राशिद चम्किदा हैदरावादको पहिलो जित, दिल्लीको पहिलो हार

१३ औं आईपीएल अन्तर्गत ११ औं खेलमा डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावादले श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले पुरै ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो। आईपीएलमा यस अघि लगातार ५ खेलमा हार बेहोरेको हैदरावादले हारको खडेरी समाप्त गरेको छ।

दिल्लीको ब्याटिंगमा कुनै पनि ब्याट्सम्यानले ठूलो योगफल बनाउन सकेनन्। ओपनर शिखर धवनले सर्वाधिक ३४ रन ( ३१ बलमा ४ चौका ) बनाए। रिशभ पन्तले २७ बलमा २८ रन, शिमरन हेटमायरले १२ बलमा २१ रन , श्रेयस ऐयरले २१ बलमा १७ रन , कागीसो रबाडाले अविजित ७ बलमा १५ रन तथा मार्कस स्टोइनिसले ९ बलमा ११ रन बनाए। पृथ्वी शले २, अक्षर पटेलले ५ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा अघिल्लो खेलमा अर्धशतक बनाएका दिल्ली ओपनर पृथ्वी शलाई भुवनेश्वर कुमारले २ रनमा विकेटकिपर बेयरस्टोबाट क्याच आउट गराए। दोश्रो विकेटको लागि अर्का ओपनर शिखर धवनले कप्तान श्रेयस ऐयरसंग ४० रनको साझेदारी गरे। आठौँ ओभरमा ऐयर र १२ औं ओभरमा आउट भए। दुवैलाई राशिद खानले क्याच आउट गराए।

शिखर धवनले ३४ रन बनाए

६२/३ को अवस्थाबाट रिशभ पन्त र शिमरन हेटमायरले ४२ रनको साझेदारी गरे। अघिल्लो ओभरमा खलिल एहमदलाई लगातार २ छक्का हिर्काएका हेटमायरलाई १६ औं ओभरको पहिलो बलमा भुवनेश्वरले क्याच आउट गराएर साझेदारी तोडे। त्यसपछि ब्याटिंगमा मार्कस स्टोइनिस आए।

भुवनेश्वरको ओभर पछि दिल्लीलाई ४ ओभरमा जित्न ४९ रन आवस्यक रह्यो। त्यो अवस्थामा १७ औं ओभरमा स्पेलको अन्तिम ओभर लिएर आएका राशिद खानले क्रिजमा जमीरहेका रिशभ पन्तको महत्वपूर्ण विकेट लिए। राशिदको बलमा स्विप सट खेल्ने क्रममा उनलाई प्रियम गर्गले डिप स्क्वायर लेगमा सहजै क्याच गरे। उक्त ओभरमा राशिदले मात्र ५ रन खर्चेर १ विकेट लिए।

१८ औं ओभरमा पेसर नटराजनले मात्र ७ रन खर्चेर अन्तिम बलमा मार्कस स्टोइनिसलाई एलबिडब्लु आउट गरे। जसपछि खेलमा हैदरावाद हावी भयो। अन्तिम २ ओभरमा दिल्लीलाई ३७ रन आवस्यक रह्यो। १९ औं ओभरमा भुवनेश्वर कुमारले मात्र ९ रन खर्चिए जसपछि अन्तिम ओभरमा खलिल खलिल एहमदको ओभरमा १२ रन बनाए पनि दिल्ली लक्ष्य पछ्याउन १५ रनले चुक्यो।

भुवनेश्वर कुमारले २५ रन खर्चेर २ विकेट लिए

हैदरावादको बलिंगमा लेग स्पिनर राशिद खानले उत्कृस्ट बलिंग गर्दै ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए। उनले शिखर धवन, श्रेयस ऐयर र रिशभ पन्तको विकेट लिए। भुवनेश्वर कुमारले २ विकेट लिने क्रममा २५ रन खर्चिए । टि नटराजन ( ४-०-२५-१ ) र खलिल एहमद ( ४-०-४३-१ ) ले समान १ विकेट लिए भने अभिषेक शर्मा ( ४-०-३४-० ) विकेटविहिन रहे।

