आईपीएल २०२० अन्तर्गत इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई सनराइजर्स हैदरावादले ६ विकेटले पराजित गर्दै दोश्रो क्वालीफायरमा स्थान बनाएको छ।
हारसंगै बैंगलोरको पहिलो आईपीएल उपाधि जित्ने सपना चकनाचुर भएको छ। लिगमा बैंगलोरको यो लगातार पाँचौ हार हो। यस अघि लगातार ४ हार बेहोरेता पनि लिगको चौथो स्थानमा रहँदै बैंगलोर प्ले-अफ प्रवेश गरेको थियो। हैदरावादको लिगमा यो लगातार चौथो जित हो।
हैदरावादले दोश्रो क्वालीफायरमा फाइनल प्रवेशको लागि दिल्ली क्यापिटल्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार अबुधाबीमा खेलिनेछ। मुम्बईले दिल्लीलाई पहिलो क्वालीफायरमा पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।
शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा बैंगलोरले दिएको १३२ रनको लक्ष्य हैदरावादले ४ विकेट गुमाएर १९.४ ओभरमा भेटायो।
हैदरावादको लागि केन विलियमसनले अविजित सर्वाधिक ५० रन बनाए जुन क्रममा ४४ बलमा २ चौका र २ छक्का प्रहार गरे। जेसन होल्डरले अविजित २४ रन बनाए जुन क्रममा २० बलमा ३ चौका हिर्काए। मनिष पाण्डेले २४ तथा डेभिड वार्नरले १७ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा हैदरावाद ओपनर श्रीभत्स गोस्वामी पहिलो ओभरमा मोहम्मद सिराजबाट क्याच आउट भए। दोश्रो विकेटको लागि कप्तान वार्नरले मनिष पाण्डेसंग ४१ रन जोडे। छैठौं ओभरमा वार्नरलाई सिराजले विकेटकिपर डी भिल्लीयर्सबाट क्याच आउट गराए। त्यसपछि मनिष पाण्डेलाई नवौं ओभरमा एडम जम्पाले तथा १२ औं ओभरमा प्रियम गर्गलाई युजभेन्द्र चहलले क्याच आउट गराउदै बैंगलोरलाई खेलमा हावी गराए। ४३/२ को अवस्थाबाट हैदरावाद ६७/४ को अवस्थामा पुग्यो।
चौथो नम्बरमा ब्याटिंगमा आएका विलियमसनले जेसन होल्डरसंग साझेदारी गर्दै टिमको योगफल १०० पार गराए। बैंगलोर बलरहरुले कसिलो बलिंग जारि राख्दा खेल अन्तिम ओभरमा पुग्यो।
अन्तिम ओभरमा जितको लागी हैदरावादलाई ९ रन आवस्यक रह्यो। नभदिप सैनीले गरेको ओभरको पहिलो बलमा विलियमसनले १ रन लिंदै अर्धशतक पुरा गरे। दोश्रो बलमा होल्डरले रन बनाउन सकेनन्। तेश्रो बलमा होल्डरले चौका हिर्काए जसपछि ३ बलमा जित्न ४ रन आवस्यक रह्यो। चौथो बलमा पनि होल्डरले चौका हिर्काउदै टिमलाई जिताए।
होल्डर र विलियमसनले पाँचौ विकेटको लागि ६५ रनको साझेदारी गरे।
बैंगलोरको बलिंगमा मोहम्मद सिराजले सर्वाधिक २ विकेट ( ४-०-२८-२ ) लिए। एडम जम्पा ( ४-०-१२-१ ) र युजभेन्द्र चहल ( ४-०-२४-१ ) ले समान १ विकेट लिए।
होल्डरको उत्कृस्ट बलिंग
टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो।
बैंगलोरको लागि एबि डी भिल्लीयर्सले सर्वाधिक ५६ रन बनाए जुन क्रममा ४३ बलमा ५ चौका प्रहार गरे। जारि सिजन डी भिल्लीयर्सको यो पाँचौ तथा लिग करियरको ३८ औं अर्धशतक हो। आरोन फिन्चले ३२ रन बनाए। शिभम दुबेले ८, कप्तान बिराट कोहलीले ६, देभदत्त पडीक्कलेले १ रन बनाए। नभदिप सैनीले अविजित ९ तथा मोहम्मद सिराजले अविजित १० रन बनाए।
ओपनिंग ब्याटिंगमा गएका बिराट कोहलीलाई दोश्रो ओभरमा जेसन होल्डरले विकेटकिपर गोस्वामीबाट क्याच आउट गराए। चौथो ओभरमा देभदत्त पडीक्कललाई पनि होल्डरले प्रियम गर्गबाट क्याच आउट गराए। चौथो नम्बरमा आएका डीभिल्लीयर्सले एक किनार सम्हालेता पनि अर्को किनारमा विकेट जाने शिलशिला जारि रह्यो।

डी भिल्लीयर्सले आरोन फिन्चसंग ४१ रनको साझेदारी गरे। ११ औं ओभरमा फिन्चलाई शाहबाज नदीमले क्याच आउट गराए भने सोहि ओभरमा मोइन अलिलाई राशिद खानले रन आउट गरे। त्यसपछि डीभिल्लीयर्सले शिभम दुबेसंग ३७ रनको साझेदारी गरे। १६ औं ओभरमा दुबेलाई होल्डरले तेश्रो शिकार बनाए। डी भिल्लीयर्स पनि १८ औं ओभरमा टि नटराजनबाट बोल्ड भए। आठौँ विकेटको लागि नभदिप सैनी र मोहम्मद सिराजले १८ रनको साझेदारी गरे।
हैदरावादको बलिंगमा जेसन होल्डरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २५ रन खर्चिए। आईपीएलमा होल्डरको यो व्यक्तिगत उत्कृस्ट स्पेल हो। टि नटराजनले २ विकेट ( ४-०-३३-२ ) तथा शाहबाज नदीमले १ विकेट ( ४-०-३०-१ ) लिए।
https://wicketnepal.com/rashtriy-teamle-prashishn-suru-garne-wn20/
https://wicketnepal.com/rohit-bumrah-records-iplplayoff-wn20/
https://wicketnepal.com/delhi-captain-iyer-react-after-mi-loss-wn20-1st-qf/