IPL Match 12 : कोलकाताले रोक्ला राजस्थानको अपराजित यात्रा ?

२०७७ आश्विन १४, बुधबार १५:५८

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बुधबार १२ औं खेलमा स्टिभ स्मिथको कप्तानिमा रहेको राजस्थान रोयल्सले दिनेश कार्तिकको कप्तानिमा रहेको कोलकाता नाइट राइडर्सको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। दुबै टोलिले यसअघि समान २-२ खेल खेलिसकेका छन् जसमा दुई जित सहित राजस्थान अकंतालिकाको दोस्रो तथा कोलकाता नाइट राइडर्स एक जित र एक हार सहित सातौं स्थानमा छ।

लिग इतिहासको पहिलो उपाधि जितेको राजस्थानले यो सिजन राम्रो सुरुवात गरेको छ। आजको खेलमा जित यात्रालाई निरन्तरता दिदै टिम दोश्रो उपाधि अभियानमा अघि बढ्न चाहनेछ। यस्तै, २ पटक लिग उपाधी जितेको कोलकाता आज जितको लय कायम राख्न चाहनेछ।

राजस्थान रोयल्सको प्रतियोगितामा नतिजा :- राजस्थानले पहिलो खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किङ्ग्सलाई १६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा किङ्ग्स-११ पन्जाब विरुद्ध ४ विकेटको किर्तिमानी जित दर्ता गरेको थियो।

तेवतियाले अद्भुत ब्याटिंग गर्दा अघिल्लो खेलमा राजस्थानले पन्जाबलाई पराजित गरेको थियो

कोलकाता नाइट राइडर्सको प्रतियोगितामा नतिजा :- कोलकाताले आफ्नो सुरुवाती खेलमा साविक विजेता मुम्बई इन्डियन्ससगँ ४९ रनको फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा डेभिड वार्नरको कप्तानिमा रहेको सनराइजर्स हैदराबाद विरुद्ध ७ विकेटको सहज जित हात पारेको थियो।

हेड टु हेड : दुई टोलीबिच हालसम्म २१ पटक प्रतिस्पर्धा भएको छ जसमध्ये दुबै टोलिले समान १०-१० खेल जितेका छन्। एक खेल बिना नतिजामा टुंगिएको थियो। गत सिजन दुबै टोलिले समान एक-एक खेल जितेका थिए जसमा कोलकाताले एक खेलमा ८ विकेटको सहज जित हात पार्दा अर्को खेलमा राजस्थान ३ विकेटले विजयी भएको थियो।

खेल हुने मैदान :-  जारी प्रतियोगिता अन्तर्गत दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ५ खेल खेलिएको छ जसमध्ये ३ खेल पहिले ब्याटिंग गर्ने टिमले जितेको छ। २ खेल बराबरीमा पुग्दा सुपर ओभरमा नतिजा निस्केको थियो। यस अघिको दुबै खेल राजस्थानले छोटो बाउन्ड्री भएको शारजाहमा खेलेको थियो। यस्तै कोलकाताले पनि पहिलो पटक यो मैदानमा खेल्दैछ।

ठूलो बाउन्ड्री भएको मैदानमा बिशाल योगफलहरु बनिरहेको छ। लिगको ५ खेलमा कुल १,६५३ रन बन्दा औशत रन रेट ८.४ रन प्रतिओभर रहेको छ। यो मैदानमा पन्जाबले सर्वाधिक २०६ रन बनाएको थियो भने बैंगलोर सबैभन्दा कम १०९ रनमा समेटिन पुगेको थियो। मैदानमा टस जितेर पहिले बलिंग रोज्ने सबै टिमले हार बेहोरेको थियो जसमा २ वटा खेल सुपर ओभरमा पुगेको थियो।

औसत पहिलो इनिंग योगफल : १८० (जारी प्रतियोगितामा ) , लक्ष्य चेज गर्दाको रेकर्ड : जित – ०, हार – ३, बराबरी-२

टिममा हुनसक्ने परिवर्तन 

राजस्थान : पछिल्लो दुई खेलमा जित हात पारेको राजस्थानले आजको खेलमा आफ्नो सोही टिमलाई मैदान उतार्न सक्छ। राजस्थानले भेट्रान ब्याट्सम्यान रोबिन उथाप्पालाई खराब प्रदर्शन बाबजुद मौका दिन सक्छ। अंकित राजपुतले पछिल्लो खेलमा किङ्ग्स-११ पन्जाब विरुद्ध राम्रो प्रदर्शन गरेका थिए जसकारण उनी आजको खेलमा पनि अन्तिम ११ मा निरन्तर हुनसक्नेछन्।  ब्याटिंग अर्डरमा ३ जना बायाँ हाते ब्याट्सम्यान छन्। त्यसकारण राजस्थान आफ्नो बलिंग आक्रमणमा अप स्पिनर नभएको कारण चुक्न सक्छ।

राजस्थानको सम्भावित ११ : जोस बटलर ✈️, संजु स्यामसन ( विकेटकिपर ) स्टिभ स्मिथ ✈️ ( कप्तान ) , रोबिन उथप्पा, राहुल तेवतिया, टम करन ✈️, रियान पराग, श्रेयस गोपाल, जोफ्रा आर्चर ✈️, जयदेव उनदकत, अंकित राजपुत