हैदरावादको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो।

हैदरावादको लागि ओपनर इंगलिस ब्याट्सम्यान जोनी बेयरस्टोले सर्वाधिक ५३ रन बनाए जुन क्रममा ४८ बलमा २ चौका र १ छक्का हिर्काए। अर्का ओपनर कप्तान डेभिड वार्नरले ३३ बलमा ४५ रन बनाए जुन क्रममा ३ चौका र २ छक्का हिर्काए। सिजनमा पहिलो खेल खेल्ने क्रममा केन विलियमसनले २६ बलमा ५ चौका मद्दतले ४१ रन बनाए। लिगमा डेब्यु गरेका ब्याट्सम्यान अब्दुल सामदले ७ बलमा १ छक्का र १ चौका प्रहार गर्दै अविजित १२ रन बनाए। अभिषेक शर्मा १ रनमा अविजित रहे भने मनिष पाण्डेले ३ रन बनाए।

बेयरस्टोले सर्वाधिक ५३ रन बनाए

राम्रो सुरुवात गर्ने क्रममा कप्तान डेभिड वार्नर र जोनी बेयरस्टोले ७७ रनको ओपनिंग साझेदारी गरे। १० औं ओभरमा लेग स्पिनर अमित मिश्रालाइ रिभर्स स्विप गर्ने क्रममा उनि ग्लब्समा बल लागेर विकेटकिपर पन्तबाट समातिन पुगे। मिश्राले १२ औं ओभरमा दोश्रो विकेट लिए जुन क्रममा मनिष पाण्डे ठुलो सट खेल्ने क्रममा क्याच आउट हुन पुगे।

पहिलो खेलमा मौका पाएका केन विलियमसनसंग ओपनर बेयरस्टोले तेश्रो विकेटको लागि ५२ रनको साझेदारी गरे।

१८ औं ओभरम बेयरस्टोलाई कागीसो रबाडाले क्याच आउट गरे। अन्तिम ओभरमा विलियमसनलाई रबाडाले अक्षर पटेलबाट क्याच आउट गरे। अब्दुल समद र अभिषेक शर्मा अविजित रहे।

दिल्लीको बलिंगमा अमित मिश्र ( ४-०-३५-२ ) र कागीसो रबाडाले ( ४-०-२१-२ ) ले समान २ विकेट लिए। एनरिक नोर्किया ( ४-०-४०-० ) ,  इशान्त शर्मा ( ३-०-२६-० ) , मार्कस स्टोइनिस ( ३-०-२२-० ) र अक्षर पटेल ( २-०-१४-० ) विकेटविहिन रहे।

 

जितपछि हैदरावाद अंकतालिकामा पहिलो २ अंक सहित छैठौं स्थानमा उक्लेको छ। समान २ अंक रहेता पनि कोलकाता र चेन्नाई सातौँ र आठौँ स्थानमा रहेको छ।

दिल्ली भने ३ खेलमा २ जित र १ हार पछि दोश्रो स्थानमा पुगेको छ। समान ४ अंक रहेता पनि राजस्थान नेट रन रेटमा १ मात्र अपराजित टिमको रुपमा शिर्ष स्थानमा रहेको छ। बैंगलोर ४ अंक सहित तेश्रो स्थानमा छ।

लिग अन्तर्गत दिल्लीले आगामी खेल कोलकाता नाइट राइडरस बिरुद्ध अक्टोबर ३ ( शनिवार ) खेल्नेछ। हैदरावादले अक्टोबर २ ( शुक्रबार ) चेन्नाईसंग खेल्नेछ।

भोलि बुधबार राजस्थान रोयल्स र कोलकाता नाइटराइडरस बीच दुबई अन्तर्राष्ट्रिय स्टेडियममा प्रतिस्पर्धा हुनेछ।

दिल्लीले सन्दिपलाई मौका नदिदा नेपाली फ्यानहरुले बनाए यस्ता ट्रोल

“मात्र ६ बलको कुरा थियो, उनि ( इशान किशन ) ब्याटिंग गर्न जानुपर्थ्यो” – गावस्कर

पोलार्ड, इशान, एबि, फिंच, पडीक्कल छोडेर भारतीय प्रशिक्षक शास्त्रीले किन गरे युवा बलरको तारिफ

भरतपुर महानगरपालिकाद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख प्रदान





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]