आईपीएलको खेलतालिका सार्वजनिक

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले १३ औं सिजनको आईपीएलको खेल तालिका सार्वजनिक गरेको छ। आईपीएल २०२० सेप्टेम्बर १९ देखि युएईको अबुधाबीमा सुरु हुनेछ।

तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्। खेल अबुधाबीमा खेलिनेछ। खेल नेपाली समय ७:४५ बजे सुरु हुनेछ।

मुम्बई र चेन्नाई आईपीएल इतिहासकै सर्वाधिक सफल टिम हो। मुम्बईले गत सिजन सहित ४ पटक उपाधि जित्दा चेन्नाईले ३ पटक उपाधि जित्न सफल रहेको छ। मुम्बईले गत सिजन चेन्नाईलाई फाइनलमा १ रनले पराजित गर्दै उपाधि जितेको थियो। आईपीएल इतिहासमा मुम्बईले चेन्नाईलाई १७ खेलमा तथा चेन्नाईले मुम्बईलाई ११ खेलमा पराजित गर्न सकेको छ।

गत सिजनको आईपीएल उपाधि मुम्बईले चेन्नाईलाई पराजित गर्दै जितेको थियो

लिग अन्तर्गत नेपाली खेलाडी सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले पहिलो खेल दोश्रो दिन सेप्टेम्बर २० तारिखमा किंग्स-११ पन्जाबसंग खेल्नेछ। यस्तै सेप्टेम्बर २१ मा बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादसंग खेल्नेछ।

लिगमा एक मात्र खेल हुने दिन खेल ७:४५ बजे नेपाली समयमा सुरु हुनेछ। दुइ वटा खेल भएको दिन पहिलो खेल ३:४५ बजे दिउसो सुरु हुनेछ। लिगको खेलहरु दुबई, अबुधाबी र शारजाहमा खेलिनेछ। २४ खेल दुबईमा, २० खेल अबुधाबीमा तथा १२ खेल शारजाहमा खेलिनेछ। प्लेअफ खेलहरु कहाँ हुने भने अहिले घोषणा गरिएको छैन।

लिग अन्तर्गत १० दिन दुइ वटा खेलहरु खेलिनेछ। कोभिड-१९ का कारण प्रतियोगितामा दर्शकहरुलाई मैदान प्रवेश गर्न दिईने छैन।

आईपीएलमा ८ टिमहरु सहभागी रहेका छन् जसमा मुम्बई इन्डीएन्स, चेन्नाई सुपर किंग्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स, किंग्स-११ पन्जाब, कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर रहेका छन्।

खेलतालिका हेर्नुस :-

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-orange-cap-9-players/

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/

https://wicketnepal.com/24-year-ago-today-nepal-1st-match-vs-bng-wn20/

https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/

https://wicketnepal.com/harbhajan-singh-nakhelne-ipl-w20/

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/

https://wicketnepal.com/malinga-not-to-play-ipl-wn20/





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]