IPL : सबैभन्दा धेरै छक्का प्रहार गर्ने ६ खेलाडी

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) सेप्टेम्बर १९ बाट युनाइटेड अरब एमिरेट्स (युएई) मा सुरु हुँदैछ। सर्वाधिक सफल र चर्चित लिगमा ठूला खेलाडीहरुले सहभागी जनाउने गर्छन्। ८ टोलि सम्मिलित प्रतियोगितामा रोचक प्रतिस्पर्धा हुने गर्छ जसदौरान आफ्नो प्रिय ब्याट्सम्यानहरुको ठूला सटले दर्शकहरुलाई रोमान्चित बनाउने गर्छ । २००८ देखि सुरु भएको लिगमा सर्वाधिक छक्का प्रहार गर्ने ६ खेलाडीहरुको सूची यहाँ प्रस्तुत गरेका छौँ :-

बिराट कोहली

आईपीएल इतिहासकै सर्वाधिक रन बनाउने खेलाडी कोहलीले लिगमा १७७ खेलमा ३७.८४ को औशतले ५,४१२ रन बनाएका छन्। ५ शतक र ३६ अर्धशतक बनाएका कोहलीले यस क्रममा कुल १९० छक्का प्रहार गरेका छन्। यस्तै उनले ४८० चौका समेत प्रहार गरेका छन्। कोहलीले २०१६ को सिजनमा ९७३ रन बनाउदै अरेन्ज क्याप जित्ने क्रममा एकै सिजन ३८ छक्का प्रहार गरेका थिए।

सुरेश रैना 

 

बायाँ हाते विस्फोटक ब्याट्सम्यान रैना लिग इतिहासकै दोस्रो सर्वाधिक रनकर्ता (५३६८ रन)  पनि हुन्। लिगमा गुजरात लायन्स (दुई सिजन) र चेन्नाई सुपर किङ्ग्सको प्रतिनिधित्व गरेका रैनाले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन्। आक्रमक ब्याटिंग गर्ने रैनाको लिगमा १३७.१४ को स्ट्राइक रेट रहेको छ जुन क्रममा उनले कुल १९४ छक्का र ४३१ चौका प्रहार गरेका छन्। २०१० को सिजनमा उनले २२ छक्का प्रहार गरेका थिए जुन सिजन चेन्नाईले पहिलो उपाधी जितेको थियो। उनले गत सिजन उनले ९ छक्का प्रहार गरेका थिए।

 

रोहित शर्मा 

भारतीय ओपनर रोहितले सुरेश रैना जत्तिकै १९४ छक्का प्रहार गरेका छन् तर रैनालेभन्दा उनले कम खेल खेलेका छन्। लिगकै तेश्रो सर्वाधिक रनकर्ता रोहितले १८८ खेलमा ४,८९८ रन बनाएका छन् जुन क्रममा ४३१ चौका पनि हिर्काएका छन्। सुरुवाती सिजनमा डेक्कन चार्जर्सको प्रतिनिधित्व गरेका उनले तिन सिजन सोही फ्रेन्चाइजबाट खेल्ने क्रममा ५१ छक्का प्रहार गरेका थिए। त्यसपश्चात घरेलु टिम मुम्बईमा आबद्ध भएका दायाँ हाते ब्याट्सम्यानले सुरुवाती दुई सिजन ३१ छक्का हानेका थिए। त्यसपछि मुम्बईको नेतृत्वको जिम्मा पाएका रोहितको प्रदर्शनमा परिपक्वता देखिएको थियो। रोहितले कप्तानी गरेको सुरुवाती सिजनमै २८ छक्का प्रहार गरेका थिए जसको सहयोगमा मुम्बईले आफ्नो पहिलो उपाधी जितेको थियो। गत सिजन ३२ वर्षीय रोहितले १० छक्का प्रहार गरेका थिए।

