असोज १५ देखि इटहरी प्रिमियर लिग

  • विकेटनेपाल, असोज ४ 

सुनसरीको इटहरीमा आगामी असोज १५ देखि १९ सम्म तेश्रो अन्डर-१९ इटहरी प्रिमियर लिग प्रतियोगिता आयोजना हुने भएकोछ। इटहरी क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता इटहरी स्थित डिभीएम स्कुल मैदानमा आयोजना हुनेछ।

काठमाडौ, बिराटनगर, प्रदेश नं. २, भैरहवा, कैलाली तथा आयोजक टिम सहभागी हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाईने छ।

प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार नगद र ट्रफि, दोश्रोलाई ५५ हजार नगद ट्रफि पुरस्कार दिईनेछ। यस्तै सर्वाेत्कृष्ट खेलाडीलाई १० हजार नगद र ट्रफि दिईनेछ। प्रतियोगितामा उत्कृस्ट ब्याट्सम्यान र बलरलाई ५/५ हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २ हजार पुरस्कार राशी राखिएको आयोजकले जानकारी दिएको छ ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]