मुम्बईसंग हार पछि कोलकाता हैदरावादसंग जितसंगै लयमा छ

कोलकाताको हुन सक्ने परिवर्तन :- आफ्नो पछिल्लो खेलमा जित हात पारेको कोलकाताले पनि सोही टिमलाई मैदान उतार्न सक्छ। मिस्ट्रि लेग स्पिनर वरुन चक्रवति र युवा खेलाडी कमलेस नगरकोटीले पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेका थिए जसकारण उनिहरुलाई निरन्तरता दिन सक्छ। कुलदिप यादवको खराब प्रदर्शन कारण कोलकाता चिन्तित हुन सक्छ तर उनलाई बेञ्चमा नराखी यो सिजम सबै खेलमा अवसर दिने कोलकाताले बताएको छ।

कोलकाताको अन्तिम ११ : सुनिल नारायण ✈️, शुबमन गिल, दिनेश कार्तिक ( विकेटकिपर, कप्तान ) , नितिश राना, ओएन मोर्गन ✈️, आन्द्रे रसेल ✈️, प्याट कमिन्स ✈️, शिभम माभी,कुलदिप यादव, कमलेश नगरकोटी र वरुण चक्रवर्ती

हेर्न लायक ४ खेलाडी 

सन्जु स्यामसन : राजस्थान रोयल्सका विकेटकिपर ब्याट्सम्यान सन्जु स्यामसन जारी सिजन शानदार लयमा छन्। २ खेल खेलिसकेका उनले ७९.५० को औसतमा चौथौं सर्वाधिक १५९ रन बनाएका छन्। आफ्नो आक्रामक ब्याटिंगको लागि चिनिने स्याम्सन कोलकाताको बलिंगसामु घातक सावित हुन सक्छन्। यस अघिको दुवै खेल सानो मैदान शारजाहमा भएकोले ठूलो मैदानमा कसरि ब्याटिंग गर्नेछन् हेर्न लायक हुनेछ।

राहुल तेवाटिया : राजस्थान रोयल्सका अल-राउण्डर राहुल तेवाटियाले पछिल्लो खेलमा किङ्ग्स-११ पन्जाब विरुद्ध शानदार ब्याटिंग गर्दै ३१ बलमा ५३ रन बनाएर आफ्नो टिमलाई नाटकीय जित दिलाएका थिए। यस्तै लेग स्पिनरले चेन्नाई सुपर किङ्ग्स विरुद्ध ३ विकेट लिएका थिए। पछिल्लो खेल पछि चर्चाको शिखरमा रहेका राहुलको प्रदर्शन हेर्न लायक हुनेछ।

सुबमन गिल : भारतिय युवा ब्याट्सम्यान सुबमन गिलले पछिल्लो खेलमा सनराइजर्स हैदराबाद विरुद्ध ७० रनको अविजित पारी खेलेका थिए। राम्रो लयमा रहेका उनले लिगमा ५७६ रन बनाइसकेका छन्। आफ्नो ब्याटिंग शैलिको लागि चिनिने उनले राजस्थान रोयल्सको बलिंग आक्रामकलाई ध्वस्त पार्न सक्छन्।

आन्द्रे रसेल :- टि-२० क्रिकेटको सर्वाधिक विस्फोटक ब्याट्सम्यान आन्द्रे रसेलले पछिल्लो २ खेलमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्। उनि आफ्नो बलिंग र ब्याटिंग दुबैबाट विपक्षि टोलिसामु घातक सावित हुन सक्छन्। लिग इतिहासमै उनको सर्वाधिक १८५.१७ को स्ट्राइक रेट रहेको छ।

रोचक रेकर्ड 

१) राजस्थान रोयल्सले आईपिएलमा आज आफ्नो १५० औं खेल खेल्दैछ।

) राजस्थानका विकेटकिपर ब्याट्सम्यान सन्जु स्याम्सन आईपिएलमा २५०० रन पूरा गर्नबाट १३२ रन टाढा छन्। यस्तै, अर्का इंग्लिस ब्याट्सम्यान जोस बट्लर १५०० रन पूरा गर्नबाट ११० रन टाढा छन्।

) रोबिन उथाप्पा आईपिएलमा २५ अर्धशतक पूरा गर्नबाट मात्र १ अर्धशतक टाढा छन् भने ४५०० रन पूरा गर्नबाट ७५ रन टाढा छन्।

) कोलकाताका कप्तान दिनेश कार्तिक कप्तानको रुपमा लिगमा १००० रन पूरा गर्नबाट ४० रन टाढा छन्।

) ओएन मोर्गान लिगमा १००० रन पूरा गर्नबाट ८८ रन टाढा छन् भने अर्का विस्फोटक ब्याट्सम्यान आन्द्रे रसेल १५०० रन पूरा गर्नबाट ८९ रन टाढा छन्।

) अन्तिम पटक दुइ टिमले युएईमा खेल्दा सुपर ओभरमा पुगेको खेल पनि बराबरी भएपछि बाउन्ड्री गन्दा राजस्थान बिजयी भएको थियो। उक्त खेल लिग इतिहासको दोश्रो बराबरी खेल थियो।

दिल्ली कप्तान ऐयरलाई १९ लाख जरिवाना

प्रशिक्षक पोन्टिङले बताए दिल्लीको पहिलो हारको कारण

“जब म्यान अफ द म्याच हुन्थे वहाँ सधै मसंग राति कुरा गर्नुहुन्थ्यो”

दिल्लीले सन्दिपलाई मौका नदिदा नेपाली फ्यानहरुले बनाए यस्ता ट्रोल

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिस्ट ( दिल्ली र हैदरावादको खेलपछि )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy