IPL FINAL : डु प्लेसीको उत्कृस्ट पारि, चेन्नाईद्वारा कोलकातालाई चुनौतिपूर्ण लक्ष्य

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग ( ईपीएल ) टि-२० को उपाधिको लागि चेन्नाई सुपर किंग्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा १९२ रन बनाउदै कोलकातालाई १९३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

चेन्नाईको ब्याटिंगमा फाफ डु प्लेसिसले सर्वाधिक ८६ रन बनाए जसले ५९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै मोईन अलिले २० बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३७ रन बनाए। रुतुराज गायकवाडले २७ बलमा ३ चौका र १ छक्का मद्दतले ३२ तथा रोबिन उथप्पाले १५ बलमा ३ छक्का मद्दतले ३१ रन बनाए।

चेन्नाई ओपनर रुतुराज गायकवाड र फाफ डु प्लेसीसले ६१ रनको ओपनिंग साझेदारी गरे। नवौं ओभरमा गायकवाड सुनिल नारायणबाट क्याच आउट भएपछि डु प्लेसीसले रोबिन उथप्पासंग ६३ रन जोडे। उथप्पालाई १४ औं ओभरमा नारायणले एलबिडब्लु पारे। डु प्लेसिसले त्यसपछि तेश्रो विकेटको लागि मोईन अलिसंग ३९ बलमा ६८ रनको साझेदारी गरे। डु प्लेसिस इनिंग्सको अन्तिम बलमा शिभम माभीबाट क्याच आउट भए। अन्तिम ५ ओभरमा चेन्नाईले १ विकेट गुमाएर ६१ रन बनायो।

कोलकाताको बलिंगमा सुनिल नारायणले २ विकेट ( ४-०-२६-२ ) तथा शिभम माभीले १ विकेट ( ४-०-३२-१ ) लिए।

चेन्नाईले पहिलो क्वालीफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। कोलकाता भने इलिमीनेटरमा रोयल च्यालेन्जर्स बैगलोर र दोश्रो क्वालीफायरमा दिल्लीलाई पराजित गर्दै फाइनल पुगेको हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy