सनसनीपूर्ण खेलमा चेन्नाईलाई १ रनले पराजित गर्दै मुम्बईले जित्यो आईपीएल उपाधि

  • विकेटनेपाल, बैशाख २८ , शनिवार 

सनसनिपूर्ण खेलमा चेन्नाईलाई १ रनले पराजित गर्दै मुम्बई इन्डीएन्सले चौथो पटक इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ। यस अघि मुम्बईले सन् २०१३, २०१५ र २०१७ मा आईपीएल उपाधि जितेको थियो।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले  २० ओभरमा ७ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा एक समय चेन्नाई बलियो देखिएको थियो। ओपनर फाफ डु प्लेसिस २६ रन ( १३ बलमा ३ चौका र १ छक्का ) बनाएर आउट भएपछि दोश्रो विकेटको लागी शेन वाटसन र सुरेश रैनाले ३७ रनको साझेदारी गर्दै अघि बढाए। रैना दशौँ ओभरमा ८ रन बनाएर आउट भए। लगत्तै अम्बाती रायडु पनि १ रन मात्र बनाएर आउट हुँदा चेन्नाई समस्यामा पुग्यो।

कप्तान महेन्द्र सिंह धोनी १३ औं ओभरमा रन आउट हुन पुग्दा चेन्नाईको समस्या झनै बल्झियो। इशान किशानको सिधा थ्रोमा आउट हुनु अघि धोनीले ८ बलमा २ रन बनाए।

अर्को किनारमा विकेट गुमे पनि वाटसनले विकेट जोगाइरहे र अर्धशतक पुरा गरे। ब्राभोसंग साझेदारी गर्दै पुनः चेन्नाईले लय पायो। लासिथ मालिंगाले गरेको १६ औं ओभरमा २० रन बनाउदा चेन्नाई पुनः बलियो देखियो।

१७ औं ओभरको दोश्रो बलमा बुम्राहको बलमा वाटसनको क्याच राहुल चाहरले छुटाउन पुग्दा खेलमा फर्कने मौका मुम्बईले गुमायो। विकेट नपाए पनि बुम्राहले कसिलो बलिंग गर्दै मुम्बईलाई खेलमा राखीरहे।

१८ औं ओभरमा रोहितले क्रुनल पान्ड्यालाई बलिंगमा ल्याए। उक्त ओभरको दोश्रो, तेश्रो र चौथो बलमा वाटसनले लगातार ३ छक्का प्रहार गरे। उक्त ओभर पछि चेन्नाईलाई २ ओभरमा १८ रन आवस्यक रह्यो।

१९ औं ओभरको दोश्रो बलमा १५ रन बनाएका ब्राभोलाई बुम्राहले क्याच आउट गराउदै मुम्बईलाई खेलमा फर्काए। तर ओभरको अन्तिम बलमा बाईको रुपमा ४ रन विकेटकिपर क्विनटन डीककले उपहार दिंदा ओभरमा ९ रन बन्यो।

रोमान्चक अन्तिम ओभर 

अन्तिम ओभरमा चेन्नाईलाई जित्न ९ रन आवस्यक रह्यो। बलिंग  गर्न आए मालिंगा।

ओभरको पहिलो बलमा वाटसनले १ रन लिए। दोश्रो बलमा जडेजाले १ रन लिंदै वाटसनलाई पुनः स्ट्राइक दिए। तेश्रो बलमा वाटसनले २ रन लिए।

चौथो बलमा २ रन लिने चक्करमा वाटसन पान्ड्याको थ्रोमा रन आउट हुन पुगे। ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गैरका वाटसन आउट हुन पुगे। अब जितको लागि २ बलमा चेन्नाईलाई ४ रन आवस्यक रह्यो।

पाँचौ बलमा शार्दुल ठाकुरले मलिंगाको फुल टस बलमा २ रन लिए। अब जितको लागि मुम्बईलाई अन्तिम बलमा २ रन आवस्यक रह्यो।

ओभरको अन्तिम बलमा मलिंगाले शार्दुललाई एलबिडब्लु धरापमा पारे र मुम्बईलाई जित दिलाए।

चेन्नाईले १ रनले खेल गुमाउन पुग्यो। २० ओभरमा ७ विकेट गुमाएर चेन्नाईले १४८ रन बनाउन सक्यो।

अन्तिम ओभरमा हिरो बनेका मालिंगाले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए र अन्तिम ओभरमा ७ रन मात्र दिए। जस्प्रित बुम्राहले २ विकेट लिन ४ ओभरमा मात्र १४ रन खर्चिए। क्रुनल पान्ड्या ( ३-०-३९-१ ) र राहुल चाहर ( ४-०-१४-१ ) ले १/१ विकेट लिए।

मुम्बईको ब्याटिंग 

यस अघि  मुम्बईले टस जितेर ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १४९ रनको योगफल तयार गरेको थियो।

 

मुम्बईको लागि काइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए। अविजित इनिंग खेल्ने क्रममा पोलार्डले २५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै क्विन्टन डीककले २९, इशान इशानले २३, हार्दिक पान्ड्याले १६ तथा रोहित शर्मा र सुर्यकुमार यादबले समान १५ रन बनाएका थिए।

चेन्नाईको लागि बलिंगमा दिपक चाहरले सर्वाधिक ३ विकेट ( ४-१-२६-३ ) तथा शार्दुल ठाकुर ( ४-०-३७-२ ) र इमरान ताहिर ( ३-०-२३-२ ) ले २/२ विकेट लिए।





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]