आईपीएल २०२१ : उद्घाटन खेलमा मुम्बई र बैंगलोर बीच प्रतिस्पर्धा ( खेलतालिका सहित )

इन्डीएन प्रिमियर लिग ( आईपीएल ) को १४ औं सिजन यो वर्ष अप्रिल ९ तारिख देखि सुरु हुने भएको छ। गत सिजन युएईमा आयोजना भएको लिग यो वर्ष भारतमा आयोजना हुनेछ।

लिगको खेलहरु भारतको अहमदाबाद, बैंगलोर, चेन्नाई, दिल्ली, मुम्बई र कोलकाता गरि ६ शहरमा खेलिने छ।

घोषित खेल तालिका अनुसार उद्घाटन खेलमा अप्रिल ९ तारिख २०२१ मा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच चेन्नाईमा प्रतिस्पर्धा हुनेछ। यस्तै नवनिर्मित विश्वकै ठुलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियम अहमदावादमा प्रतियोगिताको प्ले अफ तथा फाइनल खेल खेलिने भएको छ। फाइनल खेल मे ३० तारिखमा खेलिनेछ। उक्त स्टेडियममा भारत र इंग्ल्यान्ड बीच टेस्ट सिरिजको दोश्रो टेस्ट खेलिएको थियो जहाँ पहिलो पटक आईपीएल खेल खेलिनेछ।

लिगमा सहभागी ८ वटा टिमले ४ वटा मैदानमा लिग स्टेजमा खेल खेल्नेछन्। ५६ वटा लिग खेलहरु मध्ये चेन्नाई, मुम्बई, कोलकाता र बैंगलोरले समान १० वटा तथा अहमदावाद र दिल्लीमा समान ८ वटा खेल खेलिनेछन्।

लिगमा कुल ११ वटा डबल हेडर्स हुनेछन् जहाँ ६ वटा टिमले ३ वटा खेल अपराह्नमा छन् भने दुईवटा टिमले २ वटा खेल अपराह्नमा खेल्नेछन् जुन खेल ३:४५ बजे नेपाली समयमा सुरु हुनेछ। राति हुने खेलहरु ७:४५ बजे नेपाली समयमा सुरु हुनेछ।

लिगमा दर्शकहरुलाई भने प्रवेश नदिने बताईएको छ।

खेलतालिका 

धेरैले पढेको :-

https://wicketnepal.com/sandeep-all-round-perf-mayor-11-bijayi-wn21/





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]