आईपीएल १४ अन्तर्गत दशौँ खेलमा रियल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन्।
चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा २०४ रन बनाउदै कोलकातालाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
इनिंग्सको दोश्रो ओभरमा कोलकाता पेसर वरुण चक्रवर्तीले बिराट कोहली ( ५ रन ) र रजत पटिदार ( १ रन ) लाई पेभेलियन फर्काए। अर्का ओपनर देभदत्त पडीक्कल र ग्लेन म्याक्सवेलले तेश्रो विकेटको लागि ८६ रनको साझेदारी गरे। १२ औं ओभरमा २५ रन बनाएर पडीक्कल प्रसिध कृष्णाबाट क्याच आउट भए।
पाँचौ विकेटको लागि ग्लेन म्याक्सवेल र एबि डी भिल्लीयर्स बीच ५३ रन जोडे। ४९ बलमा ९ चौका र ३ छक्का मद्दतले ७८ रन बनाएका म्याक्सवेल १७ औं ओभरमा प्याट कमिन्सको बलमा हरभजन सिंहबाट क्याच आउट भए। म्याक्सवेलले अघिल्लो खेलमा सनराइजर्स हैदरावाद बिरुद्ध पनि अर्धशतक बनाएका थिए।
म्याक्सवेलको विकेटपछि डी भिल्लीयर्स र कायल जेमीसनले डेथ ओभरमा आक्रामक ब्याटिंग गरे। दुवैले मात्र १८ बलमा ५६ रनको साझेदारी गरे। फलस्वरुप अन्तिम ५ ओभरमा बैंगलोरले ७० रन बनाउन सक्यो।
२७ बलमा अर्धशतक पुरा गरेका डी भिल्लीयर्सले अविजित ७६ रन बनाए जुन क्रममा ३४ बलमा ९ चौका र ३ छक्का प्रहर गरे। जेमीसनले ४ बलमा १ चौका र १ छक्का मद्दतले अविजित ११ रन बनाए।
कोलकाताको बलिंगमा वरुण चक्रवर्तीले २ विकेट ( ४-०-३९-२ ) लिए भने प्याट कमिन्स ( ४-०-३४-१ ) र प्रसिध कृष्णा ( ४-०-३१-१ ) ले समान १ विकेट लिए।
लिग अन्तर्गत बैंगलोरले यस अघि खेलेको दुईवटै खेलमा जित दर्ता गरेको छ भने कोलकाताले दुई खेलमा एक जित र एक हार बेहोरेको छ।
यो पनि पढ्नुस
https://wicketnepal.com/nl-vs-mal-m2-tri-ser-res-wn21/
https://wicketnepal.com/dutch-captain-le-gare-tarif-wn21/
https://wicketnepal.com/kushal-aasif-world-record-wn21/