कोलकातालाई हराउदै पन्जाबलाई चौथो स्थानमा पुग्ने मौका

आईपीएल २०२० अन्तर्गत ४६ औं खेलमा सोमबार कोलकाता नाइट राइडर्स र किंग्स-११ पन्जाब बीच प्रतिस्पर्धा हुँदैछ। खेल शारजाह स्टेडियममा नेपाली समय ७:४५ बजे राति सुरु हुनेछ।

कोलकाता ११ खेलमा ६ जित र ५ हार पछि १२ अंक सहित अंकतालिकाको चौथो स्थानमा रहेको छ भने पन्जाब ११ खेलमा ५ जित र ६ हार पछि १० अंक सहित पाँचौ स्थानमा रहेको छ।

अन्तिम खेलमा बलियो दिल्लीलाई ५९ रनको विशाल अन्तरले पराजित गरेपछि कोलकाताले आत्मविश्वास पाएको छ। कोलकाताले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा अफ स्पिनर वरुण चक्रवर्तीले ५ विकेट लिंदा दिल्ली १३५ रनमै समेटिन पुगेको थियो। नितिश राना र सुनिल नारायणको फर्केको ब्याटिंग लयले टिम उत्साहित रहेको छ भने बलिंगमा फर्गुसन र चक्रवर्तीको सफलताले टिममा सन्तुलन देखिएको छ।

पन्जाबले हैदरावाद बिरुद्ध अपत्यारिलो जित दर्ता गर्ने क्रममा १२६ रनको योगफल रक्षा गरेको थियो। पेसर क्रिस जोर्डन र अर्शदिप सिंहले ३/३ विकेट लिंदै जितमा अहम योगदान दिएका थिए। क्रिस गेलको आगमनले टिमको ब्याटिंग थप मजबुत बनेको छ भने केएल राहुलको शानदार लय जारिनै रहेको छ। बलिंगमा मोहम्मद शामी, अर्शदिप सिंह र क्रिस जोर्डनको पेस तथा मुरुगन आश्विन र रभी बिस्नोइको स्पिनले टिम मजबुत देखिएको छ।

कोलकाता र पन्जाब बीच लिग चरणमा यस अघि सम्पन्न खेलमा कोलकाता २ रनले विजयी भएको थियो। कोलकाताले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले १६२ रन मात्र बनाउन सकेको थियो।

प्ले-अफ पुग्ने सम्भावना 

प्ले-अफ पुग्नको लागि दुवै टिमको लागि आजको जित अत्यन्त महत्वपूर्ण रहेको छ। कोलकाताले ३ खेल खेल्न बाँकी रहेको अवस्थामा सबै खेल जित्दै १८ अंक बटुल्न सकेमा प्ले-अफ तथा शिर्ष-२ मा स्थान बनाउन सक्छ। यस्तै ३ मध्ये २ खेलमा मात्र जित दर्ता गरे पनि कोलकाता प्ले-अफ पुग्नेछ। त्यसैले आजको खेलमा पन्जाबलाई पराजित गर्न सके यस पछि कोलकाताको खेल राजस्थान र चेन्नाईसंग रहने हुँदा कोलकातालाई आजको जित अत्यन्त महत्वपूर्ण रहेको छ। कोलकाताले ३ मध्ये एउटा मात्र खेल जितेमा पनि सम्भावना भने रहन्छ तर त्यसको लागि पन्जाब, राजस्थान र हैदरावाद १४ अंकमा सिमित रहनुपर्छ जुन अवस्थामा नेट रन रेटमा फैसला हुनेछ।

पन्जाबको लागि पनि आजको जित अत्यन्त महत्वपूर्ण रहन्छ। आज जितेको खण्डमा पन्जाब अंकतालिकामा चौथो स्थानमा उक्लनेछ। आज सहित बाँकी ३ वटै खेल जितेमा पन्जाब प्लेअफ पुग्ने पक्का हुनेछ भने ३ मध्ये २ खेल मात्र जितेमा पनि अन्य टिमको प्रदर्शनको आधारमा सम्भावना रहन्छ। कोलकातासंग जितेको खण्डमा पन्जाबले राजस्थान र चेन्नाईसंग खेल्न बाँकी रहेको छ। नेट रन रेटमा पन्जाब हैदरावाद भन्दा कम रहेता पनि राजस्थान र कोलकाता भन्दा अघि रहेकोले बाँकी २ खेल जित्न सकेमा पनि पन्जाबको सम्भावना प्रवलनै हुनेछ। त्यसको लागि कोलकाताले ३ खेलमा एउटा मात्र तथा हैदरावादले बढीमा २ जित हात पार्न सकोस् भन्ने कामना गर्नुपर्छ।

आज पन्जाबको अन्तिम-११ मा अघिल्लो खेलमा घाइते भएपछि नरहेका ओपनर मायाँक अग्रवालले पुनरागमन गर्ने सम्भावना रहेको छ। अग्रवाल आए मन्दिप सिंह बाहिर बस्नेछन्। म्याक्सवेलको फर्म लगातार चिन्ता बनेता पनि उनलाई टिमले अझै मौका दिने सम्भावना रहेको छ। म्याक्सवेललाई बाहिर राख्ने हो भने उनको स्थान अलराउण्डर जेम्स निशमले लिन सक्नेछन्।

पन्जाबको सम्भावित ११ : केएल राहुल ( कप्तान/विकेटकिपर ), मायाँक अग्रवाल/मन्दिप सिंह, क्रिस गेल, निकोलस पुरन, ग्लेन म्याक्सवेलजेम्स निशम, दिपक हुडा, क्रिस जोर्डन, मुरुगन आश्विन, रभी बिस्नोइ, मोहम्मद शामी, अर्शदिप सिंह

कोलकाताले दिल्ली बिरुद्ध जितेको टिमलाई खेलाउन चाहन्छ। आन्द्रे रसेल घाइते भएपछि बाहिर छन् जसलेखेल्ने सम्भावना कम मानिएको छ।

कोलकाताको सम्भावित ११ : शुबमन गिल, नितिश राना, राहुल त्रिपाठी, दिनेश कार्तिक ( विकेटकिपर ) , सुनिल नारायण, ओएन मोर्गन, प्याट कमिन्स, शिभम माभी/कमलेश नगरकोटी, लकी फर्गुसन, प्रसिध कृष्ण, वरुण चक्रवर्ती

स्टोक्सको झुकेको माझी औंला पछाडी लुकेको पिताको शाहसको कथा

स्टोक्सले कीर्तिमानी शतक बनाउदा राजस्थानसंग मुम्बई स्तब्ध

गायकवाड चम्किदा, चेन्नाईसंग बैंगलोर सहजै पराजित

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy