उपाधीका लागि कोलकाता र हैदराबाद भिड्दै

२०८१ जेष्ठ १३, आईतवार ०९:०६

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधीका लागि सनराइजर्स हैदराबाद र कोलकाता नाइटराइडर्स भिड्दै छन् ।

उपाधीका लागि दुई टोलीबीचको खेल चेन्नईमा रहेको एमए चिदम्बरम क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने आठमा हुनेछ ।

समूह चरणको पहिलो र दोस्रो स्थानमा रहेका दुवै टोलीको यो भेट यस संस्करणको तेस्रो भेट हो । समूह चरणको भेटमा कोलकाता चार रनले विकेटले पराजित गरेको थियो ।

पहिलो क्वालिफायरमा हैदराबादलाई नै पराजित गरेर कोलकाताले फाइनलमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा हैदराबाद ८ विकेटले पराजित भएको थियो ।

दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेर हैदराबादले फाइनल यात्रा तय गरेको हो ।

आइपीएल इतिहासमा दुवै टोलीले समान ३/३ पटक फाइनल खेलेका छन् । दुवै टोली समान दुई पटक च्याम्पियन भएका छन् ।

कोलकाता २०१४ मा पछिल्लो पटक च्याम्पियन हुँदा २०१६ मा हैदराबाद च्याम्पियन भएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy