IPL इलिमिनेटर : हैदरावादद्वारा बैंगलोरलाई ब्याटिंगको निम्तो, अन्तिम-११ मा को-को छन्

युएईमा जारि १३ औं संस्करणको आईपिएल अन्तर्गत आज इलिमिनेटर खेलमा डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावादले बिराट कोहली कप्तानीको रोयल च्यालेंजर्स बैंगलोरको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ। दुवै टोलि १४ खेलमा १४ अंक बटुल्दै अंकतालिकाको तेस्रो (हैदरावाद) र चौथौं (बैंगलोर) स्थानमा रहदै प्लेअफका लागि छनोट भएका थिए।

टस जितेर हैदरावादले बलिंग रोज्यो 

खेलमा हैदरावाद कप्तान डेभिड वार्नरले टस जितेर फिल्डिंग रोज्दै बैंगलोरलाई ब्याटिंगको निम्तो दिएको छ। लिगमा वार्नरले जितेको यो ११ औं टस हो।

वार्नरले शितले महत्वपूर्ण भूमिका खेल्ने हुँदा लक्ष्य पछ्याउने निर्णय रोजेको बताए।उनले टिममा दबाब नभएको बताउदै उपाधि आफ्नो टिमको उद्देश्य रहेको बताए। टिमका मुख्य ब्याट्सम्यान रिद्दीमान साहा घाइते भएका कारण आज खेल्न सक्नेछैनन्। उनको स्थानमा श्रीभत्स गोस्वामीले मौका पाएका छन्।

हैदरावादको अन्तिम ११ : डेभिड वार्नर ( कप्तान ) , श्रीभत्स गोस्वामी ( विकेटकिपर ) , मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग ,जेसन होल्डर, अब्दुल समद राशिद खान, शाहबाज नदीम, सन्दिप शर्मा, टि नटराजन

क्रिस मोरिस घाइते भएपछि आज खेल्ने छैनन्

टस हारे पछि बैंगलोर कप्तान बिराट कोहलीले आफुले पनि पहिले बलिंगनै गर्ने सोच बनाएको बताए। राम्रो योगफल बनाएर बिपक्षीलाई दबाब दिने उनले बताए। उनले टिमका सिनियर खेलाडीहरुले जिम्मेवारी लिंदै युवा खेलाडीलाई स्वतन्त्र भएर खेल्ने मौका दिनु पर्ने बताए। टिमका प्रमुख अलराउण्डर क्रिस मोरिस घाइते भएका कारण आज खेल्ने छैनन्। यस्तै ओपनर जोश फिलिप्पेलाई पनि आज बाहिर राखिएको छ। ओपनर आरोन फिन्च तथा लेग स्पिनर एडम जाम्पालाई खेलाइएको छ। यस्तै तिब्र गति बलर नभदिप सैनीले पनि टिममा पुनरागमन गरेका छन्। शाहबाज एहमदलाई बाहिर राखिएको छ।

बैंगलोरको अन्तिम ११ : देभदत्त पडीक्कल, आरोन फिंच, बिराट कोहली ( कप्तान ) , एबि डी भिल्लीयर्स ( विकेटकिपर ), मोइन अलि, वासिंगटन सुन्दर, शिभम दुबे, मोहम्मद सिराज, युजभेन्द्र चहल, एडम जाम्पा, नभदिप सैनी

गए राति सम्पन्न क्वालिफायर १ को खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ। आज विजयी हुने टिमले फाइनल प्रवेशको लागि दिल्ली क्यापिटल्ससंग दोश्रो क्वालीफायरमा प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टिमको यात्रा समाप्त हुनेछ।

यो पनि पढ्नुस : 

https://wicketnepal.com/srh-vs-rcb-eliminator-wn20-ipl/

https://wicketnepal.com/rashtriy-teamle-prashishn-suru-garne-wn20/

https://wicketnepal.com/rohit-bumrah-records-iplplayoff-wn20/

https://wicketnepal.com/delhi-captain-iyer-react-after-mi-loss-wn20-1st-qf/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy