भिभो भन्दा आधा रकममा DREAM-11 बन्ने भयो आईपीएलको मुख्य प्रायोजक

२०७७ भाद्र २, मंगलवार १५:२४

इन्डियन प्रिमियर लिग आईपीएलको नयाँ मुख्य प्रायोजक ‘ड्रिम- इलेभेन ‘ ( Dream 11 ) हुने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले अधिकारिक रुपमा फेन्टासी स्पोर्ट्स प्ल्याटफर्मलाई टाइटल प्रायोजकको रुपमा चुनेको हो।

आईपीएलको १३ औं संस्करण युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर ८ सम्म आयोजना हुँदैछ।

भारतीय न्युज एजेन्सीका अनुसार प्रायोजन बापत ड्रिम इलेभेन ( Dream 11 ) ले आईपीएललाई सम्झौता बापत २२२ करोड भारतीय रुपैयाँ प्रदान गर्नेछ। सम्झौता मात्र १ वर्षको लागि हो।

भिभोले दिएको भन्दा आधा रकम 

यस अघि भिभोले दिएको भन्दा यो ड्रिम-इलेभेनले दिएको रकम आधा हो। भिभोले प्रतिवर्ष ४४० करोड भारु दिंदै आएको थियो। चिनियाँ कम्पनि भिभोले भारतमा चिन बिरोधि भावना बढेका कारण यो वर्ष बिसीसीआईसंगको समझदारीमा प्रायोजकबाट हात झीक्ने निर्णय गरेको थियो। भिभोसंग सम्झौता ५ सिजनको लागि थियो। भिभोले आगामी सिजन बाट पुनः प्रायोजन सम्झौता निरन्तरता दिने बताईएको छ।

आईपीएलको मुख्य प्रायोजन गर्नको लागि ड्रिम-११ को प्रतिस्पर्धामा टाटा एण्ड सन्स, रिलायन्स जियो, पतंजली, बाइजु, अनएकेडेमी अघि आएका थिए। सबैलाई पछि पर्दै ड्रिम-११ ले सम्झौता हात पारेको हो।

अब आईपीएलको १३ औं संस्करणले Dream-11 IPL को नाम पाएको छ।

सम्बन्धित :- 

https://wicketnepal.com/hussy-dhoni-bat-position-wn20/

https://wicketnepal.com/ipl-big-players-to-miss-out-first-week-wn20/

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/cpl-t20-1-match-prev-wn20/

https://wicketnepal.com/20-records-by-kohli-12th-year-wn20/

https://wicketnepal.com/dhoni-fan-chacha-chicago-retire-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy