काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेशका लागि कोलकाता नाईट राईडर्स र सनराईजर्स हैदराबाद खेल्दै छन् ।
मंगलबार हुने पहिलो क्वालिफायर्समा कोलकाता र हैदराबादबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल अहमदाबादमा नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ ।
पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा स्थान पक्का गर्ने भएकोले दुवै टोलीका लागि यो खेल महत्वपूर्ण रहेको छ । यस खेलमा पराजित टोलीले इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
लिग चरणको भेटमा कोलकत्ताले हैदराबादलाई चार रनले पराजित गरेको थियो । आइपीएल ईतिहासमा भने यि दुई टोलीबीच २६ खेल भएकामा कोलकाता १७ खेलमा विजयी हुँदा हैदराबाद नौ खेलमा विजयी भएको छ ।
यसअघि लिग चरणका कोलकत्ताले १४ मध्ये ९ खेल जित्दै २० अंक जोडेर शीर्ष स्थानमा रहेको थियो । हैदराबाद समान खेलबाट १७ अंकसहित दोस्रो स्थानमा रहेको हो ।