आईपीएल २०२१ : उद्घाटन खेलमा मुम्बई र बैंगलोर बीच प्रतिस्पर्धा ( खेलतालिका सहित )

इन्डीएन प्रिमियर लिग ( आईपीएल ) को १४ औं सिजन यो वर्ष अप्रिल ९ तारिख देखि सुरु हुने भएको छ। गत सिजन युएईमा आयोजना भएको लिग यो वर्ष भारतमा आयोजना हुनेछ।

लिगको खेलहरु भारतको अहमदाबाद, बैंगलोर, चेन्नाई, दिल्ली, मुम्बई र कोलकाता गरि ६ शहरमा खेलिने छ।

घोषित खेल तालिका अनुसार उद्घाटन खेलमा अप्रिल ९ तारिख २०२१ मा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच चेन्नाईमा प्रतिस्पर्धा हुनेछ। यस्तै नवनिर्मित विश्वकै ठुलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियम अहमदावादमा प्रतियोगिताको प्ले अफ तथा फाइनल खेल खेलिने भएको छ। फाइनल खेल मे ३० तारिखमा खेलिनेछ। उक्त स्टेडियममा भारत र इंग्ल्यान्ड बीच टेस्ट सिरिजको दोश्रो टेस्ट खेलिएको थियो जहाँ पहिलो पटक आईपीएल खेल खेलिनेछ।

लिगमा सहभागी ८ वटा टिमले ४ वटा मैदानमा लिग स्टेजमा खेल खेल्नेछन्। ५६ वटा लिग खेलहरु मध्ये चेन्नाई, मुम्बई, कोलकाता र बैंगलोरले समान १० वटा तथा अहमदावाद र दिल्लीमा समान ८ वटा खेल खेलिनेछन्।

लिगमा कुल ११ वटा डबल हेडर्स हुनेछन् जहाँ ६ वटा टिमले ३ वटा खेल अपराह्नमा छन् भने दुईवटा टिमले २ वटा खेल अपराह्नमा खेल्नेछन् जुन खेल ३:४५ बजे नेपाली समयमा सुरु हुनेछ। राति हुने खेलहरु ७:४५ बजे नेपाली समयमा सुरु हुनेछ।

लिगमा दर्शकहरुलाई भने प्रवेश नदिने बताईएको छ।

खेलतालिका 

धेरैले पढेको :-

https://wicketnepal.com/sandeep-all-round-perf-mayor-11-bijayi-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy