मिलर चम्किंदा गुजरात आइपिएलको फाइनलमा

गुजरात टाइटन्स आइपिएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।

जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो ।

डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । उनले जित्न १६ रन आवस्यक हुँदा अन्तिम ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गर्दै टोलीलाई फाइनलमा पुर्‍याए । उनलाई कप्तान हार्दिक पाण्डेयले राम्रो साथ दिए । पाण्ड्याले २७ बलमा ५ चौका प्रहार गर्दै अविजित ४० रन बनाए । मिलर र पान्ड्या बीच चौंथो विकेटको लागि १०६ रनको साझेदारी भयो। यसअघि शुभमन गिल र म्याथ्यु वेडले ३५-३५ रनको योगदान दिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । राजस्थान रोयल्सका लागि जोस बटलरले सर्वाधिक ८९ रन बनाए । बटलरले ५६ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै ८९ रन बनाए । गुजरात बलर मोहम्मद सामी, यश दयाल, साई किशोर र हार्दिक पान्ड्याले १/१ विकेट लिए।

गुजरात टाइटन्सको टोली पहिलो पटक आइपिएलमा सहभागी भएको हो । तर, यो हारपछि राजस्थान रोयल्ससँग अझै एक मौका छ । उसले एलिमिनेटर राउन्डमा विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। सन् २००८ को आइपिएलको पहिलो सिजनमा राजस्थान रोयल्सले उपाधि जितेको थियो ।

लिगको इलिमीनेटरमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच प्रतिस्पर्धा हुँदाछ। खेल नेपाली समय राति ७:४५ बजे सुरु हुनेछ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]