आज सुरु हुँदै आईपीएलको दोश्रो फेज, मुम्बई र चेन्नाई बीच प्रतिस्पर्धा ( सम्पूर्ण जानकारी )

यो वर्ष अप्रिलमा सुरु भएता पनि खेलाडीहरुमा कोभिड-१९ केसहरु देखिएपछि स्थगित भएको इन्डीयन प्रिमियर लिग ( आईपीएल ) को दोश्रो फेजको खेलहरु आजबाट युएईमा सुरु हुँदैछन्। पहिलो फेजमा ३० वटा खेलहरु समाप्त भएपछि मे ४ तारिखमा लिग स्थगित गर्ने निर्णय गरिएको थियो। त्यसपछि लिगको दोश्रो फेज भारतबाट युएईमा सारिएको थियो। लिगमा अब ३१ खेलहरु बाँकी रहेका छन्। सेप्टेम्बर १९ तारिख देखि सुरु हुने दोश्रो फेजको अक्टोबर १५ तारिखमा दुबईमा फाइनलमा अन्त्य हुनेछ।

लिग अन्तर्गत आज ३० औं खेलमा डिफेन्डिङ च्याम्पियन रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्स र महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्। युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय रातिको ७:४५ बजे सुरु हुनेछ।

पछिल्लो भेट : मुम्बई र चेन्नाई बीच पहिलो फेजमा भएको खेलमा मुम्बई ४ विकेटले विजयी भएको थियो। काईरन पोलार्डले ३४ बलमा ८७ रन बनाउदा चेन्नाईले दिएको २१९ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा भेटाएको थियो। खेलमा चेन्नाईका अम्बाती रायडुले २७ बलमा ७२ रन बनाएका थिए।

हेड टु हेड : दुई टिम बीच आईपीएल इतिहासमा ३१ पटक भएको प्रतिस्पर्धामा चेन्नाई १२ तथा मुम्बई १९ पटक विजयी भएको छ। पछिल्लो ५ खेलको नतिजा हेर्ने हो भने मुम्बईले ४ खेलमा चेन्नाईलाई पराजित गरेको छ।

अंकतालिकामा अवस्था : लिग अंक तालिकामा चेन्नाई ७ खेलमा ५ जित र २ हारपछि १० अंक बटुल्दै दोश्रो स्थानमा रहेको छ। मुम्बई ७ खेलमा ४ जित र ३ हार पछि ८ अंक सहत चौंथो स्थानमा छ। आजको जितले चेन्नाई शिर्ष स्थानमा पुग्नेछ भने मुम्बई जितेमा दोश्रो या तेश्रो स्थानमा पुग्न सक्नेछ।

टिममा परिवर्तन ( चेन्नाई ) : अस्ट्रेलियन फास्ट बलर जोश हेजलवुडको स्थानमा टिमले अस्ट्रेलियाकै देब्रे हाते पेसर जेसन बेह्रेनडर्फलाई भित्र्याएको छ।

चेन्नाई टिम : रुतुराज गायकवाड, मोईन अलि, सुरेश रैना, अम्बाती रायडू, रवीन्द्र जडेजा, एमएस धोनी ( कप्तान/विकेटकिपर ) , ड्वेन ब्राभो, शार्दुल ठाकुर, लुंगी एनगीडी, दीपक चाहर, इमरान ताहिर, फाफ डु प्लेसिस, रोबिन उथप्पा, कर्ण शर्मा, जेसन बेह्रेनडर्फ , कृष्णप्पा गोथम, मिशेल स्यान्टनर, रविश्रीनिवासन साई किशोर, हरि निशांत, एन जगदिशन, चेतेश्वर पुजारा, केएम आसिफ, हरिशंकर रेड्डी, भगथ वर्मा

चेन्नाईको सम्भावित ११ : रुतुराज गायकवाड, फाफ डु प्लेसी/रोबिन उथप्पा, मोईन अलि, सुरेश रैना, अम्बाती रायडु, रभीन्द्र जडेजा, एमएस धोनी, ड्वेन ब्राभो, शार्दुल ठाकुर, लुंगी एनगीडी, दिपक चाहर

टिममा परिवर्तन ( मुम्बई ) : कुनै पनि परिवर्तन छैन।

मुम्बई टिम : क्विंटन डी कक ( विकेटकिपर ), रोहित शर्मा (कप्तान), सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पांड्या, काइरन पोलार्ड, हार्दिक पांड्या, राहुल चाहर, नाथन कूल्टर-नाइल, जस्प्रित बुमराह, ट्रेन्ट बोल्ट, एडम मिल्ने, जयन्त यादव, क्रिस लिन , पीयूष चावला, धवल कुलकर्णी, सौरभ तिवारी, आदित्य तारे, रोश कलारिया, जेम्स नीशम, अनमोलप्रीत सिंह, अनुकुल रोय, अर्जुन तेन्दुलकर, मार्को जानसेन, युद्धवीर सिंह

मुम्बईको सम्भावित ११ : क्विन्टन डीकक, रोहित शर्मा, सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, काईरन पोलार्ड, हार्द्क पान्ड्या, राहुल चाहर, नाथन कुल्टर नाइल/एडम मिल्ने/जयन्त यादव, जस्प्रित बुम्राह, ट्रेन्ट बोल्ट

पहिलो फेजमा लयमा रहेका चेन्नाईका खेलाडी : फाफ डु प्लेसीस ( ७ खेलमा ४ अर्धशतक, ३२० रन, स्ट्राइक रेट – १४५.४५ ) , मोईन अलि ( ६ खेलमा १ अर्धशतक, २०६ रन, स्ट्राइक रेट – १५७.२५ ) , रुतुराज गायकवाड ( ७ खेलमा २ अर्धशतक, १९६ रन, स्ट्राइक रेट – १२८.९४ ) , स्याम करन ( ७ खेलमा ९ विकेट, स्ट्राइक रेट – १६.६६, इकोनोमि – ८.६८ ) , दिपक चाहर ( ७ खेलमा ८ विकेट, स्ट्राइक रेट – १८, इकोनोमि- ८.०४ )

पहिलो फेजमा लयमा रहेका मुम्बईका खेलाडी : रोहित शर्मा ( ७ खेलमा १ अर्धशतक, २५० रन, स्ट्राइक रेट – १२८.२ ) , राहुल चाहर ( ७ खेलमा ११ विकेट, स्ट्राइक रेट – १५.२७ , इकोनोमि ७.२१ ) , ट्रेन्ट बोल्ट ( ७ खेलमा ८ विकेट, स्ट्राइक रेट – १९.७५ , इकोनोमि ८.४६ ) , काइरन पोलार्ड ( ७ खेलमा १ अर्धशतक, १६८ रन, स्ट्राइक रेट – १७१.४२ )





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]