आईपीएल युएईमा आयोजना हुनसक्ने, प्लेन चार्टर गरेर खेलाडी लगिने

कोभिड-१९ का कारण इन्डियन प्रिमियर लिग ( आईपीएल ) को आयोजना भारत बाहिर सन् २०१४ पछि पुनः युएईमा आयोजना हुने सभावना प्रवल बनेको छ। भारतमा कोभिड-१९ संक्रमण बढ्ने क्रममा रहेकोले भारतमै आईपीएल आयोजना गर्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) को योजना पुरा नहुने भएको हो। तथापी युएईमा गर्ने अन्तिम निर्णय भने भैसकेको छैन।

“अन्तिम निर्णय नभएता पनि भारतमा कोरोना संक्रमण बढीरहेको अवस्थालाई मध्यनजर गर्दा देशमै आईपीएल गर्न निकै मुस्किल परिस्थिति रहेको छ। प्रतियोगिता आयोजना गर्नको लागि अन्तर्राष्ट्रिय क्रिकेटर भारत ल्याउनु, जैव सुरक्षित वातवरण बनाउनु, अभ्यासको सुविधा दिलाउनु जस्ता विभिन्न पक्षहरुलाई ध्यानमा राख्नु पर्छ।” बिसीसीआईका एक अधिकारीले शुक्रबार भएको बोर्डको बैठकपछि हिन्दुस्तान टाइम्स्लाई बताएका छन्।

युएईमा कोभिड-१९ को नियन्त्रण राम्रो देखिएको छ। हालसम्म ५६ हजार ७ सय ११ केस देखिदा ३३८ जनाको मृत्यु भएको छ भने ४८ हजार ९१७ जना निको भैसकेका छन्। भारतमा भने संक्रमण बढ्ने क्रममा रहेको छ। १० लाख ७७ हजार ८ सय ६४ जनामा संक्रमण देखिद २६ हजार ८२८ जनाको मृत्यु भैसकेको छ। शनिवार मात्र भारतमा ३७ हजार ४०७ संक्रमित पाइएकोमा ५ सय ४३ जनाको एकै दिन मृत्यु भएको थियो।

कुल ६० खेल हुने प्रतियोगिता दुबई, अबु धाबी र शारजाह गरि तिन वटा मैदानमा गर्न सहज हुनेछ। “युएई अन्तर्राष्ट्रिय ट्रान्जिट रहँदै आएको छ र अन्तर्राष्ट्रिय क्रिकेटरहरुलाई त्यहाँ उडान गर्न पनि भारत भन्दा निकै सहज हुन्छ” श्रोतले बतायो।

युएई छोटो समयमा धेरै खेलहरु आयोजना गर्न तयार रहेको छ

यही अक्टोबर/नोभेम्बरमा आयोजना हुने टि-२० विश्वकप आईसीसीले सार्ने निश्चित जसो हुँदा आईपीएल आयोजना गर्न भारतले खाली समय पाउने भएको हो। तथापी आईसीसीले टि-२० विश्वकप बारे अधिकारिक निर्णय गरेको छैन। सोमबार आईसीसी बैठकले उक्त निर्णय लिने अपेक्षा गरिएको छ।

आईपीएल भारतमै ४ वटा सहरमा आयोजना गर्ने पनि अर्को योजना रहेको पनि बताईएको छ। भारत सरकारको सुझाव पनि आयोजना कहाँ गर्नेमा महत्वपूर्ण हुनेछ। आईसीसीले टि-२० विश्वकप नगर्ने निर्णय गरेपछि आईपीएलको गभर्निंग काउनिस्लको बैठक बस्नेछ।

आईपीएलको ८ वटा फ़्रेन्चाइजहरुले युएईमा गर्न कुनै समस्या नरहेको बताएका छन्। अर्को तर्फ युएईले बारम्बार आफ्नो देशमा प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरिरहेको छ। गल्फ न्युजसंग कुरा गर्दै दुबई स्पोर्ट्स सिटिका प्रमुख सलमान हनिफले आफुसंग छोटो समयमा धेरै खेलहरु गर्न उपयुक्त मैदानहरु तथा अभ्यासको लागि समेत राम्रो सुबिधा रहेको बताएका छन्।

युएईले त केहि दर्शकहरु समेत मैदान प्रवेश गराएर प्रतियोगिता गराउन सक्ने बताएको छ। तथापी बिसीसीआईले दर्शक विहिन प्रतियोगिता गर्ने बताएको छ।

प्रतियोगिता अघि बिसीसीआईको कन्ट्रयाक्टमा रहेका खेलाडीहरुलाई अगस्टमा भारतमा अभ्यास क्याम्प आयोजना गर्ने योजना बिसीसीआईले बनाएको छ। धर्मशाला या एहेमदावादको मोटेरामा उक्त क्याम्प आयोजना गरिनेछ।

सन् २०१४ मा युएईमा आईपीएलको २० वटा खेल आयोजना भएको थियो। त्यस अघि दक्षिण अफ्रीकाले पनि आईपीएलको पुरा सिजन आयोजना गरेको थियो।

आईपीएलको तयारी थालीसकेका फ़्रेन्चाइजहरुले आफ्नो खेलाडी र स्टाफहरुलाई प्लेन चार्टर गरेर युएई लैजाने योजना बनाईसकेका छन्। अगस्टको अन्तिम सम्म नियमित उडान सुचारु नभएको खण्डमा टिमहरुले सोहि बाटो अपनाउने छन्।

खेलाडीहरु युएई प्रस्थान गर्नु अघि भारतमै दुइ हफ्ता आईसोलेसनमा राख्ने जसपछि युएई प्रस्थान गर्ने योजना रहेको छ। युएई पुगेपछि पनि खेलाडीहरुको नियमित जांच हुनेछ। भारत बाहिरका खेलाडीहरु सिधै युएई पुग्नेछन्।

यो पनि पढ्नुस :- 





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]