IPL 2021 : मार्शले नाम फिर्ता लिंदा हैदरावादले भित्र्यायो रोय

अस्ट्रेलियन खेलाडी मिचेल मार्शले इन्डियन प्रिमियर लिग ( आईपीएल ) २०२१ बाट आफ्नो नाम फिर्ता लिएका छन्। लामो समय जैव सुरक्षित घेरा भित्र बस्न असमर्थता देखाउदै मार्शले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) र आफ्नो टिम सनराईजर्स हैदरावादलाई केहि दिन अघिनै जानकारी गराएका थिए।

भारतीय क्रिकेट बोर्डले मार्श नखेल्ने अधिकारिक जानकारी गराएको छ – “व्यक्तिगत कारणले उनि पुरा सिजन उपलब्ध हुने छैनन्।”

मार्शको स्थान इंग्ल्यान्ड ब्याट्सम्यान जेसन रोयले लिने भएका छन्। रोय आईपीएल मिनी अक्सनमा २ करोड बेस प्राइसमा बिकेका थिएनन्।

रोयले आईपीएल २०१७ मा गुजरात लायन्सबाट डेब्यु गरेका थिए जसपछि २०१८ मा दिल्ली डेयरडेभिल्स ( हाल दिल्ली क्यापीटल्स ) बाट खेलेका थिए। ३० वर्षीय ८ वटा आईपीएलको खेल खेलेका छन् जसले २०२० आईपीएलमा आफ्नो फिटनेस र व्यस्त तालिकालाई कारण देखाएर प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए।

जेसन रोय

मार्शलाई हैदरावादले २०२० अक्सनमा २ करोड भारु बेसप्राइसमा लिएको थियो जो गत सिजन पनि लिगको अधिकांश समय खेल्न सकेका थिएनन्। बैंगलोर बिरुद्ध पहिलो खेलमै एंकलको चोटको कारण उनले त्यसपछि पुरा लिग गुमाउन पुगेका थिए। उनको स्थान वेस्टइन्डिज अलराउण्डर जेसन होल्डरले लिएका थिए।

अस्ट्रेलियन अलराउण्डरले भर्खरै न्युजिल्यान्डबिरुद्ध टि-२० अन्तर्राष्ट्रिय सिरिजमा पुनरागमन गरेका थिए। उनले बिग ब्यास लिगमा पर्थ स्कर्चर्सको प्रतिनिधित्व गरेका थिए।

आईपीएल खेल्नु अघि खेलाडीले ७ दिन सेल्फ आईसोलेसनमा बस्नुपर्ने नियम रहेको छ भने ५० दिनको प्रतियोगिता भर प्रतिबन्धित वातावरणमा रहनुपर्ने हुन्छ।

आईपीएलको १४ औं सिजन यही अप्रिल ९ तारिख देखि सुरुहुँदैछ। डेभिड वार्नर कप्तानीको हैदरावादले अप्रिल ११ तारिखमा कोलकाता नाइट राइडर्ससंग खेल्दै लिगको सुरुवात गर्नेछ।

सनराइजर्स हैदरावाद टिम 

डेभिड वार्नर ( कप्तान)  ✈️ , अभिषेक शर्मा, बसिल थाम्पी✈️, भुवनेश्वर कुमार, जोनी बेयरस्टो✈️, केन विलियमसन✈️, मनीष पाण्डे, मोहम्मद नबी✈️, रशीद खान✈️, संदीप शर्मा, शाहबाज नदीम, श्रीवत्स गोस्वामी, सिद्धार्थ कौल, खलील अहमद, टी नटराजन, विजय शंकर , रिद्धिमान साहा, विराट सिंह, प्रियाम गर्ग, जेसन रोय✈️ , जेसन होल्डर✈️, अब्दुल समद, केदार जाधब , मुजिब उर् रहमान ✈️, जे सुचिथ

सम्बन्धित 

https://wicketnepal.com/dilli-ko-kaptani-pant-le-garne-wn21/

https://wicketnepal.com/ipl-khel-talika-wn21-aayo/

https://wicketnepal.com/april-17-nepal-tri-series-date-ann-wn21/

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy