असोज १५ देखि इटहरी प्रिमियर लिग

  • विकेटनेपाल, असोज ४ 

सुनसरीको इटहरीमा आगामी असोज १५ देखि १९ सम्म तेश्रो अन्डर-१९ इटहरी प्रिमियर लिग प्रतियोगिता आयोजना हुने भएकोछ। इटहरी क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता इटहरी स्थित डिभीएम स्कुल मैदानमा आयोजना हुनेछ।

काठमाडौ, बिराटनगर, प्रदेश नं. २, भैरहवा, कैलाली तथा आयोजक टिम सहभागी हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाईने छ।

प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार नगद र ट्रफि, दोश्रोलाई ५५ हजार नगद ट्रफि पुरस्कार दिईनेछ। यस्तै सर्वाेत्कृष्ट खेलाडीलाई १० हजार नगद र ट्रफि दिईनेछ। प्रतियोगितामा उत्कृस्ट ब्याट्सम्यान र बलरलाई ५/५ हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २ हजार पुरस्कार राशी राखिएको आयोजकले जानकारी दिएको छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy