IPL : बैंगलोरले टस जितेर मुम्बईलाई ब्याटिंगको निम्तो, बैंगलोरबाट म्याक्सवेलको डेब्यु

१४ औं संस्करणको इन्डीएन प्रिमियर लिगको उद्घाटन खेल शुक्रबार चेन्नाईको एमए चिदम्बरम स्टेडियम चेन्नाईमा सुरु हुँदैछ। उद्घाटन खेलमा गत सिजन आईपीएल विजेता टिम रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्स र बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर बीच प्रतिस्पर्धा हुँदैछ।

खेलमा टस जितेर बिराट कोहलीले मुम्बईलाई ब्याटिंगको निम्तो दिएको छ। खेल नेपाली समय ७:४५ बजे सुरु हुँदैछ।

बैंगलोरको लागि ग्लेन म्याक्सवेल, कायल जेमीसन र ड्यानियल क्रिस्चियनले डेब्यु गर्ने भएका छन्। कोरोना मुक्त भएता पनि देभदत्त पडीक्कललाई बैंगलोरले बाहिर राखेको छ जसको स्थानमा रजत पटिदारलाई मौका दिईएको छ।

रोयल च्यालेन्जर्स बैंगलोरको अन्तिम ११ : बिराट कोहली ( कप्तान ) , रजत पटिदार, एबि डी भिल्लीयर्स ( विकेटकिपर ) , ग्लेन म्याक्सवेल, ड्यानियल क्रिस्चियन, वासिंगटन सुन्दर, कायल जेमिसन, शाहबाज एहमद, हर्षल पटेल, मोहम्मद सिराज, युजभेन्द्र चहल

मुम्बईले अन्तिम-११ मा क्रिस लिन र मार्को जान्सेनलाई मौका दिएको छ।

मुम्बई इन्डीएन्सको अन्तिम ११ : रोहित शर्मा ( कप्तान ) , क्रिस लिन, सूर्यकुमार यादव, इशान किशन ( विकेटकिपर ) , हार्दिक पान्ड्या, काईरन पोलार्ड, क्रुनाल पान्ड्या, मार्को जान्सेन, राहुल चहार, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

गत संस्करणको युएईमा सम्पन्न १३ औं आईपीएलमा मुम्बई र बैंगलोरले १-१ खेल जितेका थिए। एउटा खेल बैंगलोरले सुपर ओभरमा जित्न सफल भएको थियो भने अर्को खेलमा मुम्बई ५ विकेटले विजयी भएको थियो।

आईपीएल २०२० मा मुम्बई लिग चरणको अंकतालिकामा पहिलो स्थानमा रहँदै प्लेअफ प्रवेश गर्नसफल भएको थियो र उपाधिनै जितेको थियो। अर्कोतर्फ बैंगलोर अंकतालिकाको चौथो स्थानमा रहँदै इलिमीनेटरबाट बाहिर भएको थियो।

यो पनि पढ्नुस 

https://wicketnepal.com/14th-ipl-aaja-suru-hundai-sampurna-jank/

https://wicketnepal.com/chennai-repl-behrendorff-wn21/

https://wicketnepal.com/sikkim-e-div-league-police-1st-m/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy