आईपीएल जित्न चेन्नाईलाई मुम्बईद्वारा १५० रनको लक्ष्य, चाहरको उत्कृस्ट बलिंग

  • विकेटनेपाल, बैशाख २८ , शनिवार 

इन्डियन प्रिमियर लिगको उपाधिको लागि चेन्नाई सुपर किंग्स र मुम्बई इन्डीएन्स प्रतिस्पर्धा गरिरहेका छन्।

राजिभ गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रनको योगफल तयार गेरको छ।

मुम्बईको सुरुवात राम्रो रह्यो। पहिलो विकेटको लागि क्विन्टन डी कक र कप्तान रोहित शर्माले ४५ रनको साझेदारी गरे।

छैठौं ओभरमा शार्दुल ठाकुरले २९ रन ( १७ बलमा ४ छक्का ) बनाएका डी ककको विकेट लिंदै चेन्नाईलाई पहिलो विकेट दिलाए। लगत्तै ओभरमा रोहित पनि दिपक चाहरको बलमा क्याच आउट भए जसले १५ रन ( १४ बलमा १ चौका र १ छक्का ) बनाए।

तेश्रो विकेटको लागि सूर्यकुमार यादब र इशान किशानले ३७ रनको साझेदारी गरे। १२ औं ओभरमा २२ रन बनाएका सुर्यकुमार यादबलाई इमरान ताहिरले बोल्ड गर्दै तेश्रो विकेट दिलाए। लगत्तै ओभरमा क्रुनल पान्ड्या ७ रन बनाएर शार्दुलको बलमा आउट भए। इशान किशान पनि २३ न बनाएर आउट हुँदा मुम्बई १५ औं ओभरमा १०१/५ को स्थितिमा पुग्यो।

सानो योगफलमा समेटिने खतरा बढीरहंदा छैठौं नम्बरमा ब्याटिंग गर्न आएका काइरन पोलार्ड र हार्दिक पान्ड्याले ३९ रन बनाउदै इनिंग अघि बढाए। पान्ड्या १६ रन बनाएर १९ औं ओभरमा दिपक चाहरको एलबिडब्लु शिकार भए जसले १० बलमा १ चौका र १ छक्का प्रहार गरे। त्यसपछि पनि पोलार्डले एक किनार सम्हालीरहे।

२५ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका पोलार्ड ४१ रनमा अविजित रहे। मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो।

चेन्नाईको लागि बलिंगमा दिपक चाहरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै २६ रन खर्चिए। शार्दुल ठाकुरले २ ( ४-०-३७-२ ) तथा इमरान ताहिरले २ विकेट ( ३-०-२३-२ ) लिए। हरभजन सिंह ( ४-०-२७-० ) , ड्वेन ब्राभो ( ३-०-२४-० ) र रभिन्द्र जडेजा ( २-०-१२-० ) विकेट विहिन रहे।

मुम्बई र चेन्नाई दुवैले ३/३ पटक आईपीएल उपाधि जितेका छन्। मुम्बईले सन् २०१३ , १५ र १७ मा तथा चेन्नाईले सन् २०१० , ११ र १८ मा उपाधि जितेको थियो।

मुम्बईले चेन्नाईलाई पहिलो क्वालीफायरमा ६ विकेटले पराजित गर्दै सिधा फाइनलमा स्थान बनाएको थियो। चेन्नाईले इलिमीनेटरमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै पुनः मुम्बईसंग भेट पक्का गरेको हो।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]