महेन्द्र सिंह धोनी

सुरुवाती सिजनदेखिनै चेन्नाईको नेतृत्व गर्दै आएका धोनी आफ्नो चलाखीपूर्ण कप्तानीको लागि मात्रै हैन लामो छक्काको लागि पनि उत्तिकै चिनिने गर्छन्। धोनीले लिगमा १९० खेलमा ४४३२ रन बनाएका छन् र सर्वाधिक रनकर्ताको सूचीमा सातौँ स्थानमा छन्। उनी लिगमा सर्वाधिक छक्का प्रहार गर्ने भारतिय ब्याट्सम्यान हुन् जसले २०९ छक्का हिर्काएका छन्। अन्य भारतिय ब्याट्सम्यानले २०० छक्का प्रहार गर्न सकेका छैनन्। २०१८ को सिजनमा धोनीले सर्वाधिक ३० छक्का हिर्काएका थिए।

एबि डि भिलिएर्स

दक्षिण अफ्रिकी पूर्व क्रिकेटर एबि डि भिलियर्स आफ्नो ३६० डिग्री सटको लागि प्रसिद्ध छन् । २००८ को सुरुवाती सिजनमा खराब प्रदर्शन गरेका दायाँ हाते ब्याट्सम्यानले त्यसपछिको सिजनमा राम्रो प्रदर्शन गर्दै आएका छन्। दक्षिण अफ्रिकामा आयोजित दोस्रो सिजनमा उनले १२ छक्का प्रहार गरेका थिए। उनले बैंगलोरको प्रतिनिधित्व गर्दै सुरुवाती तीन सिजनमा मात्र १३ छक्का प्रहार गरेका उनले बाँकी ९ सिजनमा १९९ छक्का हानेका छन्। लिगको नवौं सर्वाधिक रनकर्ता समेत रहेका उनले १५४ खेलमा ४,३९५ रन बनाएका छन् जुन क्रममा लिगको दोश्रो सर्वाधिक २१२ छक्का हिर्काएका छन्। यस्तै उनले ३५७ चौका समेत प्रहार गरेका छन्।

क्रिस गेल

क्रिस गेल टि-२० फर्म्याटको विस्फोटक ब्याट्सम्यान हुन् जसले आफ्नै बलमा बिपक्षी टिमबाट जित खोस्ने क्षमता राख्छन्। उनले आईपिएलमा कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बैंगलोर र किङ्ग्स-११ पन्जाब गरि तीन टिमको प्रतिनिधित्व गरिसकेका छन्। सुरुवाती सिजनमा सहभागी नजनाएता पनि गेलले दोश्रो नम्बरमा रहेका डि भिलियर्सले भन्दा ११४ छक्का बढी अर्थात् ३२६ प्रहार गरेका छन्। गेलले दुई सिजनमा सर्वाधिक ५० छक्काभन्दा बढी प्रहार गरेका छन्। २०१२ को सिजनमा ५९ छक्का तथा २०१३ मा उनले ५१ छक्का प्रहार गरेका थिए। लिगको छैठौं सर्वाधिक रनकर्ता समेत रहेका गेलले १२५ खेलमा ४४८४ रन बनाएका छन् जुन क्रममा लिगकै सर्वाधिक ६ शतक समेत प्रहार गरेका छन्।

यी ६ खेलाडी बाहेक लिगमा सातौँ धेरै छक्का डेभिड वार्नरले १८१ वटा, आठौँ धेरै शेन वाटसनले १७७, नवौं धेरै काइरन पोलार्डले १७६ वटा, दशौँ धेरै युसुफ पठानले १५८ छक्का प्रहार गरेका छन्। ११ औं धेरै रोबिन उथप्पाले १५६ छक्का हिर्काएका छन्। ११ जना खेलाडीले मात्रै लिगमा १५० छक्का प्रहार गरेका छन् भने १८ जनाले १०० छक्का भन्दा बढी प्रहार गर्न सकेका छन्।

यो पनि पढ्नुस :-

ढिला युएई पुगे सन्दिप, टिमले यसरी गर्यो स्वागत

यस्तो छ यो सिजन IPL मा कमेन्टेटरहरुको सूची, छैनन् मंज्रेकर

क्रिकेटर भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

आईपीएलमा यी ४ वटा रेकर्ड नजिक छन् रोहित

IPL : एक सिजनमा सर्वाधिक रन बनाउने ५ खेलाडी

CPL 2020 : लिगमा उत्कृस्ट ११ खेलाडीको टिम





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]