर तेश्रो स्थानमा छ। मुम्बई चौथो, राजस्थान पाँचौ, पन्जाब छैठौं, कोलकाता सातौं र हैदरावाद आठौँ स्थानमा छ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]